पलाञ्चोक उपत्यकाको पाचखाल मा पनि भानु जयन्ति मनाईयो


रोसन बोलखे/ पाचखाल———–

आज भानुजयन्तिको अवसरमा गोल्डेन फ्युचर इको क्लब, गोल्डेन फ्युचर उच्च मा.वि ले भानुभक्तको प्रतिमा परिसर समाजकल्याणमा सरसफाई कार्यक्रम गर्दै आदिकवी भानुभक्त आचार्यको स्मरण गर्दै मल्यार्पण कार्यक्रम गर्यो । यस कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल ज्यु, उप-प्रमुख लक्ष्मी दनुवार ज्यु तथा स्वस्तिका तामाङको नेतृत्वमा आएको इको समुहको उपस्थितिमा माल्यार्पण एवम स्मरण कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको अन्त्यमा पाँचखाल नगरका प्रमुख आदरणिय दाजु महेश खरेल ज्युले कार्यक्रममा सहभागी विध्यार्थी भाईबहिनीहरुलाई अति उत्कृष्ट एवम साधारण भाषामा हामीले कवि भानुभक्तको सम्झना गर्दै गर्दा हामी जुन स्थान र जुन पेशामा रहेपनी समाज अनि राष्ट्रप्रती जिम्मेवार बन्दै आफुले सकेको योगदान आफ्नो आफ्नो क्षेत्रबाट गरिरहनुपर्छ भन्दै गर्नुहुँदा हाम्रा विध्यर्थीहरु अत्यन्त उत्सुक भई उहाको भनाईबाट केही सिकदै थिए ।  

पाचखाल नगरपालिकाको कार्यालय अगाडि निक्कै अब्यबस्थित ढङ्गमा घास र झार पात बिच ढल्न लगेको सालिकमा  बर्षमा एक पटक रङरोगन हुनु ठुलो हो र ?माला लगानु ठुलो हो र? कम्तिमा भानुभक्तका बिचारहरु पाचखाल नगरपालिकाको स्कुलहरुमा पढाई हुने बिषयमा राखियो भन्य  मात्र भानु जयन्तिले सार्थकता प्राप्त गर्ने छ। अन्यथा बर्षौ देखि हामि भानुभक्तका सालिकमा गाईको दुधले नुहायर, घ्यु लगायर माला लगाउदैमा भानु जयन्तिले सार्थकता पाउदैन ।

तस्बिरहरु सहित

19959004_1954498027909190_5339779778089281533_n 19959186_1954498284575831_2350818821486161755_n 19959419_1954497777909215_3132036112307628702_n 19959449_1954497017909291_3210139466061610569_n 19989316_1954497537909239_5928579117077147591_n 19989644_1954497181242608_2666359292995498204_n 19990049_1954496294576030_8387727678838370741_n 19990182_1954496767909316_8269230906460043802_n 20031562_1954498521242474_2535276743075027539_n 20046291_1954496521242674_4591231832967778594_n 20106284_1954496071242719_3459016938558423699_n


Write A Suggestion

%d bloggers like this: