दक्षिण कोरियामा काम गर्दा गर्दै नेपालि युवाको ज्यान गयो


दिपेन्द्र तिम्ल्सिना/ सोल—-

 

दक्षिण कोरियामा कार्यस्थलमा दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ। गुल्मी पुर्कोटका अन्दाजी ३१ वर्षीय विष्णु घिमिरेको कार्यस्थल दुर्घटनामा ज्यान गएको हो। जिन्जुस्थित कुखुराको अण्डा प्रशोधन गर्ने मेशिन बिग्रिएपछि चिगेछा (गहै सामान उचाल्न र सार्न प्रयोग गरिने गाडि)को सहायताले त्यसलाई बनाउन खोज्दा फिता चुँडिएर घिमिरेको टाउकोमा लागेको थियो।

चुडिँएको फिताले जोडले लागेपछि उनी भुईमा ढलेका थिए । भुईमा ढलेका मृतक घिमिरलेलाई उपचारका लागि जिन्जुस्थित स्थानीय अस्पतालमा पुर्याएपनि अस्पतालले उनलाई बचाउन सकेन्। अस्पतालले केहि समयपछि मृत घोषित गरेको उनका सहकर्मीले बताएका छन्। मृतक घिमिरे ईपीएस मार्फत २२ महिनाअघि कोरिया आइपुगेको र कम्पनी परिवर्तन गरेर त्यहाँ पुगेको बताइएको छ।


Write A Suggestion

%d bloggers like this: