सनातनी कृष्ण र यहुदी क्राइष्ट


प्रवीण अधिकारी—-

======================
जिसस क्राइस्ट / येशु / ईशा मसीह (यूनानीमा Iesous; इब्रानी : येशुआ ७–२ BC to ३०–३३ AD) , ईसाई धर्मका प्रवर्तक हुन् | क्रिश्चियनहरू उनलाई परमेश्वरको पुत्र र ईसाई त्रिमूर्तिको तृतीय सदस्य मान्दछन | ईशाको जीवनी र उपदेश भगवान बुद्धको चार आर्य सत्य जस्तै बाइबलको नयाँ नियममानी चार शुभसन्देश भनेर चिनिन्छ | ती हुन् मत्ती , लूका, युहन्ना र मर्कुस | यिनको जन्म ईजराइलको नासिरत प्रान्तको एउटा गाउँ बैतलहममा भएको थियो | इनकी आमा मरियम कुमारी अवस्थामा हुँदानै यी जन्मिएका थिए | पछि यूसुफ मरियमको श्रीमान हुन् पुगेका थिए | यहूदी धर्मको रब्बिहरुको भविष्यबाणी अनुसार मानवको मूक्तिदाता (मसीहा) जन्मिने छ भने अनुसार क्राइस्ट जन्मिएको बिश्वाश गरिएको थियो | ईसा र उनको परिवार जन्मजात यहूदी भएको स्वीकारिएको छ |

यी ईशा भगवान श्रीकृष्णको भक्त थिए भनी व्यख्या गर्नु भन्दा पहिले यहाँ विभिन्न समयमा विभिन्न अन्वेषकहरुले खोज अनुसन्धानको आधारमा प्रष्ट्याएका तथ्यहरुलाई प्रस्तुत गर्नु सान्दर्भिक हुनेदेखि प्रस्तुत गरेको छु |

१. १८६९ ईश्वीमा एउटा फ्रेन्च कानूनवीद एवं साहित्यकार” लुइस जेकोलियत” ले आफ्नो पुस्तक ” the bible in india ” भन्ने पुस्तकमा श्रीकृष्ण तथा ईशा ( क्राइस्ट) को तुलनात्मक अध्य्यन गर्दै जीसस शब्दको बिषयमा लेखेका छन कि क्राइस्टलाई ” जीसस” भन्ने नाम उनकै अनुयायीहरुले राखेका हुन् |

२. संस्कृतमा ” जिसस “को अर्थ ” मूल तत्व ” भन्ने हुन्छ | लुइस जेकोलियतले लेखेका छन् ” क्राइस्ट” शब्द पनि कृष्ण शब्दकै रुपान्तरण हो | ईशाले कृष्णको सट्टा कृष्णा शब्द प्रयोग गरे र यहि कृष्णा शब्दनै यूरोपमा अपभ्रंश हुँदै ख्रीस्तान या क्राइस्ट हुन् पुग्यो | लुइस जेकोलियतको भनाई अनुसार इशाले भारतको जगन्नाथ मन्दीरमा धेरै बर्षको समय व्यतित गरेका थिए |

३. अर्का रुसी अन्वेषक निकोलस नोतोवीचले भारतमा केही वर्ष बसी ” The Life of Saint Isha” मा आधारित हुँदै फ्रेन्च भाषामा ” The Unknown Life of Jesus Christ” नामक पुस्तक लेखेका छन | उक्त पुस्तक लद्दाखको लेह मार्ग स्थित हेमिस बौद्ध गुम्बामा अझै शुरक्षीत छ | जसमा भनिए अनुसार जीसस क्राइस्ट १३ वर्षको उमेरमा भारत जाने क्रममा ,सिल्क मार्ग हुँदै हेमिस बौद्ध गुम्बामा पुगेका थिए र उनले त्यही बसेर बौद्ध शीक्षा लिए | उनले निर्वाणको महत्व बुझेका थिए | इशाले आफ्नो उमेरको लगभग १८ वर्ष भारतको काश्मीर लद्दाख र उडीसाको जगन्नाथ मन्दीरमा बसी बौद्ध एबं हिन्दू धर्म ग्रन्थहरुको आध्यात्मिक रहष्यमा गहन अध्ययन गरी ध्यान मार्गको उत्कृष्टता प्राप्त गरेका थिए | निकोलस नोतोवीचले भनेका छन् ईशालाई सुलीमा चढाए पछि उनको मृत्यु भएको मानियो तर उनी आफ्नो योग वलद्वार जीवितै रहेका थिए | सुलीमा चढाएको ३ दिनपछि ईशु आफ्नो परिवारसंग तीब्बत हुँदै पुन: भारतको श्रीनगर आएर ८० वर्षको उमेरमा परलोक भए | ईशाको चिहान अझैपनि श्रीनगरको रौजावलमा सुरक्षित छ |

४. पारसी( इरानी) परिवारमा जन्मेका मेहर बाबा एक रहश्य पूर्ण चमत्कारिक संत मानिन्थ्ये | ती बाबाले आफ्नो जीवनको ३० वर्ष मौन बसेर बिताएका थिए | त्यै मौन बसेको समयमा उनले” God speak” नामको पुस्तक लेखे | जुन पुस्तकमा ईशा सुलीबाट जोगिएपछि भारतमा बसेर योग साधना गरेको कुरा उल्लेख गरिएको छ | उनले योग साधना सिकेर सुलीमा नै समाधी लगाए | यसरी समाधिबाट जागृत भए पछि ईशा पुन: भारत आए र बाकी जीवन काश्मीरमा बिताए | मेहरबाबाको यो कुरालाई सन्त अभायानंद ,सत्यसाईबाबा, शंकराचार्यले समर्थन जनाएको भेटिन्छ भने फिदाह सनैन ,अजीज कश्मीरी , जेम्सडियर्डोफ, मंतोसे देव आदिले समेत कश्मीरको रौजावलमा भएको चीहान ईशाकै चीहान हो भनेर प्रमाणित गरेको देखिन्छ |

५. सन् १९८२ मा जर्मन विद्वान होल्गर कस्टर्नले ईनै कुरा पुष्टि गर्दै आफ्नो अनुसन्धानात्मक पुस्तकमा ” Jesus Lived in India : His life before and after crucifixion ” भन्ने पुस्तक लेखेको देखिन्छ |

सनातनी मान्यता भित्रको तर्क
===================

लुइस जेकोलियतको भनाईलाई आधार मान्दा यस विश्वमा हाल प्रचलनमा रहेका भाषाहरुमा देव भाषा संस्कृतको प्रभाव प्रसस्त छ भन्नेकुरा स्वीकार्नै पर्छ किनभने संस्कृतको द्वार( ढोका) बाट अंग्रेजीको door, संस्कृतको पितृ, मातृ, भात्री बाट क्रमश: father,mother, brother आदि शब्दहरु बनेको हो भन्नेकुरा जो सुकैले स्विकार्न करै लाग्छ | यी शब्दहरु देश, काल, परिस्थीति अनुसार अपभ्रंस हुँदै ती मुलुकमा बिकसित भई प्रचलित हुन पुगेका हुन् | लुइसको भनाईलाई हेर्दा आ आफ्नो मातृभाषाको कारणले गर्दा अर्काको भाषा उच्चारणमा लवज अनुसार परिवर्तन आउनु स्वभाबिक हो | त्यसैले कृष्ण शब्द कृष्णा ,खृस्तान या क्राइस्ट उच्चारित हुन पुगेको हो | ईशाले भारतमा बसेर बौद्ध तथा हिन्दू ग्रन्थहरुको व्यापक रुपमा अध्ययन गरेका हुन् | उनलाई भागवत गीता अत्यन्त मन परेको ग्रन्थ हो | ईशाले गीताको ज्ञान उनका ठाउँका मानिसहरुलाई दिने उद्द्येश्य्ले आफुलाई श्रीकृष्ण संग तुलना गरेका हुन् भन्न के को आपत्ति ?

ईशाले कृष्णलाई धेरै पछ्याएको हो | भगवान कृष्णको अनुयायी हुन् पुग्ने ईशाको जीवनका धेरै घटनाहरु भगवान श्री कृष्ण संग मिलन पनि पुगेको देखिन्छ ! जस्तै कंशको नजरबाट भगवान कृष्ण जन्मनसाथ भाग्नु परेको थियो, त्यसरीनै ईशालाई पनी हेरोद राजाको नजरदेखि टाढा भगाइएको थियो | श्रीकृष्ण एक ग्वालाको सन्तान हुन् पुगेका थिए भने ईशा भेडा गोठला कहाँ जन्मेका थिए | हुन् सक्छ यहि समानताको ज्ञानको कारणले ईशु भगवत गीता प्रति आकर्षित हुन् पुगेका थिए | भागवत गीताको ज्ञान श्रीकृष्णले समस्त मानव कल्याणकोलागि अर्जुनलाई निमित्त बनाएर दिएका थिए भने सोही ज्ञानलाई ईशाले कृष्णनितिको नाममा ईजराइलमा र वरपर प्रसार गरेका थिए | त्यसकारण बाइबल र ईशाले प्रचार गरेको ज्ञान गीतामा श्रीकृष्णले दिनु भएको ज्ञानकै हुबहु नक्कल र व्याख्या हुन पुगेको छ |

कृष्णनीति ( कृश्चियनिटी)
=================

एउटा उदाहरणको रुपमा हेरौ –

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥
(भगवतगीता १८:६६)

अर्थात, सबै धर्मलाई त्यागेर तिमी मेरो शरणमा आउ | म तिम्रो सम्पूर्ण पापलाई नष्ट गर्छु | म तिमीलाई मुक्ति दिन्छु , शोक नगर | तिमी कसैसंग नडराउ किनकि यसरी मेरो शरणमा आउने प्राणीको संपूर्ण जिम्मा मै लिन्छु | त्यसको सबै पापकर्मलाई म क्षमा दिन्छु |

उपरोक्त श्लोकको हुबहु नक्कल बाईबलमा गरिएको छ त्याँहा ईशा बताउछन र त्यही भनाईलाई इशाईमार्गी भन्ने गर्छन – प्रभु ईशुनै मुक्तिदाता हुन | ईशु बाहेक कसैले मानवलाई मुक्ति दिन सक्दैन | अनि ईशुलेनै सम्पूर्ण पाप नष्ट गरिदिनु हुन्छ | यस्ता धेरै उदाहरण्हरु बाइबलमा भेटिन्छ, जीज्ञासा हुनेले गीता र बाइबलको तुलनात्मक अध्ययन गरे हुन्छ |

ईशा अर्थात जीससले भगवत गीताबाट प्रभावित भएर श्रीकृष्णलाई आफ्नो आदर्श मानेकै कारण ईशाले श्रीमदभागवत गीताको ज्ञानलाई कृष्णनीति भनेर यहुदिहरु समक्ष पुर्याएका हुन् | तिनै यहुदीहरुले कृष्णनीति उच्चारण गर्दा कृश्चियानिटी हुन पुगेको हो | ईशाले कृष्णनीति अर्थात कृश्चियनिटिको ज्ञान प्रचार गरेकै कारण यहुदी धर्मका गुरुहरुमा त्रास पैदा हुन् पुग्यो र यो ईशाले कृष्णनीति अर्थात कृश्चियानिटी सिकाएर सबै यहुदिहरुलाई हिन्दु बनाउने छ | यदि यहुदीधर्म गुरुहरुमा त्यस्तो डर नभएको भए यहुदी धर्म प्रवर्तक अब्राहमको बयालिसौ पुस्ता ( बाईबल अनुसार) को सन्तान ईशालाई किन महाअभियोग लागेका व्यक्तिहरुलाई दिइने सजाय ( सुलिमा चढाइने) दिइन्थ्यो त ? ईशाले कृष्णनीतिको नाममा त्यहाँको यहुदी धर्म बिस्थापित गर्न श्री मद्भागवत गीताको ज्ञान दिएकै कारणले उनलाई सुलीमा चढाइएको थियो | यहुदी धर्म शासक शक्तिशाली भएका हुँदा अन्तत: ईशालाई सजाय स्वरुप सुलीमा चढाउने काम गरी छाडे | यद्यपि ईशाले सनातन हिन्दू धर्मबाट सिकेको योगबल र तपस्या तथा बौद्ध धर्मबाट सिकेको ध्यानको प्रयोगद्वारा सुलीमै समाधीमा बसे | ती यहुदीहरुले ईशालाई मरी सके भन्ठानेर चीहान खने तर फारसी योगी मेहर बाबाका अनुसार तीन दिनपछि ईशा पुन: जीवीत भएर सुटुक्क भारततिर हिंडे | पछि यहुदीहरुले ईशाको मृत शरिर कब्रमा नदेखेपछी डराई खोजी गर्दा नभेटेपछि ईशामा दैबी शक्ति गुण भएको स्वीकारे | ती यहुदीहरुले गलत गरेको स्वीकारी ईशा सशरीर कहाँ गए ? भन्ने कुराको कौतुहलता तिनमा जाग्यो | तत्कालिन यहुदिहरुमा ज्ञानीहरुको अभाव भएको कारणले ईशा सशरीर स्वर्ग गएको स्वीकारी ईशाले प्रचार गरेको कृष्णनीति ( कृश्चियनिटी)को ज्ञानलाई तत्कालिन यहुदी धर्मगुरुहरुले तोड्मोड गरी आफ्नो अनुकुल बनाएर यहुदी धर्मग्रन्थको पुरानो कुराहरु जोड्जाड गरेर बाइबल नामको धर्म ग्रन्थ जन्माएको तथ्यलाई कसैले अस्विकार गर्न सक्दैन |

मेरो कृष्ण तिम्रो क्राइष्ट
==================

स्मरणीय छ ,भगवान श्रीकृष्णले म नै विराट स्वरूप परमेश्वर परमात्मा हुँ भनेको कुरोलाई ईशाले पनि आफूलाई परमेश्वर पुत्र ( पवित्र आत्मा) भनेर प्रस्तुत गरेका छन् | तसर्थ भगवान श्रीकृष्णद्वार दिइएको भागवत गीताको ज्ञानलाई ईशाले अंशी परमात्मा( श्रीकृष्ण)कोअंश आत्मा( ईशा ) द्वार श्रीकृष्ण प्रदत्त ज्ञान कृष्णनीति ( कृश्चियनिटी) मानिसहरुलाई बताएका हुन होइन र ? यस अर्थमा मेरो कृष्णनीतिनै तिनको क्रिश्टियानिटि हो |

तीस वर्षको उमेरमा ईशाले आफुले हिन्दूहरुको संसर्गमा बसेर पाएको ज्ञानलाई इजाराइलको जनतालाई यहूदी धर्मको एक नया स्वरूप भनि प्रचार गर्न थाले | उनले ईश्वरलई साक्षात प्रेमरूपमा अर्थ्याए | यहूदी धर्ममा पशुबली र कर्मकाण्ड नचाहिने बताए | बदलाको साटो क्षमा सिकाए | उनीनै ईश्वरको पुत्र हो, उनीनै मसिहा हो , उनले बताएको बाटोनै स्वर्ग र मुक्तिको बाटो हो भनेर अर्थ्याए | यहूदी कट्टरपन्थी रब्बिहरुले (धर्मगुरुहरु )ले ईशाको विरोध गरे । उनले आफुलाई ईश्वरपुत्र बताएको कारण त्यतिखेरको रोमन गवर्नर पिलातुसले कट्टरपन्थियहरूलाई प्रसन्न गर्नको लागि ईशालाई क्रूसमा झुण्ड्याए | योग बलमा रहेका ईशा तीन दिनपछि बिउझे | ईसाको १२ शिष्यहरुले उनको नयाँ धर्म ठाँउ ठाउँमा फ़ैलाउदा यो नै ईसाई धर्म भनेर चिन्हियो  |-प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: