१ जनवरी गेग्रोरियन नयाँ बर्ष होइन , खतना दिवशको शुभकामना भन्ने गरौँ ( नक्कल नहोस / रिस्सानी गुस्सानी माफ होस् )


प्रवीण अधिकारी॒॒॒॒——–

15697696_580631348810038_1296080435107876004_n

१ जनवरी गेग्रोरियन नयाँ बर्ष होइन , खतना दिवशको शुभकामना भन्ने गरौँ
( नक्कल नहोस / रिस्सानी गुस्सानी माफ होस् )
===================================================
तपाई जनवरी १ मा नयाँ बर्ष मनाउन लालायित हुनु भा छ ? त्यो नयाँ बर्ष किन मनाइन्छ भन्ने थाहा पाउनु भा छ ? छ भने ठिकै छ , छैन भने – त्यसको गुदी कुरो थाहा पाउनोस |

कृपया नक्कलबाजहरू ! नक्कल त् गर्नोस ,तर बुझेर | यो अवैज्ञानिक अँग्रेजी नववर्षको शुभकामना म सङ्ग बांडनु पर्ने कुनै कारणा छैन किनभने मेरोलागि पूर्णतः वैज्ञानिक , मेरा बाबु बाजेले शदियौं देखि मनाउँदै आएको नववर्ष २०७४ बैशाख १ गते अब ३ महिनापछि मेरो घरको दैलो उघार्न आउंदैछ |त्यसैदिन म सङ्ग शुभकामना साटनोस | यो ईसाई नववर्ष ईसाईहरुले आ-आफ्नो देशमा र नेपालमा २०६८को जनगणना अनुसार १ ।४१ % देखिएका ईसाई , नक्कल गर्न माहिर हिन्दू र पिपल पाते विद्वानहरुले मनाउने गर्छन |त्यो नयाँ बर्ष कम ,तीनका प्रभु यीशुको खतना दिवश ज्यादा हो |

आखिर के हो त गेग्रोरियन नयाँ बर्षको कुरो को चुरो ? किन मनाइयो १ जनवरीका दिन ? एक पटक बुझ्ने कोशीश गर्नोस | क्रिसमसको दिन यीशु जन्मे र त्यै क्रिसमसको आठौँ दिन ती यीशुको “खतना” अर्थात लिंगको छालाको टुप्पो काटिएको थियो | यो चलन अर्थात खतना मुस्लिम समुदायमा पनि गरिन्छ | यी दुई पन्थहरुको संस्कृति केहि कुरा फरक देखिएपनि एक हो | यसकारण यीशु जन्मिएको आठौ दिन गरिएको “लिंगचर्म छेदन संस्कार” अर्थात् खतना नै अंग्रेज वा ईसाइले मनाउने नयाँ बर्ष हो |

प्रमाण हेर्नुहोस :-
—————–

On the eighth day, when it was time to circumcise the child, he was named Jesus, the name the angel had given him before he was conceived.

[ Luke 2:21 ]

र जब बालकको खतना गर्ने आठौँ दिन भयो उसको नाउँ यीशु राखियो |उनको त्यो नाउँ उनी गर्भ मै हुँदापनि स्वर्गदूतले दिएका थिए |

[ लूका २ | २१ ]

अब यो खतना गर्ने काम यिसुको गरिएको थियो तर यो चाड हिन्दुहरुले रम्मिएर किन मनाएका हुन ? बुझ्न सकिन्न |

तर के कुरा ख्याल गर्नु होस् भने ती हिन्दु जसले यो नयाँ बर्ष मनाउँदैछन तीनले जानेर वा नजानेर यो मूसाले बनाएको खतनाको नियमलाई स्वीकृत गर्दै राम्मिदै छ | मूसा ईसाइहरु र मुसलमानहरुका ठूला पैगम्बर हुन र उनैले बनाएको नियम अनुसरण गर्दै ईसाको “लिंगचर्म छेदन संस्कार” अर्थात खतना गरिएको थियो |

And every male among you who is eight days old shall be circumcised throughout your generations, a servant who is born in the house or who is bought with money from any foreigner, who is not of your descendants.

[ Genesis 17:12]

जब बच्चा आठ दिनको हुन्छ , तेतिखेर त्यस बच्चोको खतना गर | हरेक छोराहरु जो तिम्रा घरमा , तिम्रा आफन्तकोमा वा तिम्हेरका दासकोमा जन्मिञ्छन तिनको खतना अवश्य गर्नु पर्नेछ |

[ उत्पत्ति १७ | १२ ]

On the eighth day the flesh of his foreskin shall be circumcised.

[ Leviticus 12:3]

आठौँ दिन जन्मिएको बच्चोको खतना गर्नु पर्नेछ |

[ लैव्यव्यवस्था १२ | ३ ]

यो कुरोमा यदि कुनै ईसाई ले यो पुरानो नियम हो र यसलाई म मान्दिन भन्छ भने हेर्नोस यीशुले स्वयं बोलेको कुरो :

Think not that I am come to destroy the law, or the prophets: I am not come to destroy, but to fulfil.

For verily I say unto you, Till heaven and earth pass, one jot or one tittle shall in no wise pass from the law, till all be fulfilled.

[ Matthew 5:17-18 ]

कसैले यो नसम्झ कि म मूसाको धर्म नियम र भविष्यद्वक्ताहरुको पुस्तकहरु लोप गर्न आएको हुँ | म त्यो नियम लोप गर्न होइन , बरु पूरा गर्न आएको हूँ |

म तिमीहरु संग साचो कुरो गर्दै छु जब सम्म आकाश र पृथ्वी समाप्त हुदैनन् , तब सम्म मूसा ले गरेको व्यवस्था को एक एक शब्द र एक एक अक्षर दुरुस्त रहनेछ | त्यो नियम त्यतिखेर सम्म रहनेछ जब सम्म त्यो पूरा हुन सक्तैन |

[ मत्ती ५ | १७-१८ ]

उपरोक्त प्रमाणहरुले के कुरा सिद्ध गर्दछ भने ईसाको खतना अर्थात “लिंगचर्म छेदन संस्कार” जन्मको आठौँ दिन गरिएको थियो जो ग्रैगोरियन क्यालेण्डर अनुसार १ जनवरी पर्दछ | यीशुको त्यै “लिंगचर्म छेदन संस्कार” को खुशीमा हरेक वर्ष नया बर्षको रुपमा मनाइन्छ | वास्तविक रुपमा हेर्यौं भने यो खतना दिवश हो | यदि कसैले यसलाई आडम्वर पूर्ण रुपमा नया बर्षको रुपमा मनाउँ छ भने हामीले के गर्ने ?

आजको दिनमा ईसाईहरुले खतना गर्न छोडे | जबकि यीशु आफु स्वयंले खतना गरेका थिए | साथै सबैलाई मुसाको नियमानुसार खतना गर्ने आदेशपनि दिए | अब आफै सोच्नोस यी ईसाइहरुले बाइबल र यीशुको आदेशको ठाडै उल्लंघन गर्दै छैनन् त ?

ग्रीक अर्थोडक्स चर्चले आज पनि १ जनवरीको दिनलाई खतना दिवशको रुपमा मनाउंदै आएको छ | प्रमाण स्वरूप तिनको २०१७ को क्यालेण्डरलाई क्लिक गरेर इक्षुकहरुले हेर्नोस –

On Sunday, January 1, 2017 we celebrate

जे सुकै भएपनि यो खतना गर्ने गराउने कुरो ईसाई र मुस्लिम संस्कार हो | हिन्दू समुदाय भित्र यो घृणित कार्य मानिन्छ किनभने ईश्वरको रचनामा केहि कमी भए त्यो छाला पक्कै होइन | अर्कोकुरो ईश्वरले आफ्नो रचनामा कहिल्यै कुनै कमी गरेको देखिन्न | न कसैलाई यो शरीरमा कुनै कांटकुट गर्ने अधिकारनै दिएका छन तर हिन्दू समाजले यदि १ जनवरीलाई “लिंगचर्म छेदन संस्कार” अर्थात खतना दिवशको रुपमा सामूहिक वा एक्लो आफ्नो परिवारका सदस्यहरु मिली मनाउन चाहान्छ भने ती ईसा, मूसा र यहोवाको आज्ञा पालन गर्दै आफ्नो पनि खतना अर्थात “लिंगचर्म छेदन संस्कार” स्वयं गरोस र ख़ुशीले मनाउनोस |

होइन भने ” रामेको जन्ती , कालेको मल्हामी ” गर्नुको क्यै अर्थ छैन | यो “लिंगचर्म छेदन संस्कार” हामी सनातनी हिन्दुहरुको हुँदै होइन | आफ्नो सनातन हिन्दु धर्मलाई स्नेह गर्ने हिन्दूहरुले सेक्युलरहरुलाई यो १ जनवरी को दिन “Happy Circumcision Day‘ वा ‘खतना दिवशको हार्दिक शुभकामना ‘ चाहीं अवश्य दिनोस | यसका साथै माथिको कुरो बताउँदा बताउंदै यदि कोही कसैले १ जनवरी मनाउन चाहान्छ भने त्यसलाई ” Happy Circumcision Day। खतना दिवशको हार्दिक शुभकामना ” मै दिन्छु |- प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: