बाबुराम जागेपछि गोरखा लगायतका कयौ जिल्लाका नगर /गाउ पालिकामा प्रचण्ड माओवादि पत्ता साफ


aeeecb7c490692f275768f253d29953d

डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्तिकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो ।

पहिलो चरण निर्वाचन भएका गोरखाका आठ, रसुवाका तीन, धादिङका दुई तथा लमजुङ र सिन्धुलीका एक एक तहमा बाबुराम भट्टराईको पार्टीका कारण हार्नुपरेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । त्यस्तै, दोस्रो चरणमा पनि मोरङ, धनकुटा, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका १० भन्दा बढी स्थानीय तह नयाँशक्तिकै कारण गुमाउनुपरेको माओवादी हरुले जनायका छन

जित्ने आकलन गरिएका गोरखाका पालुङटार नगरपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका, भीमसेन गाउँपालिका, रसुवाको कालिका गाउँपालिकालगायत स्थानीय तह माओवादी केन्द्रले गुमाएको छ ।

त्यस्तै, गोरखाकै चुमनुव्री र अजिरकोट, धादिङको नेत्रावती, गजुरी, रसुवाकै नौकुण्डलगायत स्थानीय तह पनि माओवादीले गुमाएको छ । माओवादी केन्द्र र नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मतको योगफलभन्दा थोरै मतान्तरमा यी क्षेत्रमा अन्य दल कांग्रेस र एमालेले निर्वाचन जितेका छन् ।


Write A Suggestion

%d bloggers like this: