फाइल अड्काएर घुस खाने कर्मचारीको सातो गयो

सर्वसाधारणको फाइल अड्काएर घुस खाने कर्मचारीको सातो उडेको छ । प्रधानमन्त्री केपी ओलीले त्यसता कर्मचारीमाथि निगरानी बढाउने र कार्बाही गर्ने बताएपछि यस्तो काममा लाग्ने कर्मचारीको सातो उडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीहरुलाई काम नगरेबापत दण्ड गरिने बताएका छन् । सरकारी कर्मचारीहरुले वर्षौंदेखि एउटै फाइल अड्काउने गरेकाले विकास निर्माणका कामले गति नलिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम नगर्ने कर्मचारीलाई दण्ड गर्ने सरकारले तयारी गरिरहेको बताए । ‘अहिलेसम्म काम नगरेबापत विभिन्न सरकारी निकायका कर्मचारीलाई दण्ड हुँदैन, जसका कारण वर्षौंदेखि एउटै फाइल अड्किएर बसेका छन्,’  व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिमा प्रधानमन्त्रीले भने ।  ‘अहिलेको सरकारी निकायको काम गराइप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाए । ‘हामीले हाम्रो काम गर्ने गतिलाई तीब्र बनाउनैपर्छ, यो सरकारले काम गर्ने गति तीब्र बनाउँछ र अपत्यारिलो काम पनि पूरा गरेर देखाउँछ,’ उनले भने । अब उर्जा क्षेत्रका समस्या समाधान गर्न अधिकारसम्पन्न ‘स्पेसल डेस्क’ स्थापना गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जाहेर गरे ।

Write A Suggestion

%d bloggers like this: