नेपालको प्राचिनताका थप कुरा :-


प्रवीण अधिकारी———————

download (1)

नेपाल टुक्राउन खोज्ने र अश्मीता लुट्न चाहनेहरुलाई मृत्यु दण्ड देउ !!!

नेपालको प्राचिनताका थप कुरा :-

“ने” नाम्ना मुनिना पूर्वम पालनातपुण्य कर्मणा !
इदम हि हिमवत कुक्षौ नेपाल इति चोच्यते !!

नेपाल शव्द सिधै संस्कृतबाट आएको हो ! ” नेः पालः पालकः यस्य यत्र वा स नेपाल ! ने मुनि नै जसका पालक हुन् त्यो नेपाल हो ! याँहा उपपदक पाल रक्षणे चुरादि गणीय धातुबाट बनेको नेपाल शव्द हो ! आफ्नो नामलेनै आफ्नो इतिहाँस प्रष्ट्याउने शब्दका अगाडी भारतियहरुको झुण्डलाई नागरिकता बाँडेर भिख माग्ने बनाउदा पनि सहेर बस्ने हामी नेपालीहरु कस्ता ? खै मातृभूमि प्रतिको मायाँ र समर्पण !!!

हेर्नुहोस स्कन्द पुराण ७९ अध्याय :

ततो हि नेपाल इति प्रतिष्ठा देवा सुरैस्चापि हिं सर्ब्लोकै: !
देब्याः प्रसादा द्वारसंप्रलब्धो “ने” नाम दान्त प्रतपः कुतश्च !!

नेपाल शब्द को इतिहाँस लाखौ बर्ष पुरानो हो ! नेपालको इतिहाँस संग बिमति दर्शाएर नेपाललाई टुक्र्याउन खोज्नेहरुले पहिला लोमश ,पराशर ,नेमुनि ,ब्यास , राजा अश्वपति , राजा जनक आदि महापुरुष को काल गणना गरुन र नेपालको प्राचिन इतिहाँस पत्ता लगाउन ! हावाको भरमा नकुदुन ! कश्मिर देखि कुम्भकर्णहिमाल सम्मको सेप र चेपको पुरातत्व खोतलुन अनि मात्र बोलुन !

अहिले कली सम्बत ५११५ बर्ष हो ! कली सम्बतको १३४५ बर्ष बित्दा जन सिंह राजाले तलेजु भवानीलाइ भित्र्याई ११ पुस्ता सम्म राज्य गरेका थिए ! कली सम्बतको ३६७६ बर्ष जाँदा श्री मत्स्येन्द्रनाथ नेपालमा ल्याइएका हुन् ! किरांत राजाहरुको पालामा ” जटेश्वरम समारभ्य योगे शान्तम नेपाल देशः ” भनेर नेपालको भौगोलिक सीमा निर्देश गरिनु त्यस्तै अर्को प्रसंगमा ” कश्मीरन्तु समारभ्य कामरुपातु पस्चिमे ” भनेर सीमा निर्धारण गरिएको नेपालको विशालता ,प्राचिनता र व्यापकता माथि प्रश्न उठाएर इतिहाँसको धज्जी उडाउने र छुट्टै देशको माग गर्ने मृत्यु दण्डका भागी हुन् !


Write A Suggestion

%d bloggers like this: