सी के राउत र एक मधेश एक प्रदेश भन्नेलाइ चेतावनी :-


प्रवीण अधिकारी————

नेपालको प्राचिनता :-prithvi-narayanshah-king

म पुराण बेत्ता होइन तर ब्रह्माण्ड पुराण (४/४४/९३ ) र बायु पुराण (१०४/७९)मा नेपालको नाउ धेरै आदरका साथ् लियिएको देखिन्छ ! यी दुवै पुराण महर्षि ब्याश द्वारा द्वापर युगमा लेखिएका हुन् !

” नेपालम शंकरम क्षेत्रम समस्त सुर बल्लभम !
नेपाल जात तिर्थैश्च मिलिता सा महानदी !!
नेपाल कम्बलेनाथ मुद्रा चाथ विशुद्धया !
नेपालाच्च महाक्षेत्रादायात्प्शुपतिस्त्विह !! ”

( यो सुद्रीढ प्रमाणबाट के बुझिन्छ भने द्वापरयूगदेखिनै नेपालका राडी ,पाखी, कम्बल यस भूखण्डमा प्रख्यात भै सकेको थियो ! नेपालको तिर्थ स्थान , शालिग्राम , र नेपाल औषधि आदिको उद्भबस्थानको रुपमा प्राचिन कालदेखि प्रसिद्ध रहेछ भन्नेकुरा प्रष्टिएको छ ! )

आधुनिक इतिहाँसकारहरुको मतमा पनि नेपालका प्रथम किराँती राजा यलम्बर हाङ्ग ई. पू. ३४५० का हुन् ! इनकै पालामा महाभारतको युद्धमा नेपाली शैनीकहरु सामेल भएका थिए ! नेपालका महाराजा जितेदस्ती हुँदा गौतम बुद्ध कपिलबस्तुबाट काठमान्डू आएकाहुन् भने नेपालका किराँती राजा चनमान हाङ्गका समयमा सम्राट अशोक नेपाल आएका थिए !
ईसा पूर्व १०औ हजार बर्षको गौरब पूर्ण इतिहाँस बोकेको नेपाललाइ खण्डिकरण गर्ने , जातीय द्वेष फैलाउने कुनै पनि नेता ,कार्यकर्ता दण्डका भागी हुन ! नेपाललाई टुक्र्याएर, जातीय द्वेष फैलाएर उनीहरुलाई बाच्ने अधिकार छैन ! पाउने छैनन् !!!

सार्बभौम मुलुकको सार्बभौम गौरब कायम राख्न सबै एकजुट होउ ! अहिले हामी संग जे जत्रो नेपाल पूर्खाको नाशोको रुपमा कायम रहन सकेको छ त्यसैको संरक्षण सम्बर्धन गरौँ !

याद गरौ !!! केहि पूर्ब र समकालीन नभई कुनै पनि बिषयबस्तुले स्थान पाउदैन ! प्रसिद्ध एतिहाँसिक पुरुष नभई ईतिहांसमा स्थान पाइन्न ! अब अनुमान लगाउ महर्षि ब्याष कति पुराना हुन् र नेपाल अधिराज्य कती पुरानो हो ?


Write A Suggestion

%d bloggers like this: