शिल्पी समुदायहरूले अव विदेशीहरूको विभेदकारी षडयन्त्रको प्रतिकार गर्नु पर्ने बेला आएको छ |


foot-path-pasale

शिल्पी समुदायहरूले अव विदेशीहरूको विभेदकारी षडयन्त्रको प्रतिकार गर्नु पर्ने बेला आएको छ |

वैदिक समाजका अभिन्न अंशियार र वंशीयार समेत रहेको यो समुहलाई “दलित” कित्तामा राखेर मूलाधारबाट पृथक गर्ने प्रयत्न चलिरहेका छन् |

विभाजनकारी राष्ट्रराज्यको दुषित फलको विष अव समाजमा विषाक्त रूपमा देखा परेको छ |

वेद पढ्ने ब्राहमण होस् अथवा आरनमा बसेर आँसी बनाउने विश्वकर्मा – हाम्रो रगत, बंश तथा पहिचान एकै हो |

हामी सबै जुटेर “छुवाछुतवाद” विरुद्ध सङ्घर्ष गरिरहेझैं “दलित”का नाममा शिल्पी-समुदायलाई वैदिक मूलाधारबाट अलग गर्ने मुसाई विरुद्ध हामी सबै उभिनुपर्छ |

जरोकिलो आन्दोलनमा दलित वा बाहुन बनेर होइन, एउटा वैदिक धर्म संस्कृति, बौद्ध-आचरण तथा बोनको मौलिकतासंग जोडिनु होस् |

जरोकिलो आन्दोलन सबैको साझा रहर बनोस् र बन्नेछ |


Write A Suggestion

%d bloggers like this: