बेदलाइ साक्षी राखि राष्ट्र भावना जगाउ !!!


प्रवीण अधिकारी—–

download

परिबन्दले नेपाल इतिहाँसकै सबै भन्दा कठिन मोडमा छ ! हाम्रो बैदिक बांग्मय ऋगबेदमा मुलुक कठिन अवस्थामा भएको बेला के सल्लाह दिइएको छ एक पटक मनन गरौ !
आजसम्म अनभिज्ञ रहेको धेरैले नकोट्याएको हाम्रो प्राचिन ग्रन्थ ऋगबेदको दशम मण्डलको अन्तिम भागमा रहेको यी हरफहरु हेरम त ! याँहा भनिएको छ :-

समानी वः आकुतिः समाना ह्रिदयानि वः !
समानमस्तु वो मानो यथा वः सुसहासति !!
( ऋ. १९ /१९१ /४ )

मुलुकबासीको काम गराई ( कर्म ) एक होस् , तिनको हृदय एकहोस ! मुलुकबासीको मन एकहोस ! मुलुकको रक्षाको लागि हे मुलुकबासी हो एक जुट भएर बस !

यस्तो राष्ट्र भावना ऋगबेदमा बिद्दमान भएकोले हाम्रा पूर्वजहरु पराक्रमी, बुद्धिमान, ज्ञान विज्ञानले युक्त र ओजश्वी थिए ! उनीहरुमा राष्ट्रिय भावना भरिएको थियो ! राष्ट्रिय भावना नभई राष्ट्रको रक्षा हुन् सक्दैन ! जसले राष्ट्र , समाज, संस्कृति , सभ्यता र राष्ट्र भावना बुझ्दैन उसमा राष्ट्र भक्ति पल्हाउदैन ! ” तेनास्मान ब्रह्मणस्पतेSभिराष्ट्राय वर्तय ” भनि राष्ट्रका नायक (नेता ) हरुलाई अभ्यर्थना गरिएको कुरा प्रष्ट संग बुझिन्छ ! साशक र साशित दुबैमा तारतम्यको अभाव भएको बर्तमान कालमा साशक बर्गले ब्यबहारिक पक्षलाई अँगालो हाल्न नसक्ता अशंतुष्टिको ज्वार भाटा चुलिंदै जानु निश्चय पनि शुभ संकेत होइन !


Write A Suggestion

%d bloggers like this: