आखिर के चाहान्छ मधेसी मोर्चा ? जसले फेरि अस्वीकार गर्यो सरकारको प्रस्ताव

संयुक्त मधेसी मोर्चाले सरकारले ल्याएको नयाँ नीतिबाट पनि सहमति नहुने भन्दै आन्दोलन गरेरै छाड्ने अड्डी कसेका छन् । मोर्चाको बैठकले सरकारको प्रस्तावले आफ्नो माग सम्बोधन नगर्ने भन्दै आन्दोलन गर्ने निर्णय गरेको हो । सरकारले यस अघि मधेसलाई मान्य हुनेगरी विभिन्न नयाँ निर्णय गरेको थियो । सरकारको लचकता र निर्णयप्रति भारतले समेत स्वागत गरेको थियो । सोही धारणाबारे निर्णय गर्न मधेसी मोर्चाको बैठक बसेको हो । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मधेसी मोर्चाका ११ बुँदे मागलाई सरकारले पहिलोपटक सम्बोधन गरेको भन्दै मोर्चाले सकारात्मक धारणा बनाउँदै आएको समाचार सार्वजनिक भएको थियो ।

Write A Suggestion

%d bloggers like this: