कति पैसा छ वन्तसँग ? जति चाहियो दिन्छु भन्दै १० करोड बुझाए

सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड धरौटी बुझाएर छुटेका छन् ।  अनुसन्धान जारी रहेकै बेला उनले यति मोटो रकम बुझाए । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका वन्तलाई अख्तियारले वयानका लागि बोलाएको थियो । वयान नसकिएसम्म उनलाई थुनामा राख्ने र थप अनुसन्धान गर्ने तयारी थियो । तर अख्तियारले थुनामा राख्ने निर्देशन दिन नपाउँदै जति पैसा चाहियो त्यति बुझाउन तयार रहेको भन्दै वन्तले धरौटीमा छुट्ने इच्छा व्यक्त गरे । अनि अख्तियारले माग्यो १० करोड रुपैयाँ । अख्तियारका अधिकारीले प्रचलित कानुन बमोजिम वन्तसँग १० करोड धरौटी मागे । वन्तले उक्त रकम धरौटी बुझाएर बाहिरीएको अख्तियारले जनाएको छ । वन्तले विभिन्न छपाई, मसलन्द, ढुवानी लगायतमा भ्रष्ट्राचार गरेको भन्दै उनी विरुद्ध उजुरी परेका थिए । अख्तियारको पत्रका आधारमा चार दिनअघि सरकारले बहालबाला शसस्त्र प्रहरीका महानिरिक्षक बन्तलाई  निलम्बन गरेको थियो ।

Write A Suggestion

%d bloggers like this: