सूर्य ग्रहणमा १२घण्टा पूर्व र चन्द्र ग्रहणमा ९घण्टा पहिलेबाट सुतक लाग्छ।


श्रीहरि लक्ष्मण गूरू 

ग्रहण समयमा-
भाेली २:०७ दिउस बाट सुतक
२०७४/४/२३ साेमबार

सूर्य ग्रहणमा १२घण्टा पूर्व र चन्द्र ग्रहणमा 
९घण्टा पहिलेबाट सुतक लाग्छ। यति विधवा
वैष्णव विरक्ति हरूलाई भोजनादिको निषेध
गर्नुपर्छ ।भने बालक, वृद्ध ,रोगीका लागी यो
नियम अनिवार्य छैन ।ग्रहण समयमा भोजन
शौचादि क्रिया पनि निषेध छ देवमूर्ति को स्पर्श
मठ मन्दिर पनि बनद गर्नु पर्दछ।सूर्य ग्रहणमा
पुष्कर,कुरुक्षेत्रमा स्नानको विषेश महत्व ।
भने चन्द्र ग्रहणमा काशी ,देवघाट,वराहक्षेत्र, माईनदी अरुण नदि सभापोखरि मनकामना
आदिको विषेश महत्व दियेको पाईन्छ। ग्रहण समयमा
दानको पनि महत्व छ।ग्रहणको समयमा विहित श्राद्ध
पनि गर्नुपर्छ। काचो अन्न सूवर्ण द्वारापनि गराउने विधा
छ श्राद्ध अवस्यनै गर्नुपर्छ ।
प्रमाण
सर्वस्वेनापि कर्त्तव्य श्राद्धं वै राहु दर्शने।
अकुर्वाणस्तु नास्तिक्यात् पङ्के गौरिव सीदति॥ ( महाभा. स. प.)
तल दिईएको १२ राशीफल मध्ये कुन राशिका लागि शुभ र कुनका लागि अशुभ ?

मेष:> मेष राशी हुने मानिसलाई भोलि सुख र शुभ प्राप्त
हुनेछ।
वृष : योराशी भएकाहरुको मानसम्मानमा कमी हुने
देखिन्छ।
मिथुन : मिथुन राशी भएका व्यक्तिलाई शारीरिक रुपमा
कष्ट हुनेछ।
कर्कट : भोलि कर्कट राशी भएकाहरुको दाम्पत्य जीवन
कष्टपूर्ण हुनेछ।
सिंह : यो राशी भएका मानिसको कार्यसिद्धि हुनेछ।
कन्या : भोलि कन्या राशी भएकाहरुमा चिन्ता तथा तनाव
उत्पन्न हुनेछ।
तुला : तुल राशी भएकाहरुलाई रोग तथा भय हुनेछ।
वृश्चिक : वृश्चिक भएकाहरुलाई भोलि धनलाभ हुनेछ।
धनु : धनु राशी भएका व्यक्तिको धन हानि हुनेछ।
मकर : मकर राशीलाई भोलिको दिन कष्टप्रद रहेको छ।
साथै चोट र भय हुनेछ ।
कुम्भ : कुम्भ राशी भएकोहरुको पनि धनहानि हुनेछ।
मीन : यो राशी भएकाहरुलाई भने भोलि राम्रोछ
योराशि भएकालाई धन र लाभ वृद्धि हुनेछ।


Write A Suggestion

%d bloggers like this: