मेरा बा देख्दैनन सपना महलहरु को, किनकी उहाँको चिर निन्द्रा राडिमा छ।


अर्पण उत्कर्ष / कोसिपारी

19894941_663427000516528_1776350694621693367_n

एउटा भाग्य बडो आजादिमा छ

कारण पसिना संगै उ खाडिमा छ

म फोडिरहन्छु चट्टान निरन्तर …

बिस्वास भाग्यमा हैन नाडिमा छ

मैले हेरे अरे पक्का नियालेर हेरे ,

शत्रुको किटाणु आफ्नै साथिमा छ

मालिनै बलात्कारी बन्न थाले देखि

फुलहरुको इज्जत झनै बर्दादिमा छ

म निलुं या ओकलु सरकार

तिम्रो बेइमान को ह्ड्डी अझै घांटिमा छ

मेरा बा देख्दैनन सपना महलहरु को

किनकी उहाँको चिर निन्द्रा राडिमा छ

बोनस शेर , घक्कु नलाउनु फुर्ती नलाउनु बरै !!!

तिम्रो अनुहारको स्वरुप हांडिमा छ ।

 


Write A Suggestion

%d bloggers like this: