साइकल चढ्नेलाई त किचेर ठहरै पारी दिउँला झैँ गर्छन् बा !


Deepak Gajurel

‘वातानुकूलित’ सवारी चढ्नेले हामी / म जस्ता ‘साइकले’ लाई ‘Sub-Human’ जस्तो गरी कमसेकम बाटामा नहेपिदिए हुन्थ्यो । धनको तुजुक आफैँजस्तासँग मात्र देखाए हुने नि !

साइकल चढ्नेलाई त किचेर ठहरै पारी दिउँला झैँ गर्छन् बा !

‘आधुनिक’ शहरिया खुबै जान्ने/सुन्ने ठान्छन् आफूलाई ।

तर प्रकृतिले दिएको शरीरका २०६ वटा हाड र तिनका ‘कब्जा’ चलाउँदा ‘सानो भइन्छ/इज्जत जान्छ/जातै जान्छ भने झैँ गर्छन् ।

अनि एउटा ठग भारतीय व्यापारीको ‘सुझाब’ लाई आज्ञा मानेर ‘लौकाको जुस’ खाएर ‘ठूलो’ भएको ठान्छन् ।

अनेक रोगले थलिएर हप्तैपिच्छे डाक्टरकहाँ धाउनुलाई ‘इज्जत’ ठान्छन् ।

धिक्कार छ यस्तो ‘आधुनिक’ जिन्दगीलाई !


Write A Suggestion

%d bloggers like this: