नेपाल मात्र मा 25 अर्बको मोबाइल आयात


Samsung Mobile Rate kimat

गत आ .व मा चाइनाबाट मात्रै १७ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । यो क्रममा ५२ लाखभन्दा बढी मोबाइल सेट चाइना हुँदै नेपाली बजारमा भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार गत आवमा नेपालमा चाइनाबाट १७ अर्ब ४२ करोड ६२ लाख रुपैयाँको ५२ लाख ४१ हजार पाँच सय ७८ सेट आयात भएको छ । यो चाइनाबाट आयात भएको आव ०७२÷७३ को तुलनामा २५ प्रतिशतले वृद्धि हो । उक्त आवमा चाइनाबाट १३ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ बराबरको ४४ लाख ६२ हजार मोबाइल सेट नेपालमा भित्रिएको थियो ।

नेपालमा अहिले ६२ भन्दा बढी देशबाट मोबाइल आयात हुँदै आएको छ । त्यसमा चाइनाबाट सबैभन्दा बढी मोबाइल आयात भएको छ । गत आवमा कुल २२ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको ५९ लाख ५४ हजार पाँच सय ३८ वटा मोबाइल सेट भित्रिएकोमा ८८.०२ प्रतिशत मोबाइल सेट चाइनाबाटै आयात भएको छ भने भ्यालुको आधारमा चीनबाट आउने मोबाइलले ७७ प्रतिशत बजार ओगटेको छ ।

यसको प्रमुख कारणका रूपमा बजारमा बढ्दो चाइनिज मोबाइल ब्रान्डको उपस्थिति पनि हो । नेपालमा यो वर्ष मात्र झन्डै आधा दर्जन नयाँ चाइनिज ब्रान्डका स्मार्टफोन भित्रिएका छन् । भित्रिएकामध्ये कतिले ब्रान्डले आफ्नो बजार सिर्जना गर्न सफल भएका छन् भने कतिपय ब्रान्ड बन्द नै भइसकेका छन् । त्यस्तै, नेपालमा भित्रिने सामसुङबाहेकका सबै ब्रान्डका मोबाइल चाइनामा एसेम्बल भएर आउने भएकाले पनि यस्तो भएको हो ।

यसका साथै पछिल्लो समय चाइनिज स्मार्टफोनप्रति ग्राहकको बढ्दो आकर्षणले पनि यो अवस्था सिर्जना भएको बताउँछन् हुवावे मोबाइलका नेपालका लागि बजार व्यवस्थापक सुमित प्रधानांग । उनका अनुसार चाइनाबाट एसेम्बल भएर अन्य ब्रान्डका मोबाइल पनि नेपालमा भित्रिने भएकाले पनि चाइनाबाट आयात हुने मोबाइलको संख्या ठूलो भएको हो।

नेपाल मोबाइल आयातमा हुने तीन ठूला देश चाइना, भियतनाम र भारतबाट कुल मोबाइल सेट आयातको ९९.८३ प्रतिशत मोबाइल आयात हुने गरेको छ भने भ्यालुका आधारमा ९९.६० प्रतिशत मोबाइल यी तीन देशबाट आयात हुने गरेको तथ्यांकले देखाएको छ ।


Write A Suggestion

%d bloggers like this: