मेला हुनेगर्छ नि….! (शार्दूलविक्रीडित छन्द)


prithvi-narayanshah-king

Kanakdhara Swami Swadeshanand ———–

त्यत्रो साम र दाम,भेद,भयको आतंक सिर्जीकन,
सत्तासीन भयौ अरे मुलुकको सानो कुरा मान्दिन।
नौ मैना नभई तुहाउनगई पाखा तथा खेतमा
फ्याँक्ला मालिकले भनेर अहिल्यै सोच्नेगरे भन्छु म।

तिम्रो काम सधैं सधैं मुलुकको सत्ता छ हत्याउने,
नेपाली जनता पुगी नजिकमा माला-खदा लाउने।
यस्तै कारणले हिमालमनिको आसे भयो जीवन
आमाको पनि चीरको हरणभो बुझ्दैन दु:शासन।

जाबो देश डुबोस् रसातल पुगोस् मन्त्री हुनैपर्दछ,
सत्ताबाहिर बस्नु पर्दछ भने भोक्कै हुनेगर्दछ।
लज्जा-शर्म विहीन उच्च पदवी चाहिन्छ जैले पनि,
आमाका शवमाथि यो मुलुकको मेला हुनेगर्छ नि!


Write A Suggestion

%d bloggers like this: