धर्म त्याग जघन्य अपराध हो। आफुलाई यस धर्तिमा जन्म दिने तथा लालनपोषण गर्ने मातृ तथा मातृभुमीको छातिमा लात्ती हान्नु हो।


Numa Nath Pyakurel—————

धर्म त्याग जघन्य अपराध हो। आफुलाई यस धर्तिमा जन्म दिने तथा लालनपोषण गर्ने मातृ तथा मातृभुमीको छातिमा लात्ती हान्नु हो।

धार्मिक आस्थाको आधारमा कसैप्रती घृणा तथा अमानविय व्यवहार गर्नुपनी त्यत्तिकै अपराध हो।

उपभोक्ता वादी शोच त्यागेर, शान्ती, प्रेम र सहृदयताको राजमार्ग बाटमात्रै समृद्धि र सम्म्पन्नताको लक्ष हासिल गर्न सकिन्छ।
जसले धर्म त्याग्न सक्छ, त्यसले आमा बेच्न सक्छ, सिद्धान्तको दुरुपयोग, घृणा, हिंसा, प्रतिशोध, कुसंस्कारको संस्थागत विकास तथा नियंत्रित संक्रमणकाल लम्ब्याएर आफ्नो स्वार्थी अभिष्ट पूरा गर्न सक्छ।
…हाम्रा पिता पुर्खाले बिभिद, जात, जनजात, धर्म, भाषा, भेष, सम्प्रदाय, संस्कृति अभ्यास गर्न सिकाएका छन् त्यो हाम्रो मौलिकता हो।

धर्म मान्ने, नमान्ने, भौतिकवादी, आध्यात्म वादी, एकल राजा, दुई राजा तथा वहुराजा, राजतन्त्र, गणतन्त्र, धर्म सापेक्षता, धर्म नितपेक्षता, लोकतन्त्र, प्रजातन्त्र, ज्ञान बिज्ञान, कला संस्कृति सबै दिएका छन्।
भो अति भो, घृणा, प्रतिशोध, हिंसा, द्वेष, क्लेष, तुष्टताको नसा सेवन गरेर गहिरो निद्रामा परेको। अब जागौँ, उठौँ, लम्कौँ, चम्कौँ यो देशको शिर उच्चपार्नलाई।
मौलिक सिद्धान्त, अवधारणा, नीति र पद्धति स्थापना र बिकास गर्न सबै किसिमका घृणा तथा मतभेद त्यागी गर्वले भनौं, हामी नेपाली र हाम्रो नेपाल।

(यो विचार सम्बन्धित ब्यक्तिको  निजि बिचार हो)


Write A Suggestion

%d bloggers like this: