नेपालको प्राचिनता


प्रवीण अधिकारी

———————-china-nepal-india-59238816167483.53657937
नेपाली इतिहाँस पश्चिमाहरुले लेख्न बस्दा उनीहरुले आफु हुर्किएको मुलुक र त्यहाँ पाएको शिक्षा-दीक्षा,रहन-सहन, खान-पान ,धार्मिक आस्थाले प्रभाव पारेर लेखे | तिनको मन र मस्तिष्कमा ती जन्मिएको देशको जुन मूल्य मान्यता, धार्मिक आस्था ,समाजको रितिथितिले जग बसालेको थियो त्यस कुराले हाम्रो इतिहाँसमापनि प्रभाव पार्यो | त्यसवाहेक ती जस्तो सोच बोकेर नेपाल छिरेका थिए , तिनले त्यही पृष्ठभूमिमा रहेर नेपालको तमाम विषय बस्तुमा केन्द्रित भई कलम चलाए ,जसलेगर्दा तिनको मान्यता, भावना र आस्था अनुरुपको लेखाई ती पुस्तकहरुमा पूर्णतः प्रतिबिम्बित हुनपुग्यो | त्यो कालखण्डमा पाश्चात्य जगतबाट नेपाल भित्रिने सबै विद्वानहरु ईसाई मतका अनुयायी रहेका थिए | तिनले आफ्नो धार्मिक मान्यता , विश्वास र तिनको देश र समाजको परिवेश अनुसार हरेककुरो सोच्नु र त्यसअनुसार आफ्नो विचार राख्नु अनिवार्य जस्तै थियो | ईसाइहरुको मान्यता अनुसार ईश्वरले यस सृष्टिको निर्माण ईसा पूर्व ४००४ वर्ष पहिला गरेका थिए | तिनका पूर्वज जंगलमा बसी (डार्विनको सिद्धान्त अनुसार ) सिकारी अवस्थामा रही , रुखको बोक्रा लाउँदै विकसित हुन् पुगेका थिए , जबकि हाम्रो इतिहाँस लाखौँ ,करोडौं बर्ष पुरानो हो | हाम्रा पूर्वज ऋषिमुनिहरु पूर्ण मानवभई जन्मिएका थिए | यसले गर्दा ती पश्चिमाहरुले नेपाली इतिहाँसका हरेक घटनाको तथ्य र कथ्यलाई आफ्नो मान्यताको कसौटीमा राखी पक्ष र विपक्षमा उभिएर निर्णय लिएका थिए भन्न सकिन्छ |पूर्वीय ग्रन्थमा नेपालको उल्लेख
=====================

“ने” नाम्ना मुनिना पूर्वम पालनातपुण्य कर्मणा !
इदम हि हिमवत कुक्षौ नेपाल इति चोच्यते !!

नेपाल संस्कृत मूलको तत्सम शव्द हो | ” नेः पालः पालकः यस्य यत्र वा स नेपाल ” ने मुनि नै जसका पालक हुन् त्यो नेपाल हो ” याहाँ उपपदक पाल रक्षणे चुरादि गणीय धातुबाट बनेको नेपाल शव्द हो |( हेर्नुहोस स्वामी प्रपन्नाचार्यको , वेदमा के छ ? )

अब हेर्नोस , स्कन्द पुराणको ७९ अध्याय :

ततो हि नेपाल इति प्रतिष्ठा देवा सुरैश्चापि हिं सर्बलोकै : |
देब्याः प्रसादा द्वारसंप्रलब्धो “ने” नाम दान्त प्रतपः कुतश्च ||

अब ब्रह्माण्ड पुराण (४/४४/९३ ) र बायु पुराण (१०४/७९)मा नेपालको नाउँ हेर्नुहोस त कति आदरका साथ् लिएको छ |यी दुवै पुराण महर्षि व्यासले लेखेका थिए , जो वेदकै( ” सना पुराणमध्येम्यारान महः पितुर्जनितुर्जामि तन नः | देवासो यत्र पनितार एवैरुरौ पथि वयुते तस्थुरन्तः || ” (ऋ ३/५४/९ ) ) समकालीन ग्रन्थहरु हुन | यस वाहेक वेदमा उल्लेख गरिका पुराण सम्वन्धी ऋचाहरु प्रसस्त छन् (|इक्षुकले वेदको मन्त्र संहिता भाग हेर्नु होस् ) |

नेपालं शंकरं क्षेत्रम समस्त सुरबल्लभं |
नेपाल जात तिर्थैश्च मिलिता सा महानदी ||
नेपाल कम्बलेनाथ मुद्रा चाथ विशुद्धया|
नेपालाच्च महाक्षेत्रादायात्प्शुपतिस्त्विह ||

यो सुद्रीढ प्रमाणबाट के बुझिन्छ भने वैदिक युग देखिनै नेपालको राडी ,पाखी, कम्बल यस भूखण्डमा प्रख्यात भै सकेको थियो | नेपालको तिर्थ स्थान , शालिग्राम , र नेपाल औषधि आदिको उद्भबस्थानको रुपमा प्राचिन कालदेखि प्रसिद्ध रहेछ भन्नेकुरा प्रष्टिएको छ | याद गरौ !!! केही पूर्ब र समकालीन नभई कुनैपनि बिषयबस्तुले कुनैपनि ग्रन्थमा स्थान पाउँन सक्दैन | प्रसिद्ध एतिहाँसिक पुरुष नभई ईतिहांसमा उल्लेख हुन सक्दैन | अब अनुमान लगाउ महर्षि ब्याष कति पुराना हुन् र नेपाल शब्दको इतिहाँस कति बर्ष पुरानो हो ? त्यतिले मात्र पुग्दैन , पहिला लोमश ,पराशर ,नेमुनि ,ब्यास , राजा अश्वपति , राजा जनक आदि महापुरुषहरुको काल गणना गर्नु पर्ने हुन्छ | कश्मिरदेखि कुम्भकर्णहिमालसम्मको सेप र चेपको पुरातत्व खोतलेर हेर्नु पर्छ अनि थाहा हुनेछ नेपालको प्राचिनता | अहिले कलीको ५११९ बर्ष हो | हाम्रो इतिहाँसले कली सम्बतको १३४५ बर्ष बित्दा जनसिंह राजाले तलेजु भवानीलाइ काठमाण्डौमा भित्र्याई ११ पुस्तासम्म राज्य गरेका थिए | कली सम्बतको ३६७६ बर्ष जाँदा श्री मत्स्येन्द्रनाथ नेपालमा ल्याइएका थिए | किरांतहरुले ३०/३१ पुस्ता राज्यगरेको र ” जटेश्वरम समारभ्य योगे शान्तम नेपाल देशः ” भनिएको प्रसंग स्वामी प्रपन्ना चार्यलेनै उल्लेख गरेका छन् |त्यस्तै अर्को प्रसंगमा ” कश्मीरन्तु समारभ्य कामरुपातु पस्चिमे ” भनेर नेपालको विशालता ,प्राचिनता र व्यापकता बताइएको थियो | नेपालको प्रचिनाता उल्लेख गर्ने ग्रन्थ अथर्वपरिशिष्टले यस मुलुकलाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूको लहरमा उभ्याएर चर्चा गरेको पाइन्छ भने मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थले नेपालबारे चर्चा गरेको छ | महाभारत वनपर्वले नेपाललाई नेपालको रूपमा वर्णन गरेको छ | जैन ग्रन्थ , तथा कौटिल्यको अर्थशास्त्रले (ई.पू. चौथो शताब्दी) नेपालको राडी पाखी विश्व विख्यात भएको वताएको छ | भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा त्यो स्तम्भसम्म नेपाल हो भनेर साक्ष्य राखिदिएका छन् | हाम्रो नेपालमैपनि नेपालको स्वतन्त्र राष्ट्रको हैशियत चाँगु नारायणको वि.सं. ४६८ देखिका शिलालेखहरुलेपनि दिग्दर्शन गराउँदै आएका छन् | उता वैदिक ग्रन्थहरुले नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन , द्वापरयुगमा मुक्तिसोपान विशेषणलाई दिएको छ भने कलियुगमा आएर यो मुलुक नेपालनै भनेर चिह्निएको तथ्य पौराणिक ग्रन्थहरूले उल्लेख गरिरहेका छन् |

महाभारतको युद्धको बेलाको नेपाल
======================

कौरवहरुको पक्षबाट लडने जनपदहरु :-
************************************
गांधार, मद्र, सिन्ध, काम्बोज, कलिंग, सिंहल, दरद, अभीषह, मागध, पिशाच, कोसल, प्रतीच्य, बाह्लिक, उदीच्य, अंश, पल्लव, सौराष्ट्र, अवन्ति, निषाद, शूरसेन, शिबि, वसति, पौरव, तुषार, चूचुपदेश, अशवक, पाण्डय, पुलिन्द, पारद, क्षुद्रक, प्राग्ज्योतिषपुर, मेकल, कुरुविन्द, त्रिपुरा, शल, अम्बष्ठ, कैतव, यवन, त्रिगर्त, सौविर र प्राच्य |

पांडवहरुको तर्फबाट लडने जनपदहरु : –
*************************************
पांचाल, चेदि, काशी, करुष, मत्स्य, केकय, सृंजय, दक्षार्ण, सोमक, कुन्ति, आनप्त, दाशेरक, प्रभद्रक, अनूपक, किरात, पटच्चर, तित्तिर, चोल, पाण्ड्य, अग्निवेश्य, हुण्ड, दानभारि, शबर, उद्भस, वत्स, पौण्ड्र, पिशाच, पुण्ड्र, कुण्डीविष, मारुत, धेनुक, तगंण र परतगंण।

महाभारतको युद्धमा तटस्थ रहेका जनपदहरु : –
******************************************
विदर्भ, शाल्व, चीन, लौहित्य, शोणित, नेपाल(वनपर्वको घोषयात्रापर्व, ५४औँ अध्याय) कोंकण, कर्नाटक, केरल, आन्ध्र, द्रविड़ |

नेपालमा गरिएका वैज्ञानिक अनुसन्धान
—————————————-

नेपालको इतिहाँस यसक्षेत्रका अन्य देशहरूभन्दा एकदमै फरक रहेको मानिन्छ | हिंजो अस्ति हाम्रा छिमेकी देशहरु सबै विदेशीको अधिनमा रहँदा हामी हाम्रै भौगोलिक विशेषता र तत्कालिन हाम्रा शासकहरुको चतुर्यांईको कारण स्वतन्त्र राष्ट्रको रूपमा रहन सकेका थियौं | नेपालका पर्वत , हिमशृङ्खलाहरू र उपत्यकाहरूमा करीब १३ करोड वर्ष अगाडि प्राणी र जीवात्माहरु रहेको कुरा वैज्ञानिकहरुले पुष्टि गरेका छन | वि.स. २०३८ सालमा नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस भन्ने प्राचिन मानव अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य इंगित गरेको थियो र त्यो अवशेष हाम्रा ऋषि मुनिहरूको अवशेष रहेको तर्फ विश्वको ध्यान आक्रिष्ट गर्न पर्याप्त छ | त्यो रामापिथेकसलाई डा. जे.एच हटचिसनको नेतृप्वको अमेरीकी र नेपाली पुरातत्वविदहरुको संयुक्त टोलीले पत्ता लगाई सो अवशेष १.१ करोड वर्षपुरानो भएको ठहर्याएको थियो | यो खोजले नेपालपनि विश्व मानचित्रमा प्रागैतिहासिक मानव स्थलको रुपमा देखा पर्न सक्यो | त्यै टोलीले नेपालको चुरेपर्वत श्रृंखलामा पूर्व पाषाणकाल २५-२६ लाख बर्ष पुरानोदेखि नवपाषण काल ई.पू. ८००० वर्षपुरानो आदि मानवको बसोबास भएको हुन् सक्ने अवधारणा राख्यो | जर्मनीका पुरातत्व विदहरुले सन् १९८५ मा मुस्ताङ क्षेत्रको टुकुचे नजिक चोखोपानी नामक स्थानमा अवस्थित गुफाहरुको उत्खनन गर्दा प्राचिन मानव अवशेष, माटाका भाँडा कुँडाहरु, छातीमा लगाउने तामाको ढाल, कवच, तामाका गरगहनाहरु, मुगाका माला, प्रस्तरका भाला, काठका चम्चा आदि फेलापरेको साक्ष्य आजका दिनमापनि हाम्रा अगाडी छँदैछ | त्यसले त्यो स्थल नवपाषण काल तथा आद्य ऐतिहासिक कालको (Proto Historic) संस्कृति भएको अनुमान गरेको छ भने ती गुफाहरुको इतिहास ई.पूर्व ७ ,००० वर्षसम्म पुग्न सक्ने अनुमान गरेको देखिन्छ | यी कुराहरुको प्राप्तिले अरु क्यै गर्न नसकेपनि हाम्रो प्राङ्गैतिहाँसिककाल देखिको चिन्तन तथा मननमा यसले ठूलो बल पुर्‍याएको छ | नेपालमा गोपाल ,महिषपाल , किंराती , लिच्छविहरुले शासन गरेका थिए | पाँचौ शताब्दिदेखि विभिन्न सिक्काहरु प्रचलनमा ल्याइए | नेपालको ईतिहासमा लिच्छविकाल ईशा पूर्वको पहिलो शताब्दीदेखि शुरु भएको मानिन्छ | यसको पुष्टिकोलागि समुन्द्र गुप्तले राखेको अभिलेख स्तम्भ, प्रसिद्घ चिनियाँ यात्री ह्वेनसांगको यात्रा बृतान्त तथा नेपाली इतिहाँसकारहरु धनवज्र वज्राचार्य तथा ज्ञानमणि नेपालको सप्रमाण प्रस्तुत अभिमत नै हो | लिच्छविकालपछि नेपालको इतिहाँसमा खशहरुको मल्लकाल शुरु हुनपुगेको थियो |

पश्चिमाहरुको माइथोलोजी र कल्पना
————————————–

आजका विद्वानहरु ( स्वदेशी र विदेशी दुवै ) प्राचीनकालका त्यस्ता कुराहरु जसको पुष्टि तिनको नेत्रले गर्न सक्तैन , जसकालागि तिनले पुरातात्त्विक प्रमाण जुटाउन सक्तैनन् , ती कुराहरु ‘माइथोलोजी‘ भनेर थन्क्याउने गर्दछन | उनीहरु त्यस्ता कुराको वास्तविकता बुझ्न त्यसको गहिराइमा पुग्न चाहदैनन् ,कोशिशपनि गर्दैनन् | अंग्रेजीको माइथोलोजी मिथबाट बनेको हो जसको अर्थ हो जुन घटना वास्तविक होइन अर्थात कल्पित या मनगढ़ंते , अर्थात त्यस्तो कथानक जसमा लोकोत्तर व्यक्तिहरु , घटनाहरु र कर्महरुको सम्मिश्रण छ | त्यसैले नेपालको प्राचीनज्ञान राशी जसमा पुराण, रामायण, महाभारत आदि ग्रन्थहरु पर्दछन ती सबै उनीहरुको नजरमा ‘मिथ‘ हुन पुगेको छ | उनीहरुको दृष्टिमा यी ग्रन्थहरुमा उल्लेख गरिएको कुराहरु कपोलकल्पित हुन् | तिनले आफुले बुझ्न नसकेका त्यस्ता प्राचिन सबैकुराहरु ‘मिथ‘ अन्तर्गत थन्क्याई दिएपछि उनीहरुले त्यसलाई बुझ्न खोज्ने झन्झट कहिल्यै गरेको देखिन्न | पूर्वीय प्राचिन ग्रन्थहरुले हाम्रो प्राचिन इतिहाँस वर्णन गर्दा तिथिमिति उल्लेख गरेको छैन ,यहाँ सम्मकि उनीहरुले रचना गरेको ग्रन्थमा आफ्नो नाउँ समेत उल्लेख गरेको देखिन्न | यसर्थ त्यस ग्रथाहरुको वर्णनमा यो संसार प्राचिन कालमा जलमग्न हुन पुगेको कुरो ती ग्रन्थहरुले तिथिमिति राखेर पुष्टि गरेको पाइन्न | यस अनुसार महर्षि ‘मनु‘ ले यो सृष्टि निर्माणकोलागि ऋषिहरु सहित धनधान्य, औषधि आदि आवश्यक सामग्रीहरु एउटा डुङ्गामा राखेर अग्लो स्थानमा पुर्याएर प्रलयकालमा जोगाएको कुरो हामीले प्रमाणित गर्न सकेनौं | तर, यै कुरो धेरथोर थपथाप गरेर मिस्र, यूनान, दक्षिण-अमेरिकाका केही देशहरुका प्राचीन साहित्यमा लेखिन पुगेको छ | त्यसमा अन्तर के देखिन्छ भने हाम्रा ‘मनु‘ मिस्रमा पुग्दा ‘मेनस‘ र यूनानमा पुग्दा ‘नूह‘ भनिदा पाश्चात्य इतिहासकारहरुले हाम्रो एतिहाँसिक ‘मनु‘ लाई ‘मिथ‘ बनाइ दिए | यै ‘मिथ‘ हुन पुगेको कारण हाम्रो इतिहाँसको धेरै प्राचिन पानाहरु खुल्न सकेनन | खोल्न सक्नेले खोल्न चाहेनन् अर्थात त्यसको औचित्य प्रष्ट्याउदै जनमानसमा आउँन सकेन बरु अनेकौं विकृतिका पोकोहरु वोकेर आजसम्म बसीरहेको छ |

चीनीयाँ यात्रीहरुको नेपाल भ्रमण र त्यस भ्रमणले उमारेको शङ्का
—————————————————————–

ईशा पूर्व ५६३को जन्म र निर्वाण ४८३ ईसा पूर्व भएका विश्व महान दार्शनिक, वैज्ञानिक, धर्मगुरू अनि उच्च कोटीको समाज सुधारकका रुपमा चिह्निएका बुद्ध बौद्ध धर्मको संस्थापकको रुपमा नेपालमा जन्मिएपछि उनले चलाएको धर्म, कला, नीति, सभ्यता र संस्कृति विदेशमा प्रचूर मात्रामा फैलिन पुग्दा तत्कालिन विश्वमा नेपाल आकर्षणको प्रमुख केन्द्रको रुपमा रहेको थियो | त्यतिखेर बुद्ध धर्म नेपालबाटै चीन तिर फैलिएका कारण चीनका फाह्याँन ,व्हेंसांग ,इत्सिंग जस्ता बौद्ध भिक्षुहरु आफ्ना अन्य भिक्षु साथीहरु ‘हुई-चिंग’, ‘ताओंचेंग’, ‘हुई-मिंग’, ‘हुईवेई’ जस्ता साथीहरुका साथ् ३९९ ई.मा नेपाल घुम्न आएका थिए | नेपालमा प्राचिनकालमा कति चीनीयाँ यात्रीहरु भ्रमणका लागि आए ? त्यसको लेखाजोखा कतै देखिन्न | तर , तत्कालिन इतिहाँस केलाउँदा निकै चीनीयाँ यात्रीहरुले नेपालको भ्रमण गरेको चाल पाइन्छ | नेपाली इतिहाँस लेखन परम्परामा तीनजाना – फाह्यान, ह्वेनसांग र इत्सिंगको यात्रा विवरणको मूख्यतः उल्लेख गरेको देखिन्छ | तिनले आफ्नो यात्रा विवरणमा पारेका कुराहरु नेपालका इतिहाँसकारहरुले प्राचिन इतिहाँस लेख्दा धेर थोर मात्रामा सन्दर्भ सामाग्री तुल्याएर उल्लेख गरिदिएका छन् | यी चीनियाँ यात्रीहरुको धार्मिक यात्राको विवरणको अनुवाद नेपाली भाषामा लेखिएको भेटिन्न तर हिन्दी र अंग्रेजी दुवै भाषामा केही भारतीय र पाश्चात्य विद्वानहरुले गरेका छन | यी अनुवादमा त्यस्ता धेरै वर्णनहरु परेका छन , जुन नेपालको इतिहाँस लेखनको दृष्टिले उपयोगी र महत्त्वपूर्ण छन् पनि | तर , यी तीन यात्रीहरुले वर्णन गरेका थुप्रै कुराहरु सत्यपनि होलान तर सबैकुरो सही र सत्य नहुनपनि सक्छन | किनभने , तिनको वर्णनमा परेको निकै कुराहरु अविश्वसनीय मात्र होइन ,असावधानी पूर्वक लेखिएको जस्तोपनि लाग्दछ | –

फ्याह्याँन
———-

इनी नेपाल आउने पहिलो चीनीयाँ यात्री मानिन्छन | तत्कालिन चीनको ‘वु-वंग’ भन्ने ठाउँमा जन्मिएका फाह्यान बौद्ध धर्मका अनुयायी थिए | उनीहरुको नेपाल यात्राको मूख्य उद्द्येश्य नेपालमा रहेको बौद्ध हस्तलिपि तथा स्मृति ग्रन्थहरुको खोजी गरी प्रकाशित र प्रसारितगर्नु रहेको थियो | उनी त्यो उद्द्येश्यमा सफल रहेकाकारण उनको स्थान प्रसिद्ध अनुवादक , चिनीयाँ बौद्ध भिक्षु, यात्री, लेखकको रुपमा स्थापित हुन पुगेको थियो | उनले नेपाल र भारत भ्रमण गरेको अवधि ३९९ ईश्वीदेखि ४१२ ईश्वी विच मानिन्छ | त्यतिबेला फ्याहनाले नेपालको कपिलवस्तु सहित भारत, श्रीलंकाको भ्रमण गर्दा त्यही ठाउँलाईमात्र प्राथमिकता दिए जुन ठाउँ बुद्धसंग सम्बन्धित रहेको थियो | उनले काठमान्डू , कपिलवस्तु , उद्दियान, गांधार, तक्षशिला, उच्छ, मथुरा, काशी (सारनाथ ) , गयाको यात्रा गर्दा तक्षशीला विश्वविद्दालायामा अध्ययन गर्न पाएका र श्रीलंकाको सिंहल पुगि २ बर्ष बसेको वर्णन भेटिन्छ | त्यसपछि उनी यवद्वीप (जावा) हुँदै ईश्वी संवत ४१२ मा शांतुंग प्रायद्वीपको चिंगचाऊ पुगि आफुले संकलन गरेका बौद्ध धर्म ग्रन्थहरुको अनुवाद गरेका थिए | नेपाल आउने पहिलो पुस्ता मानिने उनी त्यस्ता चिनीयाँ यात्री हुन जसले आफ्नो यात्रा वृतान्तलाई सर्व प्रथम लिपि बद्धपनि गरेका थिए | उनले संकलन गरेका बुद्धको परिनिर्वाणसूत्र र महासंगिका विनय पिटक ज्यादै महत्वपूर्ण मानिन्छ | इनको जन्म: ३३७ ई; मृत्यु: ४२२ ई अनुमानित) भन्ने गरिएको छ | बौद्ध ग्रन्थहरु एकत्रित गरी चीन पुर्याउनु फाह्यानको एक मात्र ध्येय थियो |

यिनको यात्रा विवरण ले के कुरो प्रष्ट्याउ छ भने यी त्यस्ता चीनीयाँ यात्री हुन् जो ज्यादै घुम्मक्कड थिए | आफ्नो यात्राकालमा यिनी कहीं कतै स्थिर भएर बसेनन् | संधै घुमेरै बसे | चीन फ़र्किएपछि इनले आफ्नो यात्रा वर्णन लिपि-बद्ध गर्नेकाम गरे | इनको नेपाल -भारत भ्रमणको यात्रा वृतान्तको अनुवाद भारतीय विद्वान – श्री जगनमोहन वर्माले गरेका छन ,जसलाई ” नागरी प्रचारिणी सभा ” ले प्रकाशित गरेको छ | यस पुस्तकमा धेरै ठाउँमा लेखिएको छ ‘‘यो यात्रा विवरण सुनेको कुरामा आधारित छ ‘‘ | अब, जव लेखक आफै यो कुरो सुनेको कुरामा आधारित छ भन्दछन भने ती चिनिया यात्री फ्याह्याँनले त्यो सुन्ने काम चाहीं कुन भाषामा गरेका थिए ? ती फ्याह्याँनको यताको स्थानीय भाषामा दख्खल कति थियो ? उनले नेपालको सामान्य मान्छेले बोल्ने र स्थानीय भाषामा गरेको कुराकानी कसरी बुझ्न सके ? कुनैपनि विदेशीकालागि नेपाल जस्तो वहुभाषी देशमा बोलिने विभिन्न स्थानीय भाषाहरुको ज्ञान प्राप्त गर्नु असम्भव मात्र होइन ज्यादै कठिन कार्यपनि हो | फ्याह्याँनले उल्लेख गरेको यात्रा विवरणमा यस क्षेत्रका विभिन्न ठाउँका वेग्लावेग्लै भाषी मान्छेहरु भएकोकुरो उल्लेखित छ , भन्नुको अर्थ उसको विवरण उल्लेख गरिएका कुराहरु यहाँका मान्छेहरुसंग बसेर गरेको कुराकानीमा आधारित नभई काल्पनिकपनि हो |

ह्वेनसाङ्ग
=====

बुद्धदर्शन/बौद्धवाङ्मय अध्ययन तथा ग्रन्थ संग्रह गर्ने उत्कट चाहनाले उत्साहसाथ नेपाल भ्रमण गर्ने चिनियाँ यात्रीमा मुख्य इचिङ्ग फाह्यान र युवेनच्वाङ्ग (ह्वेनसाङ्ग) हुन । यिनमा नेपाललाई चीनसँग परिचित गराउने चाहीं ह्वेनसांग ( युवेनच्वाङ्ग ) नै मुख्य हुन | युवेनच्वाङ्ग (ह्वेनसाङ्ग) चीनको पुरानो राजधानीबाट ताङ्गवंशी शासकको अनुमतिले पश्चिम खोतन मरुभूमि पार गर्दै कश्मीर निस्किएर यता आएका थिए | इनी यता आउँदा कन्नौजमा राजा हर्षवर्धन (६०६ -४७ ई.) को शासन भएको र नेपालमा लिच्छविकाल रहेको थियो | उनले यताको बसाइमा ६ वर्ष सम्म नालन्दा विश्वविद्यालयमा अध्ययन गरे | उनको यात्रा वृतान्त ‘सी-यू-की’ नाउले चिह्निन्छ , जसमा उनले यात्रा गरेको लगभग १३८ देशको यात्रा विवरण रहेको छ | ‘हूली’, ह्वेनसांगका मित्र थिए , जसले ह्वेनसांगको जीवनी लेखेका थिए | नेपाल भ्रमण गर्ने चिनियाँ यात्रिहरुमा ह्वेनसांगको महत्व निकै रहेको मानिन्छ | उनलाई ‘प्रिंस अफ़ पिलग्रिम्स’ अर्थात् ‘तीर्थ यात्री मध्येका राजकुमार’ भनिन्छ |

बौद्ध साहित्य अध्ययन गर्न नेपालमा आएका ह्वेनसाङ्ग , यस भूभागमा १४ वर्षसम्म बसेको जानकारी पाइन्छ | यिनले नेपालको कुना काप्चा धेरै जसो भ्रमण गरेका थिए | ह्वेनसाङ्गले नेपालको विषयमा धेरै कुरो लेखेका छन् | पश्चिमा बीलले गरेको उनको यात्राको अंग्रेजी अनुवाद हेर्दा उसले आफ्नो भाषामा नेपाल र भारतका धेरै ठाउँहरुको स्थिति, रीति-रिवाज , सभ्यता, व्यवहार, नगर र नदीहरुको लम्बाई-चौड़ाई तथा अनेकौं महापुरुषहरुको विषयमा विचार प्रकट गरिएको छ तर प्रश्न त माथि कै यहाँपनि आउँछ | यस क्षेत्रको विभिन्न ठाउँमा बोलिने भाषाहरुको ज्ञान उनले कहाँबाट कसरी पाए ? उसले नालन्दा विश्वविद्यालयमा पढेर संस्कृत भाषाको ज्ञान पाएको थियो भनिएपनि स्थानीय मान्छेहरु संग उसको वार्तालाप संस्कृत भाषामै भएको थियो भन्ने आधार त कहीं कतै देखिन्न | त्यस्तो परिवेशमा उनले भ्रमण गरेका ठाउँहरुमा रहेका मान्छे संग उसको वार्तालापको माध्यम भाषा र त्यहाँका स्थानीय मान्छेको रीतिरिवाज थाहा पाउने माध्यम हामी सबैकोलागि कौतुहलको विषय हो | यहाँको आधुनिक लिखित इतिहाँसको पुष्ट्याइमा ह्वेनसांगको वर्णनलाई प्रमाणिक मान्ने गरिएको छ जवकि ह्वेनसांगकै वर्णनमा उनले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेको कुरो कुराकानीमा आधारित हो भनिएको छ | त्यसकारण यी ह्वेनसाङ्ग गलत र असम्बद्ध हुन पुगेका छन होलान | यस परिप्रेक्ष्यमा ह्वेनसाङ्गले वर्णन गरेको कुरो एकदम सत्य र प्रामाणिक मानिनु कत्तिको ठिक होला ? अनि इनको विवरण उल्था गर्ने कनिंघमको किताबमा परेको कुरोलाई आधार मान्दा हाम्रो इतिहाँस गलत हुन्छ हुँदैन ? ( इक्षाहुनेले हेर्नोस – पं. कोटावेंकटचलम कृत ‘क्रोनोलोजी अफ नेपाल हिस्ट्री रिकन्सट्रक्टेड‘, पृ. २० )

इत्सिंग
=====

इत्सिंग चिनियाँ यात्री र बौद्ध भिक्षु थिए , जो ६७५ ई. को आसपासमा सुमात्रा हुँदै समुद्र मार्गबाट यता आएका थिए | इनले ‘नालन्दा’ एवं ‘विक्रमशिला विश्वविद्यालय’ विषयमा धेरै कुरा लेखेको पाइन्छ | इत्सिंग १० वर्षसम्म ‘नालन्दा विश्वविद्यालय’ सम्म रहेका थिए | उनले त्यहाँ संस्कृत तथा बौद्ध धर्मको ग्रन्थ पढेका थिए | ६९१ ई. मा इत्सिंगले बौद्ध धर्मको विवरण’ लेखेका थिए |यो ग्रन्थ बौद्ध धर्म र ‘संस्कृत साहित्य’ को इतिहासको अमूल्य श्रोत मानिएको छ | इनको समयमा चीनमा बुद्ध धर्म आफ्नो उत्सर्गमा पुगेको मानिन्छ |

इत्सिंगले कतै कतै उल्लेख गरी अनुसार नालन्दा विश्वविद्दालायामा ६७५ देखि ६८५ ई. सम्म अध्ययन गरेका थिए | यस अबधिमा उनले ४०० ग्रन्थहरुको संकलनपनि गरेका थिए | उनले आफ्ना यात्रा विवरण समेटेर जुन ग्रन्थ लेखेका थिए त्यो ग्रन्थ विवरण ६९२ ई.मा ‘श्रीभोज‘ (सुमात्राको पलम्बंग) बाट एक भिक्षुकको हातलाएर चीन पठाउने काम गरिएको थियो | त्यसपछि उनी चीन फर्किए र फर्किंदा बाटामा अल्मलिदै ६९५ ई. को जुलाई महिनामा अर्था गृष्म कालमा मात्रै उनी आफ्नो ठाउँ मेंकंग-फूं पुग्न सकेका थिए | इत्सिंगले आफ्नो यात्रा-विवरणमा त्यस्ता कुराहरु उल्लेख गरेका छन् जुन पत्याउन निकै गाह्रो पर्दछ | इत्सिंगले ६९१ -९२ ई मा चीन पठाएको सामग्रीहरु २८० वर्ष सम्म हस्तलिखित रूपमै रहन पुगेको थियो | ७७२ ई. सम्म त्यो मुद्रित हुन सकेन | पछि छापिंदा इत्सिंगले पठाएको मूल सामग्री र त्यो छापिएको सामाग्री फरक हुन पुग्यो ( हेर्नोस – ‘इत्सिंग की भारत यात्रा‘, अनुवादक सन्तराम बी. ए. पृष्ट ३० ) त्यो पाण्डुलिपि चीन पुगेपछि कसले संशोधन आ परिमार्जन गर्यो त्यो कुरो भन्न सकिने अवस्था छैन | त्यसैले जुन पुस्तक आफैमा प्रामाणिक छैन त्यो विवरण नेपालको इतिहाँस लेखनेकोलागि कति प्रमाणिक हुन् सक्ला ?

अब हेरौं चीनीयाँ भाषाको अंग्रेजीमा अनुवाद भित्रको त्रुटी
====================================

चीनीयाँ भाषाबाट अंग्रेजी भाषामा अनुवाद गर्दा हुन पुगेका केही गड़बड़को झलक हेरौं | एस. बीलले ह्वेनसांगको पुस्तकको अनुवाद गर्दै त्यसको फुटनोट ३३ को चीनीयाँ भाषाबाट अंग्रेजी भाषामा गरेको अनुवाद हेरौँ –

Lately, there was a king called An-Shu-fa-mo, who was distiguished for his learning and ingenuity (‘क्रोनोलोजी अफ नेपाल, हिस्ट्री रिकन्स्ट्रक्टेड‘, पृ. २८ बाट उद्धृत )

बीलले गरेको त्यो अनुवाद पढेर डा . बुहलरले आफ्नो तर्क राख्दै अंशुवर्मालाई ३००० कली संवत वा १०१ ई. पू. मा राख्नु पर्नेमा ईसाको सातौ शताव्दीमा ल्याएर राख्न पुगेका छन | त्यो देखेर भारतीय विद्वान पं. कोटावेंकटचलनमले त्यो पुस्तकको पृष्ठ २९ को विषयमा टिप्पणि गर्दै भनेका छन –

“— When Heun – Tsang visited Nepal he found frequently on the lips of the people the memorable name ….’ he noted and recorded that there had been a great king of the name Amsuvarman and that he ….. but he never stated that Amsuvarman mentioned was the contemporary or was reigning at the time of his visit.” In the first words of Beal’s translation of Heun-Tsang’s reference to Amsuvarman (or An-Shu-fa-mo) given in the footnote previously, lately there was a king called Amsuvarman. There is the implication that the ‘Amsuvarman was not the contemporary of Heun-Tsang… – प्रवीण अधिकारी


Write A Suggestion

%d bloggers like this: