अहिंसा परमो धर्म: धर्म हिँसा तथैव च:


प्रवीण अधिकारी॒॒॒॒॒—–

शास्त्र कसैको पेवा होइन – आडम्वरीहरु सक्छौ भने पूर्ण श्लोक यो संसारलाई सुनाउ , अधकल्चो श्लोकको काम छैन |

अहिंसा परमो धर्म: धर्म हिँसा तथैव च:

18893187_643852892487883_6159227975158007688_n

=======================
हाम्रा सनातनी ग्रन्थहरुलाई पन्थ ठेकेदारहरुले आफ्नो तुच्छ स्वार्थले प्रेरित भएर गलत अर्थ सम्प्रेषण गर्ने प्रयाश गर्दा त्यस अर्थले एउटा विशेष पन्थका अनुयायीहरुको मात्र तुष्टि मेट्दैछ | त्यस्ता श्लोकहरु पूर्ण रुपमा हाम्रा अघि ल्याइएन | आजको विश्वमा नेपाल त्यस्तो देश हो जंहाका अधिकांश नागरिकहरु भाषागत कठिनाइले आफ्नै मूल ग्रन्थहरुमा लेखिएका श्लोकहरुको यथार्थरुप हेर्न ,सुन्न र पढ्नबाट बन्चित छन् |

नेपालमा प्रत्येक पन्थीय धर्मानुयायीहरु विशेष गरी आर्यसमाजी , वैष्णव सम्प्रदाय ,राधे राधे , प्रणामी , जैन , इत्यादिहरुले यो आधि श्लोक ” अहिंसा परमो धर्म: ” खुबै फलाकेर अंहिंसा भनेर हिंसाको विरोध गर्ने गर्दछ | तर ,मेरो सानो सोचमा हिँसा नगर्नु नै अहिंसा हो भने वा भनौ अहिंसाको अर्थ त्यतिमात्र हो भने भगवान श्री कृष्णले गीतामा अर्जुनलाई हतियार उठाउ भनेर युद्धकोलागि प्रेरित गर्नु अधर्म थियो त ? यदि अहिंसाको अर्थ हिंसा न गर्नु मात्र हो भने हिँसा गर्दै मुलुक जोड्नु पाप हो त ? कदापि हुन् सक्दैन | नेपालको पन्थीय धर्मले बेस्सरी अहिंसा अहिंसा भनेर उचाल्यो | उसले यो श्लोक महाभारतको अनुशाशन पर्वको हो पनि भन्न सकेको छैन | अनि त्यै महाभारतको भिष्म पर्व भित्र गीता हो | यसरी भन्दै नभनेको कुरो नेपालको एक पन्थीय धर्म सम्प्रदायले नराम्रो गरी उचाल्दा नेपालको यो दुर्दशा हुन पुगेको हो | अहिंसा शब्दलाई ज्यादै महत्व दिंदा यो सोच हाम्रो पतनको कारण हुन पुगेको हो | हामीले त्यस्तो त्यो श्लोक रुपी अर्द्ध सत्यलाई पूर्ण सत्य मान्न पुग्दा हाम्रो धर्मको पालन सनातनी मर्म अनुसार हुन नसकेको हो | तिनको यस्तै नचाहिँदो सोचले एउटा राजदूतले नेपाललाई फनफनी घुमाएको हो किनभने “अहिंसा ठीक हो , निश्चय नै ठूलो कुरो हो | तर ,यो कुरा बोल्दा र सुन्दा जति राम्रो लागेपनि हाम्रा शास्त्रले त्यसो भन्दैन | शास्त्रले भन्दछ – तिमीलाई कसैले हिर्कायो भने तिमीलेपनि त्यसलाई हिर्काउ त्यो तिम्रो धर्म हो , हिर्काउन सकेनौ भने चाहीं पाप हो |मनुस्मृतिले भन्दछ तिमीलाई प्रताडित गर्न आउनेलाई तिमीले ब्रह्महत्या गर्यौ भनेपनि त्यो पाप होइन | त्यसैले ” वीरभोग्या वसुंधरा ” भनिएको हो | कसैमाथि अन्याय नगर अन्याय सहे पाप हुन्छ , त्यसको प्रतिकार गर त्यै धर्म हो , धार्मिकता हो ।”

अहिंसा परमो धर्मः यो अधुरो श्लोक हो | यसको पूर्ण स्वरुप ” अहिंसा परमो धर्मः धर्म हिंसा तथैव च: ” हो “अहिंसा ठूलो धर्म हो तर धर्म जोगाउन गरिने हिँसा अर्थात धर्म अनुसारको हिँसा झन् ठूलो धर्म हो “| त्यसैले भगवन श्री कृष्णले भने –

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्-
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।


Write A Suggestion

%d bloggers like this: