डोटीमा भएको भारतीय प्रहरीको ज्यादतिप्रति घोर आपत्ति – सजग नागरिक समुह


prithvi-narayanshah-king

Indian-police

 

डोटीमा भएको भारतीय प्रहरीको ज्यादतिप्रति घोर आपत्ति !

२०७४ जेष्ठ २०

यही २०७४ जेष्ठ १८ गते राती डिएसपी नागराजको नेतृत्वमा गैरकानूनीरुपमा नेपाल प्रवेश गरेको पाँच जना भारतीय प्रहरीको टोलीले डोटी, दिपायल–शिलगढी नगरपालिका वडा नं. ८ लडागडामा रहेको लालबहादुर आउजीको घरभित्र प्रवेश गरी निज आउजीलाई लछारपछार गर्दै घरबाट अपहरण गरेर लगेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
गत वर्ष अर्थात् २०७३ वैशाख १२ गते यसैगरी भारतीय प्रहरी अनधिकृत तवरले नेपालभित्र पसी डोटी–अछामको सीमा चौखुट्टेबाट पाँच जना प्रहरी गिरफ्तार गरेको एक वर्ष बितेलगत्तै पुनः डोटीमा भएको भारतीय प्रहरीको गैरकानूनी प्रवेशले आम नागरिकको जनजीवनमा भयङ्कर आतङ्क मात्रै सिर्जना गरेको छैनकि नेपालको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठेको छ।
डोटीमा भएको भारतीय प्रहरीको यौ गैरकानूनी कर्तुत भारतको हेपाहा मिचाहा प्रवृत्तिको निरन्तरता भएकोले घटनामा संलग्न भारतीय प्रहरीलाई आवश्यक कानूनी कारवाहीसहित आम नेपाली जनताको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको सुनिश्चिताका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।

डोटी घटना अन्तर्राष्टिय कानूनको नाङ्गो उल्लङ्घन भएकोले भारत सरकारलाई माफी माग्न र भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धताका लागि कूटनीतिक च्यानलमार्फत दबाब दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ । साथै भारतीय प्रहरीको अपहरणमा परेका लालबहादुर आउजी र उनको परिवारलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै आउजीको तत्काल रिहाइको माग गर्दछौँ । भारतीय ज्यादती र हेपाहा प्रवृत्तिले निरन्तरता पाइरहेको अवस्थामा सीमामा तैनाथ सुरक्षाकर्मी र आम नेपाली नागरिकले आआफ्नो ठाउँबाट भारतीय यस्ता जघन्य कुकृत्यका विरुद्ध डटेर प्रतिवाद गर्नसमेत आह्वान गर्दछौँ ।

१ आनन्दराम पौडेल \ लेखक, विश्लेषक
२ हिरण्यलाल श्रेष्ठ \ अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिविज्ञ
३ डा.द्वारिकानाथ ढुंगेल \ पूर्वसचिव, नागरिक अभियन्ता
४ रतन भण्डारी \ सीमा र जलश्रोतका रिसर्च-स्कलर
५ डा.युवराज सङ्ग्रौला । कानुनविद, राष्ट्रियता स्कलर
६ साध्यबहादुर भण्डारी \ राष्ट्रवादी अभियन्ता
७ भरत दाहाल \ विश्लेषक, राष्ट्रवादी अभियन्ता
८ रत्नसंसार श्रेष्ठ \ जलश्रोतविद
९ डा.भूवप्रसाद त्रिपाठी \ प्रोफेसर
१० पुण्य गौतम ‘विश्वास’ \ अन्तर्रष्ट्रिय मामलाका विश्लेषक
११ अग्नीपुञ्ज हरिचन्द \ अन्तर्राष्ट्रिय सम्वन्धविज्ञ।
१२ प्रेम कैदी \ वरिष्ठ पत्रकार, राष्ट्रवादी अभियन्ता।
१३ ध्रुवहरि अधिकारी \ वरिष्ठ पत्रकार
१४ कमल कोइराला \ वरिष्ठ स्तम्भलेखक
१५ डा.विष्णुराज उप्रेती \ द्वन्द विशेषज्ञ
१६ डा.नीलमकुमार शर्मा \ प्रोफेसर
१७ रामप्रसाद श्रेष्ठ \ कानुनविद, प्राध्यापक
१८ डा.अतीन्द्र दाहाल \ प्राध्यापक
१९ डा.रामप्रसाद उप्रेती \ चिकित्सक, प्राध्यापक
२० डा. विनोद न्यौपाने \ राज्यसंरचनाविद


Write A Suggestion

%d bloggers like this: