मुस्लिम राष्ट्र पाकिस्तानमा २० वर्षपछि कुनै हिन्दु मन्त्री बन्न सफल भएका छन्।


मुस्लिम राष्ट्र पाकिस्तानमा हिन्दुहरु माथि निक्कै ज्यादति हुन्थ्यो तर अचेल हिन्दु पनि पाकिस्तानमा मन्त्रि बन्न थालेका छन।

पाकिस्तानमा २० वर्षपछि कुनै हिन्दु मन्त्री बन्न सफल भएका छन्।

Islamabad : In this photo released by Pakistan's Press Information Department, newly-elected Prime Minister of Pakistan Shahid Khaqan Abbasi, takes oath from Pakistani President Mamnoon Hussain at the Presidential palace in Islamabad, Pakistan, Tuesday, Aug. 1, 2017. Pakistan's lower house of parliament elected Abbasi as the country's new prime minister, a loyalist of outgoing Nawaz Sharif, who was disqualified by the Supreme Court for concealing assets. AP/PTI(AP8_1_2017_000218B)
पाकिस्तानमा २० वर्षपछि कुनै हिन्दु मन्त्री बन्न सफल भएका छन्। भ्रष्टाचारको मुद्धामा नवाज शरीफले राजीनामा गरेपछि शुक्रबार शाहिद खकान अब्बासीले नयाँ प्रधानमन्त्रीको रुपमा सपथग्रहण गरेका थिए। ४६ सदस्यीय मन्त्रिमण्डलमा ४४ मन्त्रीले शुक्रबार सपथ लिएका थिए। जसमा एक हिन्दुले मन्त्रीको रुपमा सपथ लिएका थिए।

नयाँ मन्त्रिमण्डलमा २८ संघीय र १८ राज्यमन्त्री बनेका छन्। हिन्दु मन्त्री दर्शन लाललाई ४ पाकिस्तानी प्रान्तबीच समन्वयको जिम्मेवारी सुम्पिएको छ। ६५ वर्षीय दर्शन लाल सिन्धको घोट जिल्लास्थित मिरपुर मैथेलो शहरमा चिकित्सक पेशामा कार्यरत छन्।

२०१३ मा उनी दोस्रो पल्ट पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अल्पसंख्यकका लागि आरक्षित सिटबाट नेशनल एसेम्बलीमा चुनिएका थिए।


Write A Suggestion

%d bloggers like this: