ऋषि र कृषि

डा. कुलराज चालिसे  Kul Raj Chalise

—–
अन्य प्राविधिकक्षेत्र जस्तै कृषिक्षेत्र पनि क्रमिक परिवर्तनको दवावबाट मुक्त छैन । पहिला जीवन निर्वाहको निमित्त गरिने कृषिकर्म अहिले बढ्दो जनसंख्याको आवस्यकता पूरा गर्न व्यावशायिक कृषिमा परिणत हुदै गएको छ । व्यावशायिकताको चक्करमा वनश्पतिको प्राकृतिक स्वभावमा नै परिवर्तन गरेर वेमौसमी र वर्णसंकरताले प्राथमकिता पनि पाएको छ । रासायनिकमल, किटनासक औषधि र उन्नत वीउको प्रयोग त ब्यावशायिक कृषिको अभिन्न अङ्ग नै बनेको छ । माटोको उर्वराशक्ति र उपभोक्ताको स्वास्थ्य उपर धेरैको ध्यान गएको छैन । यस्तै छ नेपालमा कृषि विकासको हविगत । गोलाद्र्धको विभिन्न कोणबाट ब्याबशायिक कृषिलाई परिभाषित् गर्ने पृथक दृष्टिकोण सार्वजनिक हुदै गएको सूचनामा धेरै कमको ध्यान आकर्षित भएको छ । माटोको उर्वराशक्ति नष्ट नहुने गरेर दिगो उत्पादनको प्रविधि अवलम्वन गर्ने झिनो तर शक्तिशाली आवाजले हाम्रो कानको जालि भेदन गर्न अभैm सकेको छैन । साथै अन्न जीवनको निमित्त अत्यावस्यक औषधि भएकोले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर नपर्ने गरेर गुणस्तर कायम गर्नुपर्ने शास्त्रीय तर्क हामी आँफैले भुल्दै गएका छौ । व्यावशायिक कृषिको परिभाषा अव पहिलाको जस्तो परिमाण केन्द्रित नभएर गुणस्तर केन्द्रित भएको तर्फ सरकार तथा जनता, उत्पादक तथा उपभोक्ता अनभिज्ञ नै छौ ।

माटोको उत्पादकत्व नाप्ने अवधारणामा धेरै परिवर्तन भएको छ । मुरी, पाथी, मन वा क्वीण्टलले उत्पादकत्व नाप्ने मान्यतालाई मूल्यले मापन गर्न थालिएको छ । उत्पादन परिणाम कम हुँदा पनि बजारमूल्य आकर्षक हुन्छ भने भिन्नताको खेतीमा क्रमशः आकर्षण बढ्दै छ । ऋषि कृषिको हाम्रो मौलिक सस्कृतिले पून स्थान लिदैछ । ब्याबशायिकताको चक्करमा कृषिप्रविधि पून प्रकृति संग समाहित हुँदैछ ।
सन् १९२१ देखी १९३० सम्म भारतभूमिमा परम्परागत कृषि प्रविधि सिकेर ब्रिटेन फर्कनुभएका अल्बर्ट हवार्डले सन १९४० मा आप्mनो भारतीय कृषि अनुभवलाई परिस्कृत गरेर प्रकाशन गर्नुभएको प्रतिवेदन विश्वभर फैलिएर सन् १९७२ मा प्राङ्गारिक कृषि अभियानको विश्वव्यापी संजाल (क्ष्ँइब्ः० मा रूपान्तरण भयो । यसै विचमा सन् १९४७ मा जापानिज अभियन्ता मासानोबु फुकुवोकाले नेचुरल फार्मिङ्ग र सन् १९२४ मा रूडोल्फ स्टेइनरले पृथक ढङ्गले प्राङ्गारिक कृषिको वकालत गर्नुभयो । सन् १९७८ मा विल मोलिसनले पर्माकल्चर भन्ने शब्द प्रयोग गरेर वातावरण तथा समाजमैत्री कृषि प्रविधिलाई विश्वब्यापिकरण गर्नुभयो । भारतभूमिमा अवलम्बन गरिएको परम्परागत कृषि भन्दापनि उच्च गुणस्तरीय कृषिप्रविधि नेपालको पहाडी भूभागमा प्रचलित थियो । पुराणकालमा ऋषिमुनिको गन्तब्य तथा त्यसपछि पनि यातायातको असुविधा तथा अंग्रेजदासताबाट ग्रसित नभएको कारणले गर्दा नेपालको मौलिक प्रविधि अल्वर्ट हवार्ड जस्ता खोजकर्ताको नजरबाट ओझेलमा परेकोले ऋषि कृषि प्रबिधिले ओतप्रोत थियो । हामीले त्यसलाई बेच्न सकेनौ । हाम्रो मौलिक प्रविधि सन् १९५१ पश्चात अमेरिकी सहयोग नियोग, यूनाईटेड मिसन टु नेपाल तथा स्वीस सहयोग नियोगको प्रवेश पश्चात मात्र प्रदुषित हुन थालेको हो । स्थानीय वातावरण, वीउ, मल तथा प्रबिधि भन्दा बाह्य प्रविधिले मौलिक प्रविधिलाई विस्थापन गर्ने नीतिलाई प्राथमिकता दिन कृषि विषयका तालिम केन्द्र स्थापना गर्नाको साथै कृषि विषयमा उच्च शिक्षा दिने व्यवस्था पछि त द्रुत गतिमा ऋषि कृषि प्रविधिमा ह्रास आयो । आजका दिन सम्म आउदा हाम्रो मौलिक प्रविधिको साथमा रैथाने वीउ पनि हराई सकेको छ । मौलिक प्रविधि र वीउको ह्रासबाट चिन्तित योगी नरहरिनाथःले आप्mनो ऐतिहाँसिक शिखरिणी यात्रामा ऋषि कृषिलाई वैदिक साम्यवादको अङ्ग बनाउनु भयो । पुस्तक सवैको हातमा नपुग्ला र पुगेको हकमा पनि शिष्यले प्राथमिकता नदेलान् भनेर चितवन वागिश्वरीधाममा स्थानीय गौशालाको स्थापना गर्नको साथै आप्mनै कुटी अगाडीको पीपल चौतारीमा ऋषि कृषि प्रविधिलाई संकेत गर्ने शिलालेख राखिदिनु भयो । तर पनि हाम्रो चेत खुलेको छैन । माथि उल्लेख गरे अनुसार हाम्रै प्रविधिको सिको गरेर सिफारिस गरेको प्राङ्गारिक कृषि, प्राकृतिक कृषि तथा पर्माकल्चर अझै सम्म कृषिपर्यापर्यटनको दायरा नाघेर आम उपभोक्ताको प्राथमिकता हुन सकेको छैन । त्यो पनि विदेशबाट प्रमाणिकरण गरेर मात्र गरेका छौ । धर्मसापेक्षता वा नीरपेक्षताको लडाईमा जनता उचाल्ने धर्मभिरूले आप्mनै मौलिक प्रविधिलाई प्रमाणिकरण गर्ने हैसियत सम्म नराख्दा दुःख लाग्छ ।
अन्नं व्यजानात । अन्नं न निन्द्यात् । अन्नं न परिचक्षीते । अन्नं बहु कुर्वीत तद् व्रतम् । बहुधान्य बसुन्धरा । अन्नदानं महादानं । अन्नाद् भवति भूतानि । प्रर्जन्यादन्नसम्भवः । यज्ञाद् भवति पर्जन्यः । यज्ञः कर्मसमुद्भवः । कर्म ब्रह्मोद्भव विद्धि । ब्रह्माक्षरसमुद्भवम् । तस्मात्सर्वगतं ब्रह्म । नित्यं यज्ञे प्रतिष्ठितम् । यज्ञो वै शिवः । यज्ञो वै शक्तिः । यज्ञो वै विष्णुः । यज्ञो वै ब्रह्मः । ब्रह्मार्पणं ब्रह्म हविः । ब्रह्माग्नौ ब्रह्मणा हुतम् । ब्रह्मैव तेन गन्तव्यम् । ब्रह्मकर्म समाधिना ।

आदि वेदका मन्त्रहरू उल्लेख गर्दै योगीले ऋषि कृषिलाई वीउको सुरक्षा, पानीको गुणस्तर, उत्पादित कृषि उपजको उपयोग तथा उत्पादन प्रविधिलाई वेद अनुकुल हुनुपर्ने बताउनु भएको छ ।
पानीको उद्गम श्रोत हिमालय, पहाड वा समुन्द्र मध्य कुन हो ? पानीको गन्तव्य समुन्द्र वा चन्द्रमा कता हो ? भन्ने प्रश्न धेरै हकमा विवादित हुनसक्छ । तर निरन्तर चक्र पद्धत्तिमा रहने पानी नै उत्पादनको प्रमुख आधार हो भन्नेमा कही कतै विवाद छैन । समुन्द्रको पानी क्षारीय भएकोले उपभोग्य हुँदैन । त्यसैले उपभोग्य पानीको श्रोत हिमाल र पहाडबाट बग्ने नदीलाई मात्र मानिएको छ । वायुमण्डलको उचाईमा प्रशोधन भएर पहाडमा वर्षिएको पानी नै जमिन भित्र पुगेपछि मूल फुट्छ । त्यसैले होला धेरै पानीविज्ञहरू ताजापानी पृथ्वीको गर्भबाट आउछ भन्ने भ्रममा पर्नु भएको छ । यज्ञअनुष्ठानको चोखो धुवा वायुमण्डलको उचाईमा पुगेर चोखोपानी बटुलेर हिमालमा हिउ वर्षाउने भएकोले हिमाललाई चोखोपानीको भण्डार मानियो । जमिन भित्रको पानी वायुमण्डलमा पठाउन बरपीपलको चौतारीलाई प्राथमिकता दिईयो । वर्षाको पानीलाई जमिन भित्र सोसाउन पोखरीलाई जोड दिईयो । माटोको उर्वरा कायम राख्न गाईको मललाई जोड दिईयो । यस्ता धेरै सुत्रहरू गुणस्तरीय कृषि उत्पादन संग गासिएको हाम्रो परम्परागत सस्कृतिलाई हामीले निरन्तर वकालत गरेनौ । क्षारसागर, क्षीरसागर र नीरसागरको भिन्नता बुझ्न सकेनौ ।

वगेको पानीले जत्ति लामो यात्रा गर्छ, त्यत्ति नै गुणस्तर ह्रास हुन्छ भन्ने दिव्य मन्त्रलाई भुल्यौ । नारायणको कृतन धेरै भयो तर नारायणले शयन गर्नु भएको क्षीरसागरलाई पटक्कै बुझेनौ । समुन्द्रमन्थन नीरसागरमा भएको थिएन तर काल्पनिक चित्र बनाएर पनि आम जनतालाई भ्रम बाड्यौ । छान्दोग्य तथा तैत्तेरियोपनिषदको मन्त्रहरूको ब्याख्या गरेको भए अल्वर्ट हवार्ड प्राङ्गारिक कृषिको पिता हुन सक्नु हुन्थेन । वाहाले जहाबाट प्रविधि सिकेर जानु भयो त्यही नै वाहाका छोरा जन्मिने थिएनन् ।

पश्चिमालाई प्रमाणपत्र थमाउने हैसियतका नेपालीले पश्चिमबाट अग्र्यानिक उत्पादनको प्रमाणपत्र लिनु पर्थेन । चोखोपानीको महत्त्व बुझेको भए बेंसी, उपत्यका तथा मधेसको जग्गा, पहाडको भन्दा बहुमूल्य हुने थिएन । समय अझै गुज्रिएको छैन । योगीले जोड दिनु भएको ऋषि कृषिलाई अनुसन्धानको माध्यमले प्रमाणित गरेर उच्चपहाडको उत्पादनलाई बहुमूल्यमा बजारिकरण गर्न हामीलाई कसैले रोक्न सक्दैन । कृषि अनुसन्धानमा सकृय अनुसन्धाता तथा शास्त्रका ज्ञाता मिलेर ऋषि कृषि प्रणालि उपर पून सकृय हुन समयले माग गरेको छ । नेपालीले अव परिणामात्मक कृषिबाट गुणात्मक कृषिमा व्यावशायिकता देखाउने बेला भएको छ । कृषि प्रसारमा संलग्न जनशक्तिले पनि अहिले सम्म पढेको ज्ञान थाति राखेर ऋषि कृषिको संम्भाव्यता केलाउन सकृय हुन आवस्यक देखिएको छ ।

Write A Suggestion

%d bloggers like this: