व्याकरण भित्र हिन्दू


प्रवीण अधिकारी=============

1937180_451254538414387_1592972846500507365_n

हिन्दू शब्द वैदिक संस्कृत व्याकरणले तयार पारिदिएको लौकिक रूपान्तरण हो र यो वैदिक शब्द सिंधुबाट बनेको हो ! संस्कृतमा भएका प्रत्येक शब्दको उत्पत्ति हुनुको पछाडी एउटा विज्ञान रहेको छ ! जसलाई शब्द व्युत्पत्ति भनिन्छ ! जस्तो – “पत्नात त्रायते सा पत्नी” !

वैदिक व्याकरणमा शब्द उत्पत्तिको आधार ध्वनि ( नाद ) विज्ञान हो , ध्वनिको उत्पत्ति, उद्गम, आवृत्ति, ऊर्जा आदिको आधारमा ध्वनि परिवर्तन भएर समानार्थी वा नयाँ शब्दहरु बन्द्छन ! जसरी सरित(नदी) शब्दको उत्पत्ति हरित शब्द बाट भयो ! “हरितो न रह्यॉ”( अथर्ववेद २० .३० .४ ) को व्याख्या गर्दै निघंटु भन्दछ “सरितों हरितो भवन्ति”॥ वैदिक व्याकरण लाई प्रश्ट्याउदै निघंटु नियम उल्लेख गर्दै भन्दछ “स” धेरै ठाउँमा “ह” ध्वनीमा परिवर्तित हुन् पुग्छ ! जसले गर्दा धेरै ठाउँमा “स” लाई “ह” र “ह” लाइ “स” लेखेको भेटिन्छ !भाषाविज्ञान मा दखल भएका प्रत्येक ब्यक्तीलाई थाहा छ भारोपेली “ इंडो-यूरोपियन ” परिवारमा रहेका सबै भाषाहरुको उत्पत्ति संस्कृतबाटै भएको हो अथवा संस्कृतको कुनै पूर्व प्रारूपबाट !

सरस्वतीलाई हरस्वती- “तं ममर्तुदुच्छुना हरस्वती” (ऋग. २ ।२३ ।६ ),
श्री लाई ह्री- “ह्रीश्चते लक्ष्मीश्च पत्न्यौ” आदि-आदि॥

यस प्रकार हिन्दू शब्द वैदिक सिंधु शब्दको उत्पत्ति हो किनभने सिंधु शब्द हिंदुहरुको सम्बोधनको रुपमा विदेशीहरुले गरेको नभई वैदिक सम्बोधनको कारणले भएको हो ! जस्तो – “नेता सिंधूनाम” (ऋग ७ .५ .२ ), “सिन्धोर्गभोसि विद्दुताम् पुष्पम्”(अथर्व १९ .४४ .५ )

हिन्दुहिन्दूश्च हिंदव:”
=============
हिन्दू शब्द धेरै पहिले देखि प्रयोगमा छ ! प्राचीन शब्दकोषहरु रामकोश, मेदिनीकोश, अद्भुतकोष, शब्दकल्पद्रुममा हिन्दू शब्द प्रसस्त प्रयोग गरिएको छ ! जस्तो – “हिन्दुहिन्दूश्च हिंदव:” (मेदिनी कोश) ! पछिल्लो पटक चीनी यात्री ह्वेनसांगले पनि आफ्ना यात्रा वृत्तान्तमा हिंदुस्थान शब्द प्रयोग गरेका छन् ! प्राचीन ग्रन्थ बृहस्पति आगममा हिन्दू शब्द को प्रयोग ब्यापक अर्थमा गरिएको छ ! हिमालय देखि इन्दु सागर (हिन्द महासागर) को क्षेत्रको रुपमा परिभाषित छ !

हिमालयात् समारंभ्य यावत् इन्दु सरोवरम्।
तद्देव निर्मितम् देशम् हिंदुस्थानम् प्रचक्षते॥

अर्थात, उत्तर हिमालयदेखि दक्षिण इन्दु सागर (हिन्द महासागर) सम्मको क्षेत्रमा देव निर्मित देश हिंदुस्थान भनेर देखाइएको छ !

वास्तवमा आर्य शब्द हिन्दू जातिको विशेषण हो ! वेद र पुराणहरुमा यसै अर्थमा प्रयोग गरिएको छ ! हिन्दू वीर वीरांगनाहरुले पनि आफुलाई आर्य पुत्र , आर्य-पत्नी भनेर संबोधित गरेका छन् ! हामीलाई पढाइएको इतिहास हाम्रो गौरव नास्ने अस्त्र हो ! हिन्दू शब्दनै सम्पूर्ण विश्वमा हाम्रो परीचय हो ! हाम्रो ज्ञान , हाम्रो गौरव , हाम्रो प्राचीनता हाम्रो अमर संस्कृतिको धरोहर हो !

आर्यहरुको आदि देश :-
=============
त्रिविष्टप अर्थात ‘तिब्बत’ (Tibet)मा मान्छेको आदि श्रिश्टि भएको मानिन्छ ! श्रिश्टी कालमा मान्छेको एउटा मात्र जाती थियो ! पश्चात ‘विजानह्याय्यान्ये च दस्यव:’ यो ऋग्वेद को वचन हो ! श्रेष्ठजातीहरुलाई आर्य, विद्वानहरुलाई देव र दुष्टहरुलाई दस्यु अर्थात डाकू, मूर्ख भनि अर्थ्याइएको हुँदा आर्य र दस्यु यी दुइनै मुख्य जातिको रुपमा चिनिन्छन !‘उत शूद्रे उतार्ये’ अथर्ववेद वचन ! आर्यहरुमा पूर्वोक्त भनाई अनुसार ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र चार भेद देखिए ! मूर्खहरुको नाम शूद्र र अनार्य अर्थात अनाड़ी तथा विद्वानहरु भनि खुट्याइयो ! आर्य र दस्युमा अर्थात विद्वान (देव) र अविद्वान (असुर), निरन्तर लड़ाई झगडा हुन् थालेपछि आर्यहरु याँहा आएर बसेका हुन् !त्यसैले यस क्षेत्रलाई ‘आर्यावर्त’ (आर्य + आवर्त) आर्यहरुको केन्द्र स्थान हुन् पुग्यो ! हिमालय, विन्ध्याचल, पूर्व र पश्चिम समुद्रले घेरिएको ठाउँलाई आर्यावर्त भनियो ! कसै कसैको मतमा आर्यहरु ईरानबाट आएको भनिन्छ ! तर कुनै पनि संस्कृत ग्रंथ वा इतिहासमा आर्यहरु ईरानबाट आएको उल्लेखित छैन ! मनुस्मृतिमा आर्यावर्त बाहेक अरुदेश्लाई दस्यु र मलेच्छदेश भनिएको छ !

वेद भित्र आर्य
=========

मनुष्य, पशु, पक्षी, वृक्ष आदिका अनेक जाती र प्रजाती छन् ! जुन जीव जन्तुको उत्पत्ति एकनासको हुन्छ ती जाति एउटै प्रजातीका हुन् ! यसकारण मान्छे एक जाती हो ! जातिगत रुपमा मान्छेमा कुनै भेद छैन ! तर गुण, कर्म, स्वभाव ,व्यवहार आदिकुरोमा भिन्नता छ ! कर्म को हिसाबले मनुष्यजातिमा दुई भेद देखिन्छ !
१ आर्य
२ दस्यु !
यी दुइ सहोदर दाजु भाइ हुन् सक्लान ! वेदले भन्छ “विजानह्याय्यान्ये च दस्यव:” अर्थात आर्य र दस्युहरु सम्बन्धी विशेष ज्ञान सबै मान्छेले राख्नै पर्दछ ! निरुक्तले आर्यलाई सच्चा ईश्वर पुत्र भनि सम्बोधन गरेको छ ! वेद मंत्रहरुमा सत्य, अहिंसा, पवित्रता आदि गुणहरु धारण गर्नेलाई आर्य भनिएको छ र सारा संसारलाई आर्य बनाउने संदेश दीएको छ ! वेद भन्छ “कृण्वन्तो विश्वमार्यम” अर्थात सारा संसारलाई आर्य बनाउँ ! वेदमा आर्य (श्रेष्ठ मनुष्य) हरुलाई भुमि दान गर्ने कुरो उल्लेख छ – “अहं भूमिमददामार्याय” अर्थात म आर्यहरुलाई यो भूमि दिन्छु ! यसको अर्थ के हो भने आर्यहरु परिश्रम गरी आफ्नो कल्याण गरेर परोपकार वृत्ति अंगाली अरुलाई पनि लाभ पुर्याउने हुन्छन भन्ने मानिन्थ्यो भने दस्युहरु दुष्ट र स्वार्थी भएका कारण सबै प्राणिहरुलाई हानि पुर्याउने हुन्छन भन्ने मान्यता राखिन्थ्यो !

रामायणमा आर्य
============
बाल्मीकी रामायणमा भगवान श्री रामलाई आर्य’ व “आर्यपुत्र” भनिएको देखिन्छ ! विदुरनीति मा धार्मिक जनलाई , चाणक्यनीतिमा गुणीजनलाई , महाभारतमा श्रेष्ठबुद्धि भएका श्रीकृष्णलाई “आर्यपुत्र” तथा गीतामा वीरलाइ ‘आर्य’ भनिएको भेटिन्छ !“श्रेष्ठ स्वभाव, धर्मात्मा, परोपकारी, विद्या बुद्धीले युक्त आर्यावर्त देशमा परापूर्व कालदेखि रहेका आर्य हुन् !”

आर्यहरुको तानातान
==============
संस्कृत भाषामा ‘आर्य’ को अर्थ हो ‘कुलीन र सभ्य’ ! हामी “आर्य” हौँ , “आर्यावर्त” हाम्रो मूल स्थान हो ! त्यसकारण इतिहारकार म्याक्समूलरले हिन्दू र यूरोपीय (भारोपेली परिवारको ) भाषा बोल्नेहरुको नाम “आर्य” राखे !
हठ, दुराग्रह वा स्वार्थ त्यागेर सत्य अपनाउन सक्यौं भने हाम्रो कल्याण होला नत्र फारसी भाषामा हिन्दू शब्दको अर्थ काफिर चोरको रुपमा गरिएको ब्याख्या सुन्दै बस्नु पर्नेछ ! किनभने फारसीमा आगन्तुक भएर छिरेका संस्कृत शब्दहरुमा पनि “स” को ठाउँमा “ह” प्रचलित हुन् पुगेको छ ! हुनसक्छ संस्कृत व्याकरणको माथि उल्लेख गरिएको नियमले फारसीमा पनि आफ्नो स्थान बनाउन पुग्यो होला ! यूरोपीयनहरुले त्यै नाम खुबै मन पराए अनि सबै यूरोपवाशीले आ आफ्नो देशहरुलाई प्रचीन आर्यहरुको जन्मभूमि बताए ! हिटलरले प्राचीन आर्यहरुको जन्मभूमि जर्मनी हो भन्यो ! हिटलरले आर्यको अर्थ शुद्ध नश्लको मान्छे भनेर बतायो ! गोरो छाला , लामो शरीर कैलो आँखा ,सुनौलो कपाल भएको प्रश्ट्याउदै जर्मनहरुनै सर्वोच्च र सर्वशक्तिमान नश्लका हुन् भनेर औल्यायो ! ब्रिटिशहरुले पनि उपनिवेश तन्त्रलाई बलियो तुल्याउने गरी आर्यको अर्थ लाए ! आफुलाई उच्च कोटिको दर्याए !

आर्य शब्दको प्रयोग पहिला संपूर्ण मानवकोलागि गरिन्थ्यो ! आर्यहरुले आफ्नो सामाजिक व्यवस्थाको आधार वर्ण बनाएपछि समाज चार वर्णाश्रमको आधारमा बाडियो ! ऋक्संहितामा चारै वर्णको उत्पत्ति र कार्य यस प्रकार उल्लेखित गरिएको छ :

ब्राहृमणोऽस्य मुखमासीद् बाहू राजन्य: कृत: ।
ऊरू तदस्य यद्वैश्य: पदभ्यां शूद्रोऽजायत ।। [२ ]

विकृत दिमांग
=========
आर्यहरुनै नै हिन्दू हो ! हिन्दूहरु जो धर्म बुझ्न चाहदैनन् ती हिन्दू शब्दको अर्थ बुझ्ने प्रयास नगरी , प्राचिन साहित्य अध्यन नगरी हिन्दू शब्दलाई मुसलमानले दिएको गाली ठान्छन ! ईनको भासिएको तर्क अनुसार आर्य / हिन्दूहरुको प्राचिन वांगमयमा हिन्दू शब्द उल्लेख गरिएको देखिदैन ! यस्ता तर्क निकालेर वाहियात पैरवी गर्ने ती व्यक्तिहरु हुन् जसले स्वयं न संस्कृत साहित्यको अध्यन गर्न सकेका छन् , न संस्कृत भाषाको प्राचिन व्याकरणहरु निघंटू ,निरुक्त तथा व्याकरणहरुको ज्ञान आर्जन गर्न सकेका छन् !
.
बर्बराउनेहरु “सिंधु” “इन्दु” शब्द हुँदै हिन्दू शब्द निर्माण भयो भन्छन ! लौ हो रे , एक छिनलाई स्विकारम , त्यसो भए हिन्दू भनिनु अघि हिन्दुहरु के भनेर चिन्हिन्थे ? तिनको नाउँ कस्तो हुन्थ्यो ? तर वास्तविकता के हो भने सिन्धु र इन्दु नाम आज पनि प्रयोगमा ल्याइदैछ ! हिन्दू नाम मुस्लिमहरुले गलत अर्थमा प्रयोग गरे रे र हिन्दू भनेको काला, लुच्चा, धेरै बोल्ने , बदमाश र चोर भनि अर्थ्याए ! फारसी, अरबी ,उर्दू आदिको उपलब्ध शब्दकोश गयासुल्लोहात, करिमुल्लोहात, लोहातफिरोजीले कर्म भ्रष्ट त् बनायो बनायो नाम र अर्थपनि भ्रष्ट पनि बनाइदिएको छ !
फारसीहरुले हिन्दूको अर्थ घृणा पूर्वक लाए जसरी यहूदिहरुकोलागि कुरान काफिर, दोज़ख़ी जस्ता शब्दहरू प्रयोग गरिएको छ त्यसरीनै फारसीमा हिन्दू शब्दको नराम्रो अर्थ “गयास-उल-लुगत” शब्दकोशका रचनाकार मौलाना गयासुद्दीन जस्ता बिद्वानले पनि लाएका छन् !


Write A Suggestion

%d bloggers like this: