जीवन मा एउटा निर्दिष्ट सिद्धान्त हुनुपर्छ


Debee Katwal/ Sikkim–

कटुवाल

जीवन मा एउटा निर्दिष्ट सिद्धान्त हुनुपर्छ
अनि कर्तब्य संग जिम्मेवारी बूझ्नु पर्छ ।==========================

शीत र थर्थराउदो जाडो मा बिहानै पुजारी मन्दिर बाहिर निस्किए , उनी जगनाथलाई देखेर हैरान थिए, ” आज सारै जाडो छ , मलाई त भरोसा थिएन कि आज मन्दिर को आरति मा कोहि आउँछ भनेर , तेसैकारण मैले केही पनि गरेको थिएन , अब तपाईं एकजना को लागि तेत्रो के गरि बस्नु होला र… आज आरती नगरू सारै जाडो छ आराम गरू?”, पुजारीले भने

“पण्डितजी म एउटा गरिब खेतीवाला हू , म सधै बिहान सिङताम बजारमा परेवालाई चारो हाल्न जान्छु , त्याहा धेरै परेवा हुन्छन तर यदि कोहि दिन एउटा परेवा हुँदा पनि चारो खुवाएरै आउछु। “, जगनाथले भने।

पुजारी तेति सुनेपछी छक्क् परे, अनि मनमनै भगवानलाई माफी मागे अनि आरती को सामाग्री तयारी मा लागे ,पूरा मन्दिर सफाई गरे , अनि विधि-विधान को साथ आरती सुरु गर्नु भयो।

2 घण्टा वाद आरती पूरा भयो , पुजारीले जगनाथलाई धन्यवाद दिदै भने कि तिमीले मलाई कर्तव्य याद गरायौ ।

जगनाथ केही नबोली उठेर हिन्न थाल्यो। तेस्तो देखेर पूजारिले भने, ” केहि भुल भयो कि केही छुट्यो कि पूजा गराई मा भन्नुहोस म पूरा गर्नेछु ?

म त एउटा गरिब मान्छे हू म के भन्नू र पण्डितजी ; म गरिब खेतिवाला हूँ , तर म जब परेवालाई चारो हाल्न जान्छु यदि त्याहा एउटा मात्रै परेवा आयो भने म झोला मा लगेको सबै चारो एउटैलाई खन्याउदिन ”

पुजारीलाई निक्कै सोच्न कर लाग्यो कि सिर्फ आफ्नो कर्तव्य निभाउनु मात्रै होईन रहेछ , तर परिस्थिति अनुसार काम गर्नु आवश्यक रहेछ, मैले केवल एकजाना जगनाथ को लागि आरती तयार गर्नु थियो , मेरो भुल भयो कि आदत अनुसार सधैं झैँ सबैको अनुसार तयार गरेको थिए

भन्नू यहि हो :=जीवन मा एक निस्चित सिधाान्त हुनु पर्छ अनि ईमानदार भएर कर्तव्य पालन गर्नु पर्छ अनि परिस्थिति अनुसार जिम्मेवारीपुर्ण काम गर्नु पर्छ केवल कर्तब्य पूरा गर्दा मात्र हुदैन ।


Write A Suggestion

%d bloggers like this: