वेदलाईनै ईश्वरीय ज्ञान मान्नु पर्ने कारण !!!


प्रवीण अधिकारी 

**************************************

1618598_451471695059338_8596204596215719266_n

ईश्वरीय ज्ञानको कुरा गर्दा एउटा प्रश्न तेर्सिन्छ – यस संसारमा प्रत्येक धर्म अपनाउने मान्छे आ आफ्नो धार्मिक पुस्तकलाइ ईश्वरीय ज्ञान भन्छन ! ईसाई मतले बाइबललाई , इस्लाम मत भएकाले कुरानलाई , पारसी मत भएकाले जेंदा अवेस्तालाई र सनातन हिन्दूले वेदलाई ! यस्तो अवस्थामा कुन चाहीं ग्रन्थ ईश्वरीय ग्यान हो भन्नेकुरा सबैकोलागि कौतुहलको बिषय हो !

कुनै पनि मतको धर्म ग्रन्थ तिनको अनुयाईहरुकै संख्याको कारणले मात्र ईश्वरीय ज्ञान मानिन सक्दैन ! तिनले गरेको दावीको परीक्षा नगरी स्वयम् त्यसमतका अनुयायीहरुले पनि मान्न नसक्लान ! यस ब्रह्माण्ड्मा ईश्वरीय ग्रन्थ एउटा मात्र हुन् सम्भव छ अरु हुन् सक्दैन ! ती सबै पन्थ हुन् , मान्छेको स्व रचना हुन् ईश्वर कृत हुनै सक्दैन ! आउनोस एकछिन वेदको ईश्वरीय ज्ञान सम्बन्धमा पुष्ट्याई गरौँ ! –

१. ईश्वरीय ज्ञान सृष्टीको प्रारम्भमै ईश्वरले उपलब्ध गराएका थिए भने मानव उत्पत्तिको हजारौँ वर्षपछि अनेक भाषामा उपलब्ध गराउनुको कारण के ?
=========================================================
परमेश्वर सबै मानव जातिका परम पिता हुन् ! हाम्रो सनातनीय मान्यतामा उनले सबैको कल्याण मात्र चाहन्छन भन्ने भावना व्याप्त छ ! ” वेद ” त्यस्तो प्राचिन र प्रारम्भिक ग्रन्थ मानिन्छ जसलाई ईश्वरले सृष्टीको प्रारम्भ कालमै अनेक उपायले मानव जाति सम्म पुर्याएका थिए ! मानब ईतिहांस र तथ्य हेर्दा बाइबल २००० वर्ष पुरानो , कुरान १४०० वर्ष पुरानो , जेंदा अवस्ता ४००० वर्ष पुरानो मानिन्छ ! जवकी ब्रह्माण्डमा मानव सृष्टी उपलब्ध प्रामाणिकतानै करोडौं बर्ष पुरानो भएको बैज्ञानिक प्रमाण छ !

कुरो जे सुकै होस् मान्छेको श्रिश्टि भएपछी उसलाई चाहिने ज्ञानको आपूर्ति वेदको माध्यमले दिएको कुरो यथार्थ हो ! यहि कुरालाई स्वीकार्दै म्याक्स मूलर (MaxMuller) ले समेत आफ्नो पुस्तक धर्म विज्ञान (Science of Religion) भने पुस्तकमा “यदि आकाश र धरतीका रचियता ईश्वर हुन् भने मूसा जन्मिनु भन्दा लाखौँ वर्ष पूर्व जन्मीएका आत्माहरुको ज्ञान , तर्क र धर्मको अध्ययन गर्ने ग्यान परमेश्वरले मानव सृष्टीको आरम्भमै मान्छेलाई दिदै आए भनि रहने थिएनन ! वेद बाहेक अन्य कुनै पनि ग्रन्थ सृष्टी कालमा थिएन ! यस अर्थमा वेदनै ईश्वरीय ज्ञान हो अन्य कुनै होइन !

२. ईश्वरीय ज्ञानको पुस्तकमा /ग्रन्थमा कुनै देशको भूगोल र इतिहास हुनु हुदैन :
======================================================

ईश्वरीय ज्ञानको धर्म पुस्तक संपूर्ण मानव जातिकोलागि हो ! कुनै देश विशेषको भूगोल या इतिहास संग सम्बंधित हुने चिज होइन ! अब यस मान्यतालाई अघि सारेर कुरानलाई पढ्यौं भने त्यसमा बिशेष गरी अरब देशको भूगोल र मुहम्मद साहेवको जीवन चरित्र भेट्छौं उता बाइबल हेर्यौं भने प्यालेस्टाइन (Palestine) देशको भूगोल र यहुदिहरुको (Jews) जीवन चरीत्र भेट्छौं ! यस बाट के कुरो प्रष्टिन्छ भने ईश्वरले कुरानको रचना अरब देशको लागि र बाइबलको रचना प्यालेस्टाइन देशकोलागि मात्र गरेका रहेछन !

वेद कुनै देश विशेष या जाति विशेष अथवा व्यक्ति विशेषको लाभकोलागि लेखिएको होइन तर बेद्को प्रकाश वा ज्ञान सम्पूर्ण मानव जातिकोलागि भएको हो ! यस अर्थमा बेदमात्र ईश्वरीय ज्ञान हो ! केहि पाश्चात्य विद्वान र केहि नेपाली विद्वान वेदमा इतिहासको कल्पना गर्दछन ! उनीहरुले के कुरा बिर्सिन्छन भने इतिहास त्यतिखेर लेखिन्छ जब केहि समय बितेको हुन्छ ! वेदको उत्पत्ति सृष्टीको आदि कालमै भयो भने त्यो भन्दा पहिलेको इतिहास हुने कुरो गरे मिल्दैन ! यस अर्थमा वेद ईश्वरीय ज्ञानको पुस्तक हो यसमा कुनै देशको भूगोल र इतिहास मात्र उल्लेखित छैन !

३. ईश्वरीय ज्ञान कुनै देश विशेषको भाषामा पर्नु हुदैन !
==================================
ईश्वरीय ज्ञान मान्छे मात्रकोलागि वा कल्याणकोलागि दीएको ज्ञान हो ! यसकारण यसको प्रकाश कुनै देश विशेषको भाषामा मात्र सिमित हुदैन ! कुनै देश विशेषको भाषामा हुँदा संकुचित हुन् पुग्छ र सम्बन्धित देशको मान्छेले मात्र त्यसको फाइदा पाउछन ! कुरान अरबीमा लेखिएको छ ! बाइबल इब्रानी (Hebrew) मा लेखिएको छ ! जबकि वेदको भाषा वैदिक संस्कृत हो जो यस ब्रह्माण्डको सृष्टीको प्रथम भाषा हो र सृष्टीको उत्पत्ति हुँदा अन्य कुनै पनि भाषाको अस्तित्व यस विश्वमा थिएन ! वेदको उत्पति वैदिक भाषामा भएको थियो ! त्यो भाषा तत्कालिन समयमा यस पृथ्वीमा रहने प्रत्येक मानवको सांझा भाषा थियो ! कालांतरमा संसारका सबै भाषाहरु संस्कृत भाषाकै स्वरुप अपभ्रंश हुँदै निस्के ! यसकारण यस संसारको वैदिक भाषा संस्कृतमै प्रकाशित भएको कारणले पनि वेद ईश्वरीय ज्ञानको ग्रन्थ हो !

४. ईश्वरीय ज्ञानलाई पटक पटक किन फेरी रहनु पर्छ ?
====================================
ईश्वर पूर्ण र सर्वज्ञ छन् ! उनले गरेको कुनै पनि काममा त्रुटी अथवा कमी हुन् सक्दैन !उनले आफ्नो सृष्टीमा जे जे रचना गरेका छन् तिनलाई परिवर्तन गर्नु पर्ने आवश्यकता आजसम्म परेको छैन ! जस्तो ईश्वरले सृष्टीको प्रारम्भिक कालमा प्राणीमात्रको कल्याणको लागि सूर्य र चंद्रमाको रचना गरे जसलाई आजको बिज्ञान र मानवले कुनै किसिमको खोट देखाउन सकेका छैनन् ! यसरीनै परमात्माको ज्ञानपनि पूर्ण हो त्यसमा कुनै प्रकारको परिवर्तनको कुनै जरुरी वा आवश्यकता छैन !

बाइबल भन्दछ परमेश्वरले आफुले गरेको गल्तिकोलागि पश्चाताप गरे ! ईश्वर भिन्न भिन्न समयमा आकाशबाट ओर्ले !त्यस्तै मुस्लमानहरु भन्दछन ईश्वरले पहिले जबूर, तौरेत, इंजीलको ज्ञान प्रकाशित गरे त्यसलाई निरस्त पारे र अंतिम पटक कुरान प्रकाशित गरे ! मेक्स-मूलर ऋग्वेदलाई प्राचिन ग्रन्थ भन्छन ! उनको भनाइमा परमात्माले अपूर्ण र अज्ञानी मान्छे जस्तो आफ्नो कुरो फेर्नु पर्ने कारण के ? बाइबल २००० वर्ष पहिले र कुरान १४०० वर्ष पहिले प्रकाशमा आयो !यसको अर्थ जो मान्छे २००० वर्ष पहिले जन्मी सकेको थियो उ ईश्वरीय ज्ञानहरुबाट अनभिज्ञ रह्यो र यसै अनभिज्ञताको कारण उसले कुनै पाप कर्म गरेको भए त्यो सजाय कसले पायो होला ?

यथार्थमा – ईश्वरको ज्ञान वेद मात्र हो जसलाई सृष्टीको आदिकालमै दिए जसमा परिवर्तन गर्नुपर्ने जरुरी भएन ! किनभने वेद पूर्ण छ र सृष्टीको आदि देखि अन्तसम्म मानव जातिलाई मार्गदर्शन गरी रहन्छ ! जसरी ईश्वर अनादी छन् त्यसरीनै ईश्वरको ज्ञान वेद पनि अनादी हो ! वेदको कुनैपनि सिद्धांत बदलिनु पर्ने आवश्यकता ईश्वरले महशुश गरेनन ! यसकारण वेदनै एकमात्र ईश्वरीय ज्ञान हो !

५. ईश्वरीय ज्ञान सृष्टी कर्म विरूद्ध हुनु हुदैन !
============================
ईश्वर सृष्टीका कर्ता हुन् र उनले रचेको सृष्टी क्रमबद्ध छ ! सर्वत्र एउटै व्यवस्था र नियमले काम गरिरहेको देखिन्छ ! जस्तो सूर्य पूर्वबाट निस्किनु पश्चिममा अस्ताउनु ! मान्छे जन्मिनु र मर्नु आदि आदि ! यो विशाल सृष्टी व्यवस्था चलाउन जुन नियम उनले बसाले त्यै नियमले आजसम्म सृष्टी सुचारू रूपले चलि रहेको छ ! यसकारण ईश्वरले दिएको ज्ञान ती नियमहरु विपरीत हुनै सक्दैन ! ईश्वरीय ज्ञान भनिने बाइबल र कुरान दुवै ईश्वरको सृष्टीक्रमको विरुद्ध उल्लेखित छ ! जस्तो बाइबल अनुसार ईसा मसीह मरियमको पेटबाट पुरुषको संयोग बिना उत्पन्न भए ! ईसा मसीहले मरेको मुर्दालाई जीवित गरे ! अन्धोलाई आँखो दिए ! औषधि विना रोग निको पारे ! कुरान अनुसार मूसाले एउटा ढुङ्गोमा डंडाले हिर्काउदा त्यहाबाट पानीको भेल निस्क्यो ! मुहम्मद साहिबले चन्द्रमालाई दुई टुक्रा बनाए , मुहम्मद साहिब मुर्दा केटीलाई जिउदो पारे ! अब यसरी सृष्टी क्रम विरुद्ध गरिएका काम र चमत्कारलाई ईश्वरको काम अथवा महिमाको रुपमा बताइदा यसलाई ईश्वरीय ज्ञान भन्न मिल्ला ?

६. ईश्वरीय ज्ञान विज्ञान विरुद्ध हुनु हुदैन !
==========================
अहिले विज्ञानको युग हो ! समस्त मानव जाति विज्ञानबाट लाभान्वित छ ! यस अवस्थामा ईश्वरीय ज्ञान पनि त्यहि हो जुन विज्ञान अनुरूप छ !जसमा मानव जातिको कल्याणका कुराहरु समाबेस छन् !जसरी सूर्य भौतिक प्रकाशको मूल हो त्यसरीनै ईश्वरको ज्ञान पनि विद्यारूपी प्रकाशको मूल हुनु पर्दछ !जुन धर्म ग्रन्थले विज्ञान विरुद्ध कुरो गर्दछ त्यो ईश्वरीय ज्ञान होइन ! बाइबललाई धर्म ग्रन्थ मान्ने पादरीहरुले ग्यालिलियो (Galilio) लाई जेलमा कोचे किनभने बाइबल अनुसार सूर्य पृथ्वीको वरीपरी घुम्छ ! गगिलियोले भनेका थिए पृथ्वी सूर्यको चारै तर्फ घुम्छ ! त्यस्तै बाइबलमा (Algebra) को वर्णन छैन त्यसकारण देवी हिओफियालाई पादरी सिरिलको आज्ञाले बेईज्ज़त गरिएको थियो ! उनी Algebra पढाउथिन ! कुरानमा पनि विज्ञान बिरोधी कुराहरु थुप्रै छ जस्तो यो पृथ्वी चेप्टो छ र स्थिर छ जबकि सत्य कुरो पृथ्वी गोलो छ र सधैं आफ्नो कक्षमा घुमी रहन्छ !

वेदमा औषधि ज्ञान (auyrveda), शरीर विज्ञान (anatomy), राजनिति विज्ञान (political science), समाज विज्ञान (social science) , अध्यातम विज्ञान (spritual science), सृष्टी विज्ञान (origin of life) आदि कुराहरु यत्र तत्र छ ! आर्यहरुको सबै दर्शन शास्त्र र आयुर्वेद आदि सबै वैज्ञानिक शास्त्रले वेदलाइनै आफ्नो आधार ग्रन्थ मान्दछ ! त्यसकारण भन्नै पर्छ वेद मात्र ईश्वरीय ज्ञान हो अन्य कुनै पनि ग्रन्थ होइनन !

७. ईश्वरीय ज्ञान ईश्वरका गुण-कर्म-स्वभाव अनुकूल हुनु पर्दछ !
========================================
ईश्वरीय ज्ञानको एउटा बिशेषता के हो भने त्यसमा ईश्वरको गुण-कर्म- स्वभाव विपरीत कुनै कुरो हुनु हुदैन ! ईश्वर सत्यस्वरूप, न्यायकारी, दयालु, पवित्र, शुद्ध-बुद्ध मुक्त स्वभाव, नियंता, सर्वज्ञ आदि गुणले विभूषित छन् ! ईश्वरीय ज्ञानमा ईश्वरको यी गुण विपरीतका कुराहरु हुनु हुदैन ! बाइबल, कुरान आदि धर्म ग्रंथहरुमा त्यस्ता धेरै कुराहरु छन् जो ईश्वरको गुण विपरीत देखिन्छन ! बाइवल र कुरानमा ईश्वरीय गुण-कर्म-स्वभाव बिपरितका धेरै कुराहरु समावेस भएको भेटिन्छ जो ईश्वरीय गुण-कर्म-स्वभाव अनुकूल नभएको देखिन्छ ! – प्रवीण

No automatic alt text available.

Write A Suggestion

%d bloggers like this: