लाजमर्दो सत्य…..


Dr.Govinda Upadhyaya……………….

नेपालि

भारतवर्षबाट संस्कृत शिक्षालाई पद्यतिलाई विस्थापित गरेर अंग्रेजी भाषा र संस्कृति लाद्न बृटिश कुटनीतिज्ञ Thomas James Babington Macaulay (१८००-१८५९) ले सन् १८३६ मा विकसित गरेको शैक्षिक नीतिलाई सन् १८३७ मा तत्कालीन इस्ट इन्डिया कम्पनीले भारतीय उपर थोपरेको थियो | वि. स. २०२८ सालमा नया शिक्षानीति र २०४६ को राजनैतिक परिवर्तनले नेपालमा पनि Macaulay कै शिक्षानीति अवलम्वन गर्ने नीति लियो |

धुर्त्याई र छलका पर्यायवाचीका रूपमा चिनिने इटालियन दार्शनिक Machiavelli को छलपूर्ण तथा द्विजिब्रे सिद्धान्तबाट प्रभावित भएका Macaulay ले भारतवर्षमा यसको ब्यबहारिक जग बसालेका हुन् | नेपालीहरूले त्यहींबाट वर्तमान शिक्षा पद्यति नेपालमा भित्राएका हुन् |

कुरो भाषाको होइन, नियतको हो | वि.स. २०२८ सालमा नेपालमा पाइला टेकेको नया शिक्षानीतिले २०७४ सम्म आउँदा आत्मनिर्भर नागरिकको विकास गर्नुको सट्टा पलायन मुखी, चरम अवसरवादी तथा एक्काईसौं शताब्दिमा पनि घृणावादी राजनीतिमा सक्रिय हुने नागरिकहरू विकसित गरेको छ | आत्मविश्वास भएका नागरिकहरूको खडेरी परेको छ |

सबैका लागि शुलभ र सस्तो शिक्षाको कुरा गर्दागर्दै पनि देशको शिक्षा “गरिव र धनीका” लागि फरक-फरक भएका छन् | सरकारी विद्यालयहरू गरिवका छोराछोरीलाई गुणस्तरहीन शिक्षा प्रदान गर्ने स्थलका रुपमा जीवित छन् भने धनभएकाहरूका लागि अंग्रेजी-स्कूलहरू उभिएका छन् |

मेकियावेली शिक्षानीति स्वीकारेको देशको जुन दुर्गति हुनुपर्थ्यो, त्यो त्रासदी आज नेपालीले प्रत्यक्षरूपमा भोग्नु परिरहेको छ | द्वैधशिक्षानीति, पलायनमा विश्वास गर्ने शिक्षितवर्ग, आफ्नो भन्दा विदेशीको भनाइमा विश्वास गर्ने राजनीतिज्ञ र विद्वान-दासहरूको जमात यसका प्रत्यक्ष फल हुन् |

धुर्त्याईका लागि वदनाम Machiavelli ( १४६९-१५२७) शिक्षा पद्यतिका हजारौं उपयोगिता होलान् तर नेपालमा यो शिक्षानीति आरम्भ भएपछि –

१. नेपालको रैथाने शिक्षापद्यतिको विनाश भएको छ |

२. शिक्षा निशुल्क हुनुपर्छ भन्ने गुरुकुलीय मान्यतामा पूर्णविराम लागेको छ |

३. रैथाने शिक्षापद्यतिहरू समाप्त भएका छन् |

४. मान्छे अंग्रेजी भाषा र चिन्तन पद्यतिको दास भएको छ |

५. विदेशीले लेखेको र बोलेको कुरालाई प्रमाणिक ठान्ने पक्षपाती सोचले ग्रस्त भएको छ |

६. सबैथोक पैसा हो भन्ने उग्रपन्थी सोच र ब्यबहारले आक्रान्त भएको छ |

७. आफ्ना प्राचीन साहित्य, विज्ञान, राजनैतिक तथा ब्यस्थापकीय चिन्तनहरूलाई “धार्मिक” र विदेशी चिन्तनलाई धर्मनिरपेक्ष मान्ने सोचले ग्रस्त भएको छ |

८. हरेक विषयको मानदंड “विदेशीले तयार गरेको नै ठीक” भन्ने मानसिकताबाट ग्रस्त भएको छ |

९. जातीय तथा क्षेत्रीयताका विवादमा फसाएर आफ्नो दूनो सोझो गर्ने

१०. अंग्रेजहरूको बौद्धिक दासत्व गर्ने विद्वान-दासहरूको विकास गर्ने

११. आफ्नो मौलिकताको संरक्षणको पक्षमा उभिनेहरूलाई अन्धविश्वासी, प्रतिगामीको कित्तामा उभ्याउने

१२. परनिर्भर बनाउने

१३. शिक्षा व्यापारको बलियो माध्यम बनेको छ |

१४. विविहरू बेरोजगार उत्पादन गर्ने कारखानामा रुपान्तरित भएका छन् |

१५. राजनैतिक संस्थानहरू दलाली गर्ने व्यक्तिहरूको सिन्डिकेट बनेका छन् |

 


Write A Suggestion

%d bloggers like this: