ग्यास उद्योगमाथि आक्रमण, स्थिति तनावग्रस्थ

ग्यास वितरण नगरेको भन्दै चाल्नाखेल स्थित एभरेष्ट ग्यास कम्पनीमा तोडफोड भएको छ । मंगलबार ग्यास वितरण गर्ने सहमति भएको र सहमति अनुसार ग्यास वितरण नभएको स्थानीयले आरोप लगाएका छन् । ग्यास नपाएपछि स्थानीयले उद्योगमा तोडफेड गरेका हुन् । तोडफोडको घटनालाई नियन्त्रण लिने प्रयासमा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा परी १० जना प्रहरी घाइते भएका छन् । झडपमा प्रहरी नायब उपरीक्षक रेवती ढकाल, टिकाबहादुर केसी घाइते भएका छन् । नीयले उद्योगमा तोडफोड गरेपछि प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । स्थानीयले प्रहरीको हतियार र सञ्चार सेट समते लुटेर लगेका छन् ।

Write A Suggestion

%d bloggers like this: