छेपारा र रंगहरु


नुमनाथ प्याकुरेल———————-

नेपाल वीर गोर्खालीहरुको वीरता र पौरखले निर्माण गरेको अखण्ड राज्य राष्ट्र हो। गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहले, महारानी चन्द्रप्रभावती तथा आम नागरिक, विसे नगर्चीको प्रेरणा पाएर, राज्य एकिकरण सुरु गरे जसको परिणाम स्वरुप आज संसारमा गर्वका साथ हामी नेपाली भनि परिचय दिन सक्ने भएका छौं। विधर्मी आयातित सिद्वान्त तथा प्रतिमानका बाहकहरुको भ्रममा परेर हाम्रा गौरव तथा कृति ओझेल पारेका पक्कै हुन् तर काम नलाग्ने र खिया लागेका पक्कै छैनन्। भारतवर्षमा कहलिएक हिन्दु सम्राटहरुमा अग्रणी स्थानमा पर्ने, हामीले सगौरव स्वामित्व लिन सक्ने, इतिहासको यस्तो गौरवशाली व्यक्तित्व तथा कृतित्वलाई केहि दलविशेषका संकिर्ण विधर्मी आयातित प्रतिमानका बाहक कथित विद्वानहरु तथा स्वार्थी राजनीतिक नेतृत्व जसले यि र यस्ता पात्र तथा घटनालाई सम्मान र ग्रहण गरे वर्तमान नियन्त्रित संकृमणकाल समाप्त हुने, क्षणिक तथा स्वार्थी राजनीति संकटमा पर्ने डर ले नै आत्मसाथ गर्न हिचकिचाएको देख्दा उदेक लागेर आउँछ।
विभिद जातजाति, धार्मिक, सांस्कृतिक, प्रदेशिक पहिचानका मानिस ससम्मान, सहृदयपूर्ण वस्ने मौलिक रैथाने अभ्यास नै राज्य राष्ट्र हो। शव्दको बनोट बाटनै के प्रमाणित छ भने, राज्य अथवा राष्ट्र निर्माणको आधार राष्ट्र अथवा राष्ट्रियता हाम्रो सभ्यतामा न कहिलै थियो न त्यो सिद्वान्त तथा अवधारण हाम्रालागि फलिफाप तथा लाभदायक नै रहने छ। हाम्रो सभ्यता त राज्य राष्ट्रको हो, जहाँ बिभिद भाषाभाषी, धार्मिक, सांस्कृतिक तथा प्रदेशिक नागरिकहरु आआफ्नो पहिचान तथा आत्मसम्मानका साथ सहृदयतापूर्वक मिलेर बसेका हुन र भोलि पनि मिलेरै बस्नेछन्। राष्ट्र, राज्य पुनसंरचनाको प्रार्थमिक आधार युरोपियन सभ्यता हो। युरोप आर्थिक रुपमा आज सम्वृद्द छ भन्दैमा त्यसलाई स्वीकार गरिहल्नु पर्दछ भन्ने छैन। त्यहाँको विशिष्ट जनसंख्याको वनोट तथा सामाजिक संरचनाका लागि त्यो लाभदयक तथा हानिकारक जे होस, त्यो बिश्लेषणको अर्को पाटो हो। खास कुरो त के हो भने, सिद्वान्त माटो सुहाउंदो तथा तत्कालिन समस्याको समाधानमा सहायक तथा दीर्घकालिन सहि दिशानिर्देश दिने किसिमको हुनु पर्दछ।
तत्कालिन तथा प्राचिन नेपाली समाजमा कुनै एक जात, धर्म, वर्ण, संस्कृति तथा भाषाको आधारमा आत्मसम्मान, सद्भाव, प्रेम र सहृदयता थियो, कुनै विभेद, शोषण थिएन। एकीकरण र एकीकरण पश्चात पनि राज्यराष्ट्रको सिद्धान्तलाई शिरोधार्य गरियो। जितको उन्माद पृथ्वीनारायणमा हुदोहो त काठमाण्डौ उपत्यका बिजय पश्चात देशको नाम गोरखा राख्थे तर उनले आफ्नो गोरखा पहिचान त्यागेर नेपालको पहिचान स्वीकार गरे। आफ्नो जन्म, पौरखी, प्रेरणा, तपस्या, कुलदेवताको भूमि छोडी संस्कार र सभ्यतानै नमिल्ने काठमाण्डौमा आफ्नो राजधानी सारे। विजयी भूमिको सर्वत्र अपमान गरिएको इतिहास छ तर पृथ्वीनारायण शाहले काठमाण्डौको मौलिक रैथाने भाषा, धर्म, संस्कृति, परंपरा कायम राखे तिनको स्वाभिमान र पहिचानमा आँच आउन दिएनन्।
उपत्यकाका चाडपर्व, रीतिरिवाज, मठमन्दिर तथा नेवार संस्कृतिलाई उनले आफूमा मिलाएनन् बरु आफू त्यसमा समाहित भए। मिलाऊ र बनाऊ भन्ने नीतिका अनुयायी थिए उनी त्यसकारण काठमाडौँ उपत्यकाको परम्परागत स्थानीय धर्म, संस्कृति र स्थानीय धरोहर रक्षकका रुपमा रहेको शाक्य नेवार पुत्री “कुमारी” लाई ढोग्न जानेदेखि स्थानीय बज्राचार्य, लामा, धामी, झाक्री, गुम्बा, मठ, मन्दिर आदि सबैलाई पृथ्वीनारायण शाहले सम्मान गरे।
वडामहाराज पृथ्वीनारायण शाह स्वराष्ट्र, स्वधर्म, स्वाधीनता तथा आन्तरिक धार्मिक–सांस्कृतिक विविधताका घोर समर्थक भएकालेनै सम्पूर्ण नेपाल संस्कृतिक, आर्थिक, भौगोलिक सामाजिकरुपमा एक भयो र त नेपालीमात्रको प्रतिनिधि शहर काठमान्डु उपत्यका रहनगयो। परम्परा र भावना कसैले मारेर मर्दैन, थिचेर थिचिदैन। जसरी भएनी बाहिर निस्केरै छाड्छ। नेपाल र नेपालीत्वको एकीकृत बिस्तारलाई महत्वदिई गोर्खाली राजा भएर जन्मथलो गोरखा र गोरखाली भावनालाई तिलाञ्जली दिने वडामहाराज पृथिवीनारायण शाहलाई नमन।
आधुनिकता र उदारताका नाममा जरो वा मूल अन्यत्रै भएका चाहिने नचाहिने मान्यता, अवधारणा, सिद्वान्त तथा संस्कारको स्विकार्दा स्वीकार्दै समय र परिस्थिति कहाँ बाट कहाँ पुग्यो। आज नेतृत्व, दल तथा दलका कार्यकर्ता पनि शक्तिकेन्द्रले नै पालिदिन्छन्। तिनले जे चाहे, त्यहि यहाँको संसद वाट निर्णय गराउन सक्दछन्। यदि अटेर गरेर तिनको ईसारा उलंघन गरे, सरकार ढाल्ने, मूलधारका ठुला दलहुन् या परिधिका साना दल फोड्ने, जोड्ने, ध्रुविकृत गर्ने, संसदवाट सांसद गायब गराउन, दल अदलवदल गर्न, आफ्नै देश विरुद्ध युद्ध तथा नाकावन्दि समेत गर्न र गराउन सक्ने हैसियत आज सम्म कायम राखेका छन्।
राम्रा नराम्रा विधि र संस्कार, सर्वसाधारणले ठूलावडा बाटै सिक्ने हो। सबै दलका नेतृत्व, नेता, कार्यकर्ताको घृणा, हिंसा, नकारात्मक, बहिस्कार, धारेहात, सिन्डिकेट तथा गुटवन्दीको फसल फष्टएको बेला संसार झुटो र घृणायूक्त नै देखिन्छ। हामी यति उदार छौं कि, छिमेकी मुलुकका प्रधानमन्त्रीले हाम्रो संविधानसभामा उभिएर “नेपाल एक सार्वभौम सत्ता सम्मपन्न राष्ट्र हो भन्दा गडडड ताली पिट्छौं,” दूरदराजका राष्ट्रपतिलाई निर्वाचित भएकोमा शुभकामना दिन्छौं, आफ्ना छोराछोरी सहित आफू क्रिसमसमा सान्टाको कपडा लगाएर सेल्फि खीच्छौं र सगौरव सामाजिक संजालमा पोष्टगर्दछौं। हामिले चाहेको धेरै लाईक कमेन्ट हो या परसंस्कृति ग्रहण अथवा स्वपहिचानको त्याग। सहजतामा उदार बनेर आफ्ना साथिभाई, आफन्त उस्तै परे जन्मदिने बाबाआमालाई ईद मुवारक भन्छौ तर जटिलतामा सिमा सुवेदी तथा ‌ऋतिक रोशन जस्ता पात्रता प्रती विश्वव्यापी रुपमा आक्रोश पोख्दछौं। एक हिन्दुले अर्को हिन्दुलाई इद मुवारक अथवा कृष्मसको शुभकामना दिनेकार्य नसुहाउने कुरा हो। हिन्दुले हिन्दुलाई नै, इद मुवारक अथवा कृष्मसको शुभकामना दिने हैन, यदि मुस्लिम तथा कृष्चियनले शुभकामना व्यक्त गरे ग्रहण गर्ने विषय हो। अति गरे खति हुन्छ। यौटा चेतनशील आम मुस्लिम, कुनै पनि गैरमुस्लिम व्यक्तित्वले भोजमा वोलाओस, ऊ संस्कारमा यसरी अडिएको छ कि, हलाल नगरेको मासु स्वीकार्दैन। त्यसैगरी कुनै पनि मुस्लिम गरिव तथा सिमान्तकृत अर्को मुसलमानको भोज निम्तो अश्वीकार गर्दैन। हामी हिन्दु राजनीतिक रुपमा शक्तिशाली तथा आर्थिक रुपमा सम्पन्न शिल्पीसंग समान व्यवहार गर्दछौं तर गरिब शिल्पीको अपमान/घृणा गर्दछौं। भनाईको तात्पर्य फलेको वृक्ष नुहेको सुहाउंछ तर खालि भाँडो घोप्ट्याएर दिने के हो कुन्नी? सानाकुरामा हौसने तथा सानै कुराले निरास हुने प्रवृति सहि हैन। त्यसैगरि साना कुराले कसैलाई देवत्व ठान्ने तथा सानै कुराले दानत्व मान्ने दुबै प्रवृति गलत हुन्।
जव हाम्रा आदर्श र अनुकरणीय राजनीतिक व्यक्तित्व, आफ्ना बाबुआमा मर्दा किरिया नगर्ने, आफ्नो धर्म, संस्कार, संस्कृति, रीति, रिवाज तथा परम्परा वहिस्कार गर्ने, आर्थिक अनुदान तथा सहयोग लिएर विधर्मी धर्म, संस्कृति तथा संस्कार प्रोत्साहन गर्ने तर आफ्ना धर्म, संस्कृति तथा मान्यताहरु बहिस्कार गर्ने कार्य सामान्य हैनन्। यस्ता विधर्मि, व्यभिचारि तथा छेपाराको जस्तो रंग फेर्ने नेतृत्वले अन्य धर्मवालम्वीहरुको बिचमा, तिनहरुकै भेषभुषामा पुगेर फुस्रो शुभकामना दिदा संस्कार, परंपरा, रितिरिवाज, भेषभुषामा दृढ समुदाय त्यस्तो उडन्ते चाल देखेर कति हाँस्नु।
सवैका साझा मालिकलाई नेतृत्वले धनुष्टंकार नमस्कार गर्दै लम्पसार परेर नेपालीहरुलाई कष्ट र सकस दिई तीनका राजनैतिक धर्म पिताको काठमाण्डौमा स्वागत सत्कार गर्न दुर्गम कर्णाली अञ्चलको स्कूल समेत बिदा दिन पछि परेनन्। यति गरेवापत आफ्ना धर्म पिताबाट जागिरको ग्यारन्टी र आशिर्वाद आजका मिति सम्म पाएकै होलान्। राज्यकोषको खर्च दुरुपयोग गरेर, आफ्नो पदिय मर्यदा उलंघन गरेर तथा प्रभुको आशिर्वादमा विदेशमा आफ्नो ग्रिनकार्ड तथा छोराछोरिको स्थायी वसोवासको परिचयपत्र बनाई, आफ्नो दाल गलुन्जेल तथा सत्ता र शक्तिमा आफ्नो प्रभाव रहुन्जेल मात्रै हो, आखिर तीनलाई किन चाहियो देश नेपाल ?
सिद्धान्त तथा शभ्यताको आधार तथा केन्द्र आफैमा राखेका हाम्रा पुर्खा, संसार भरि सिंहको जस्तो आन, वान तथा सान कायम राखी, आफू भरिएर अरुको पोल्टोभर्न संसार हिड्थे। आज राजनीतिक आधार तथा केन्द्र अन्यत्रै राखि, क्षणिक लाभ र स्वार्थ बाट प्रेरित भएर राजा देखि रंकसम्म पहुँच पुगेकाले लुटेर र पहुँच नपुग्नेले मागेर खाने संस्कृति र संस्कार संस्थागत भएको छ। गलत सिद्धान्त र प्रतिमान सिक्ने र जवरजस्त अभ्यास गर्ने संस्कार र पद्धति चलिरहेको छ। राजनीतिको केन्द्रमा बसेका स्वाँठ तथा शक्तिको वरिपरि बसेर चाकडी गर्ने हनुमानगणलाई समाजको यस्तो संवेदनशील अवस्थाले खासै असर परेको छैन किनकी तिनिहरु यता बाट लुट्न नपाए उता र उता बाट लुट्न नपाए त्यता जान स्वतन्त्र छन्। अझ तथाकथित लोकतान्त्रिक निर्वाचनका दौरानमा यस्ता हर्कत स्वभाविक हुने गरेका छन्।
कुन ऐतिहासिक आवश्यकता पुरा गर्न गणतन्त्र, कुन बाध्यताले संघियता तथा कुन अनिवार्यताले धर्मनिरपेक्षता नेपाल र नेपाली जनतामा लादिएको हो? जनतालाई अधिकार सम्पन्न तुल्याउन ल्याइएको हो भने जवाफदेहिता तथा उत्तरदायित्व ग्रहण गर्नु पर्यो। केही दलका नेतृत्व तथा नेता घृणाको विज रोपेर, सिन्डिकेट तथा भागवण्डा संस्थागत गरेर पराई प्रतिमान लागु गर्न न्यायिक उन्मुक्ती खोहिरहेका छन्। राज्यसंचालनको मौलिक रैथाने सिद्धान्त तथा प्रतिमान स्थापित गरि अक्षरस पालना गर्ने हो भने गणतन्त्र वा राजतन्त्र गौण हुन्छ। क्रान्ति तथा सर्वसाधारणको बलिदान सत्ता आरोहणको कोशेढुंगो बनाएर दुनियांको आंखामा छारो हाल्ने हो भने संघियता त गणतन्त्र लाद्ने मध्येकाले जवाफ दिनु पर्ने आवस्यकता बढ्दै गएको छ।
कसको दिर्घकालिन योजना पुरा गर्न स्वाँठहरु धनुष्टंकार लम्पसार भएका रहेछन् खुल्दै छ। राष्ट्रिय आवश्यकता एकता, सहृदयता, प्रेम र सद्भाव् हो तर व्यक्तिगत तथा संस्थागत भ्रष्टचार र अपराधको ढाकछोप गर्न एक पछिअर्को गल्ती गर्दै गल्तिको पहाड बनाईसकेका नेतृत्व आफ्ना कालो कर्तुत ढाकछोप गर्न कसरी र कुन हद सम्म राज्यसम्यन्त्र तथा अख्तियारको दुरुपयोग गरिरहेका छन् भन्ने कुराको प्रमाण त पछिल्लो राजनीतिक घटना क्रमले प्रष्ट परिरहेका छन्। अख्तियार प्रमुखमा यहि व्यक्ति हुनुपर्दछ, अर्को हुनुहुदैन। मुख्य सचिव, सचिव, उप सचिव तथा प्रहरी प्रमुख यहि हुनुपर्दछ, आर्को हुनुहुदैन, सर्वोच्च अदालत बाट यहि निर्णय हुनु पर्दछ अन्य निर्णय गर्न मिल्दैन तथा सानातथा ठूला कर्मचारिको सरुवा तथा बढुवा दलीय भागवण्डामा हुनुपर्दछ।
न्यायिक तथा प्रशासनिक नियुक्ति तथा वढुवा दलीय भागवण्डामा गर्ने अनि परिणाम चाही विश्वव्यपी लोकतान्त्रिक ढाँचाको खोजेर पनि हुन्छ? यी र यस्ता हर्कतहरु राजनीतिक अपराधीकरणका साधक हुन्। सवैको आत्मसम्मानको रक्षा गर्ने, विधिको शासन स्थापित गर्ने, शुसासनको प्रवर्धन गर्ने, मौलिक रैथाने विधी र पद्धती संस्थागत गर्ने, प्रेम, सद्भाव तथा सहृदयता उचो राख्नसक्ने, विभीदता कायाम राखि स्वधर्म, स्वसंस्कार, स्वसभ्यता अभिवृद्धि गर्न पौँजा फिँजाएर विश्व विजय गर्ने कि बोइलर कुखुरोझैँ मर्ने रोजाई आआफ्नो हो। प्रतिकात्मक रुपमा प्रयोग गरिएका शव्दको अर्थ गलत नलागोस ज्ञान र कर्मले विश्व विजय गर्ने हो, बम र बारुदको विजय दिगो हुदैन भन्नेकुरो इतिहासले प्रमाणित गरेको छ।
उदारवाद भन्दै चाहिने नचाहिने विधर्मी सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक पद्धतिको अवलम्वन गर्दै जांदा, हामी विसंगति र बिकृतिको यति गहिरो खाडलमा जाकिएका छौं कि, सूर्यका अप्रत्यक्ष किरणहरुले बनेको उज्यालो नै खास उज्यालो हो र बाहिर बाट खाडलमा परेका बस्तुका छाँया नै, खास बस्तु हुन् भनि विश्वस्त भएर बसेका छौं। यदि कसैले त्यो त बस्तुको प्रतिछाया मात्रै हो, खास बस्तु त खाडल बाहिर छ भनि कसैले साक्षतकार गराउन खोज्यो भने तीन भीत्ता उफ्रेर कि त्यसलाई भौतिक कार्वाही गर्छौं कि ठगको संज्ञा दिएर अपमान गर्दछौं। गलत सिद्धान्तले गलत गर्न नै प्रेरणा दिन्छ, कागतीको बोटमा गुलियो आँप कहिलै फल्दैन।
यधपी चलन चल्तीका मूलधार तथा परिधिकका तथाकथित पहिचानवादी कपू (कम्यूनिष्ट-पूँजिवादी) दलहरु र तिनका कार्यकर्ता एउटा गलत कामको ढाकछोप अर्को गलत कार्यले गर्दै छन्। जसको परिणाम गलत प्रतिमान समाजमा स्थापित भए जसको मापदण्डमा जति सुकै न्यायिक तथा लोकतान्त्रिक कार्य पनि कपुको प्रतीकुल भए अश्विकार्य हुने तर तिनको अनुकुल हुंदा जतिसुकै अलोकतान्त्रिक तथा प्राकृतिक नियमको विपरित भए पनि कुतर्क र पुर्वाग्रह राखी जवरजस्ती मान्ने र मनाउने नियम नै स्थापित भएको छ।


Write A Suggestion

%d bloggers like this: