प्रिय विद्यार्थी वर्ग


download (2)

तपाईंहरूको मूलधर्म नै पढ्नु हो र पढिरहनु भएको छ | तर तपाईंहरूले पढिरहेका विषयवस्तुहरूले तपाईंहरूमा आत्मसम्मानको बाटोमा दोहोर्याईरहेको छ कि हीनताबोधतिर यस विषयमा तपाईंले अव आफै सोच्नुपर्छ |
विहान म वैदिक संगीतका विषयमा पढिरहेको थिए | वैदिक ऋषिमुनिहरूले विकसित गरेको संगीत ऋतु, महिना, पक्ष तथा चौवीस घण्टामा पनि हरेक प्रहरका लागि फरक-फरक स्वरको ब्यबस्था रहेछ |

वैदिक संस्कृतिमा यस्ता असंख्य साहित्य छन् | अधिकांश प्रयोगयोग्य छन् | हाम्रो दिमागमा विदेशीहरूले र तिनको भनाइमा अन्धश्रद्धा गर्ने नेपाली विद्वानहरूले “हाम्रा शिक्षाहरू अब्यबहारिक” छन् भनेर ब्रेनवास गरिदिएका छन् |

उनीहरूले अनुसन्धानमा आफ्नो एकलौटी अधिकार ठान्छन् र हामीले गरेका अनुसन्धानलाई विभिन्न बहाना बनाएर अस्वीकृत गरिदिन्छन् |

तपाईं विद्यार्थीहरूले “विदेशीहरूले लेखिदिएको नेपाली इतिहास”का विषयमा प्रश्न सोध्ने बखतमात्र आएको छैन, नेपाली इतिहास पुन: लेख्ने आँट गर्ने बेला भएको छ |

नेपाल सधैं नया टेक्नोलोजीको भोको छ तर पश्चिमाहरू हाम्रो सांस्कृतिक तथा जीवनमूल्यप्रति आकर्षित छन् | तिमीहरूले आफ्नो संस्कृति र जीवनमूल्यका विषयहरूसंग टेक्नोलोजी साट्ने सामर्थ्यको विकास गर्नुपर्छ |

एस्तो सामर्थ आफ्नै जरोकिलोमा उभिएरमा विकास गर्न सकिन्छ | नेपाल कै प्राचीन राजनैतिक ब्यबस्था “राज्यराष्ट्र” सिधान्तमा उभिएर प्राप्त गर्न सकिन्छ |

तर्कपूर्वक अङ्गिकार र आर्जित गरिने सिद्धान्त “विश्वास” हुन्छ भने विना तर्क अङ्गिकार र स्वीकार गरिने विश्वासहरू “अन्धविश्वास” हुन्छन् |

अव समय आएको छ, हामी विश्वासी बन्नुपर्छ | किनभने एस्तो विश्वासको लडाई तपाईंहरूले आफ्नै मान्छेसंग गर्नुपर्ने छ | उनीहरूले देशमा लादेका राजनैतिक विश्वासहरू “अन्धविश्वास” हुन् भनेर आस्वस्त तुलाउन पर्ने छ |


Write A Suggestion

%d bloggers like this: