राष्ट्रीयं स्वयं सेवक संघ(RSS) किन भारतिय नेपालिको हितमा बोल्दैन भारतमा?


18952733_1796421147039852_5119954894513602816_n

राष्ट्रीयं स्वयं सेवक संघ(RSS)को हिन्दुत्ववादी एजेन्डामा गोर्खा परिवारको मृगतृष्णा?????!!!!!!

01) भूटानबाट गोर्खाहरूलाई खेदिँदा यो संगठन मौन।
02) भूटानबाट खेदिएका गोर्खाहरूले भूटान जान खोज्दा भारत सरकारले बाटो दिएन। त्यस बेला यो संगठन मौन।
03) बर्माबाट गोर्खाहरूलाई खेदिँदा यो संगठन मौन।
04) असमबाट गोर्खाहरूलाई खेदिँदा यो संगठन मौन।
05) नागालैंड़बाट गोर्खाहरूलाई खेदिँदा यो संगठन मौन।
06) 06) मेघालयबाट गोर्खाहरूलाई खेदिँदा यो संगठन मौन।
07) मणिपुरबाट गोर्खाहरूलाई खेदिँदा यो संगठन मौन।
08) बोड़ोलैंड़ क्षेत्रमा गोर्खाहरूमाथि उत्पीड़न हुँदा यो संगठन मौन।
09) नेपालमाथि भारत सरकारले अघोषित नाकाबन्दी गर्दा यो संगठन मौन।
10) यो संगठन मरीशसमा हिन्दुमाथि अत्याचार हुँदा बोल्छ। पाकिस्तानमा हिन्दुमाथि अत्याचार हुँदा बोल्छ.। फीजीमा हिन्दुमाथि अत्याचार हुँदा बोल्छ। बंगलादेशमा हिन्दुमाथि अत्याचार हुँदा बोल्छ। नेपालका मधेशीहरूको पक्षमा बोल्छ।
11) यस संगठनले चीनले तिब्बतमाथि गरेको अत्याचार देख्छ तर भूटानले गोर्खाहरूमाथि गरेको अत्याचार देख्दैन।
12) भर्खरै मात्र यस संगठनका नाइकेहरूले बंगलादेशबाट आएका हिन्दूहरूलाई असम प्रदेशमा NRC दिलाउन दवाब र प्रस्ताव ल्याए तर गोर्खाहरूको लागि कुनै पनि संवेदना सम्म ल्याइएन।
13) विगत केही वर्षदेखि यस संगठनको नेपाली शाखा विस्तार गरिएको छ जस्का केन्द्रिय नेतृत्वहरू अनेपाली छन् अनि त्यसको नाम अन्तर्राष्ट्रीय नेपाली संस्कृति सुरक्षा परिषद् राखिएको छ। सुन्दा हाम्रो जातिको नाम सुनेर थुप्रै नेपालीहरू संगठनमा लागेका छन्। जुन संगठनको बैनर तल नेपालीहरूलाई चीनको विरुद्द बोल्न लगाइन्छ। पाकिस्तानको विरुद्ध बोल्न लगाइन्छ। चीन र पाकिस्तान भारतका छिमेकी राष्ट्र हुन् भने नेपालका मित्र राष्ट्र हुन्। छिमेकी राष्ट्रसंग भएका मतभेदलाई विरोध गर्ने राजनैतिक संगठनहरू छन्, तिनीहरूको बैनर तल तिनीहरूको प्रतिवाद हुन्छ तर संघ परिवारको नेपाली शाखामा नेपाली नामद्वारा चीन र पाकिस्तानको विरोध गर्न हाम्रा नेपालीभाषी युवाहरूलाई लगाइन्छ। यस कार्यमा नेपाल र भारतकै नेपाली युवा समावेश छन्। के यो कृत्य विश्वकै नेपालीभाषीको लागि राम्रो हो?
14) ह न केको लागि र कसको हितमा खागीको हापैन्ट लाएर कल्लाई हिर्काउन उफ्रिन्छौ मेरा गोर्खाहरू? तिम्रो आर एस एसको एजेन्ड़ामा त तिमी हिन्दू हुँदैहैनौ। यदि तिमी हिन्दू हुन्थ्यौ भने यो संगठन आजसम्म तिम्रो पक्षमा आएन भने अब आउँछ त?
15) मैले यी कुराको उठान गर्दा अर्काका निःशुल्क दासहरूले दिने जबाफ पनि मलाई थाहै छ। तिमीहरू भन्नेछौ कि कांग्रेसले के गर्‍यो त। तैंले के गरिस्। तँलाई ठीक लगाउँछौं—–आदि। तर हे मेरो जातिका अग्रजहरू! मैले कांग्रेसले ठीक गर्‍यो र भाजपाले बेठीक गर्‍यो भन्न खोजेको हैन। हाम्रो जातिका मुद्दा विहीन संगठन वा परोक्ष रूपमा आफ्नै जातिको नाश हुनेखाले कुनै कार्क्रममा सहभागी हुनु के हाम्रो जातिको निम्ति अभिशाप हैन र ?


Write A Suggestion

%d bloggers like this: