प्रबिण बस्नेत सचिब नेपाल क्योकुशिन सेइशिन -काइकन कराते संघ सगको अन्तर्वार्ता

(१) तपाईंको जन्म कहाँ कहिले भएको हो ?

मेरो जन्म मिती २०४० साल चैत्र २४ गते बुवा गणेश बहादुर बस्नेत र आमा भक्त कुमारी बस्नेतको कोखबाट सिन्धुपाल्चोक जिल्ला पिपलडाँडा गा. बि. स. वडा नम्बर ३ मा भयको हो |

(२) खेल्कुदमा लाग्ने प्रेणा कसरी प्राप्त गर्नु भयो ?

४८/ ४९ सालको कुरा हो मेरो घरमा बेलुका ८ बझेको समाचार रेडियोमा सुन्दै थिय खेल्कुद समाचारमा मेरो गाऊको दाई मान बहादुर भण्डारी बक्सिङबाट साफ गेम खेल्न श्रीलन्का जादै हुनु हुन्छ भन्ने सुने तेही दिन देखी म पनि एउटा राम्रो खेलाडी भयर आफ्नो र राष्ट्रको नाम संसारमा चिनाउने एउटा छाप मनमा गढेको थियो र एक दिन त्यो पुरा गरेर छोड्ने सन्कल्प गरे |

(३) खेल्कुदमा तपाईं कहिले देखी लाग्नु भयो र कुन बेल्ट हुनुहुन्छ ?

गाऊमा जन्मेकोले सोच्ने बितिकै पुरा हुने स्थिती थिएन तेसैले २०५६ साल मा एस एल सि दियपछी काठमाडौं आय र बिहान कराते दिउसो काम र बेलुका कलेज् पढ्न थाले तेही बाट गेम/ कराते सुरु भयो | तेसै सिलसिलामा २०६० सालमा ब्लाक बेल्ट १ डान, २०६३ सालमा ब्लाक बेल्ट २ डान, अहिले म ब्लाक बेल्ट ३ डान हो |

(४) तपाईंको गेमको बारेमा थोरै जानकारी गराई दिनुस् त ?

मेरो गेम क्योकुशिन कराते हो यस्को जन्मकर्ता मास वोयामा हुनुहुन्छ यो गेम जापानबाट भित्रिएको हो यो गेम खेल्दा कुनै पनि सेफ्टी जस्तै हातमा पन्जा, टाउकोमा हेडगर्ड, चेस्ट प्याड प्रयोग गर्नु पाइदैन सुरक्षाको हिसाबले खतरा मानिन्छ तर साचिकै बलियो र आत्मा विश्वाश बढाउन यो गेम ले महत्वपूर्ण भूमिका खेल्दछ |

(5)तपाईं आफुले आफुलाई कुन स्तरको खेलाडी भन्नु हुन्छ ?

मैले आफ्नो बारेमा भन्नु पर्दा खेलाडी जीवनमा मैले २० वटा राष्ट्रिय गेममा सहभागि भयर १० वटा गोल्ड मेडल, ५ वटा सिल्भर मेडल हात पारेको छु तेसै गरी २००५ मा बङलादेशको ढाका मा भयको खुल्ला वेट प्रतियोगितामा उट्किस्थ प्रद्रसन गर्दै क्वाटर फाइनल को यात्रा तय गरेको थिय | तेसैले देशको लागि र देशको झन्डा फहराउन हर हमेसा तयार हुने खेलाडी भन्छु |

(६) तपाईंले खेल्कुद क्षेत्रमा लागेर के पाउनु भयो ?

मैले खेल्कुद क्षेत्रमा लागेर मान सम्मान र ईज्जत प्राप्त गरे तेस्को अलवा समाजले म प्रती हेर्ने दृष्‍टि बादलिएको पाएको छु |

(७) भाबी पिडिलाई खेल्कुद छेत्रमा लाग्न कसरी प्रेणा गर्नु हुन्छ ?

खेल्कुद अथवा कराते भन्ने बितिकै मान्छे पिट्ने झै झगडा गर्ने सम्झनु गलत हो कुनै पनि गेम मा लागेर सिर्फ अरु केही नपाए पनि आफ्नो स्वस्थ तन्दुरुस्त राख्न मद्घत गर्छ तेस्को साथ् साथै देशको झन्डा बोकी देशको सेवा को साथै मान सम्मान ईज्जत प्राप्त गर्न सकिन्छ र आत्मा रच्छा को पनि प्रत्याभुती गर्न सकिन्छ तेसैले खेल्कुद मा आबद्ध हुनुस् भन्न चाहन्छु |

(८) अहिले के मा बेस्त हुनुहुन्छ ?

अहिले म नेपाल क्योकुशिन सेइशिन -काइकन कराते संघमा सचिब को जिम्मेवारि समालेर बसेको छु तेसै गरी बालाजु डोजो प्रमुख को हैसियतले डोजो मा उत्किस्थ खेलाडी उद्पादन् गर्ने हेतुले डोजोमा लागि परेको छु |मुख्य निर्णयको भूमिकामा राष्ट्रिय गेममा संलग्न छु तेसैमा बेस्त छु |

(९) खेल्कुद क्षेत्रमा लागेर केही गुमाय जस्तो लाग्छ ?

लाग्छ खेल्कुद मा लागेर मैले आफ्नो पढाई लाई प्लस टू भन्दा अगाडि लैजान सकिन कती समय घर परिवार मा टाईम दिन नसकेर आफ्नो भूमिका बाट चुके कि जस्तो लाग्छ |

(१०) तपाईंको के गुनासो छ यो राज्य र खेल्कुद मन्त्रालय प्रती ?

गुनासो मेरो मात्र हैन कि सम्पूर्ण खेलाडी साथीहरुको हो खेल्कुद जस्तो क्षेत्रमा राजनीतिको गन्ध मिसिनु हुन्न , चाप्लुसी र चाकरी प्रथा अन्त्य गर्नु पर्छ राज्यले साचिकै देशको लागि केही गर्छु आफ्नो देशलाई र झन्डालाई चिनाउने क्रममा दिन रात नभनी पसिना बगाएको हुन्छ त्यस्तो ब्यक्तीलाई परिचान गरी उचित मुल्याकन गर्नु पर्छ आफ्नो लाई भन्दा राम्रो लाई पहिलो प्रथामिक्त्तामा राख्नु पर्दछ जस्तो लाग्छ |

(११) तपाईंको अबको भाबी योजना के छ ?

मेरो अबको भाबी योजना मैले उत्पादन गरेको खेलाडीहरुलाई राष्ट्रिय देखी अन्तराष्ट्रिय प्रतियोगिता मा सहभागि गरायर मैले अपुरो छोडेको काम मेरो आफ्नो खेलाडीबाट पाउने योजना मा लागि पर्ने छु तेस्को साथै राष्ट्रिय स्थरको प्रतियोगिताहरु आयोजना गरेर खेल्कुद क्षेत्र लाई अझ माथि उकास्न आफ्नो भूमिका कर्तब्यलाई आत्मा साथ गर्दै अगाडि बढ्ने छु | खेल्कुदलाई सधैं माया गर्ने छु खेल्कुदको माधेमबाट देशको नाम चिनाउन लागि पर्ने छु |

(१२) यो क्षेत्रमा लागेर कतिको खुशी हुनु हुन्छ ?

आफुले गरेको कर्मबाट म एकदम खुशी छु खुशी नभएको भय पहिलै छाडि सक्थे नि होइन र ? मान्छे ले आफुले गरेको कामबाट सन्तुस्टी भयन भने त्यो काम बाट दिर्घकालिन अपेछा गर्न सकिदैन |

(१३) अहिले सम्म पायको सफलताको पछाडि कस्को हात छ जस्तो लाग्छ तपाईंलाई ?

मेरो यस सफलतामा महत्वपूर्ण भूमिका खेल्ने मेरो घर- परिवार , मैले छुटाउन नहुने नाम मेरो आदरनिय गुरु समिक महर्जन, मलाई सधैं हौसला प्रदान गर्ने आफन्तजन , साथीभाई , म भन्दा अग्रज गुरुहरु नै मेरो सफलताको पात्र हुनुहुन्छ |

(१४) अब के गर्ने ईच्छा छ खेल्कुदमा ?

खेल्कुदको बिकास र बिस्तारमा अझै धेरै परिवर्तन् गर्नु पर्ने छ तेस्मा परिवर्तन् गर्न चाहन्छु | खेल्कुदमा लागेर पनि यो देश र आफ्नो बेक्तित्व बिकासमा केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छु | आफ्नो अन्तिम साससम्म खेल्कुद बिकास र बिस्तारमा लागि पर्ने छु ।

प्रबिण बस्नेत सचिब नेपाल क्योकुशिन सेइशिन -काइकन कराते संघ

Write A Suggestion

%d bloggers like this: