नेपाललाई हिन्दू अधिराज्य घोषणा गर्नु किन जरुरी छ त ?


11110870_902856743091149_475208476606979902_n

१) महा प्रलयकालमा मनुको डुंगा बग्दै जाँदा यस ब्रह्माण्डको उच्च ठाउ सगरमाथामा ठोकिंदा ब्रह्माजीले तत्कालिन समयमा मानसी शृष्टि मानसरोबरमा बसेर गरेका थिए ! त्यसकारण हिन्दूहरुको उद्गम थलो नेपालनै हो !

२) लोमश ,श्रिंगी ,पराशर ,बेद व्यास आदिको जन्मभूमि तथा तपोभूमि नेपालनै हो !
३) हाम्रा चारै बेदका मन्त्र द्रष्टार ऋषिहरु नेपालकै थिए !
४) जनक जस्ता विदेह राजाको जन्मभूमि, अश्वपति र विराटराजाको जन्मभूमि नेपालनै हो !
५) जगत जननी सीता पनि नेपालकै छोरी हुन् !
६) याग्यबल्क्य , कहोल , आरुणी , धौम्य आदि ऋषि मुनि द्वारा नेपालकै भुमि गुन्जायमान भएको थियो !
७) विश्व प्रशिद्ध तिर्थस्थल – मुक्ति क्षेत्र ,बराह क्षेत्र , पाशुपत क्षेत्र नेपालकै भूमिमा अवस्थित छ !
८) शालिग्राम र रुद्राक्षारण्य नेपालकै देन हो !
९) नमुचि , शम्बर ,वर्ची, जनक ,अश्वपति , बिराट जस्ता राजा महाराजाहरुको दरवारले पनि नेपालकै भूमि सुशोभित गरेको थियो !
१०) विश्वको जन संख्याको त्रितियांशमा हिन्दू धर्मको शाखा बौद्ध धर्म फैलाउने बुद्ध पनि नेपालमै जन्मेका र हुर्केका थिए !
११) विश्वमा एक मात्र हिन्दू सम्बत्सर मान्ने मुलुक नेपाल मात्र हो !

प्राचिनकाल देखि नेपालको प्रसिद्धिका बिषय बस्तुहरु :-

१) नेपालको कम्बल “नेपाल कम्बलेनाथ -स्क. पु. ३०/४५
२) नेपाल महाक्षेत्र “नेपलाच्च महाक्षेत्रात -स्क. पु. ७९/१० (पशुपतिनाथको महत्व)
३) नेपाल शंकर क्षेत्र “नेपालम शाङ्करमक्षेत्रम -स्क. पु. हि. ख. १/१८
४) नेपालका तिर्थादी अनादिकालदेखि प्रसिद्ध “नेपाल जात तिर्थैस्च -स्क.पु.हि.ख.१/१९
५) शक्ति पीठहरुमा पनि नेपाल अग्रणी रहेछ “कामरुपम बाराणाशी नेपालम यो.हृ.त्. पृ. २०६/३७
६) नेपाल कस्तुरी मा पनि विश्व प्रसिद्ध रहेछ ” कामरुपोदभवा श्रेष्ठा नेपाली ह्यधमा भबेत – भा. प्र. नि. पु. ख. क. व.६
७) नेपाल धातु र कस्तुरीहरुको बर्णमा पनि प्रसिद्ध रहेछ ” नेपाली नीलबर्ण यूक – भा. प्र. नि. पु. ख. क. व.७

नेपालका साशकहरु :-
१) नेपालस्य काञ्चनाद्रि (कंचनजंघा) ब्रम्हपुत्र्यस्य संगम – यो. त. ११प.
२) महाभारत युद्ध भन्दा पहिलेनै नेपालका तात्कालिक किराँत साशकहरु प्रख्यात भै सकेका हुनाले महर्षि व्यासले भनेका छन् ” नेपाल बिशये ये च राजानस्तान बाजयत” – म. भा. ब . प्. २५४ अ ७
३)नेपालका किराँती राजाहरुको गौरब बर्णन गर्दै भनिएको छ – “अपितु हिमबद दुर्ग निलया: किरांता रणकर्कशा:” – म. भा. भी. प्. रा.सु. प्.३०/३२ अ
४) महाभारतको युद्धमा भागलिने किराँती राजा यलम्बर हाङ्ग थिए !

त्यसैले नेपालको गौरबमय इतिहाँस हजारौ हजार बर्ष पुरानो देखिन्छ ! नेपालको यत्रो ठुलो सत्ताको इतिहाँस जो आजसम्म लेखिएकै छैनलाइ कसैले ओझेलमा पारेर यसको हिन्दुत्व पहिचानलाई मेटाएर आफु खुशी गर्न खोज्यो भने अछ्म्य अपराध ठहरिने छ !


Write A Suggestion

%d bloggers like this: