कलीयुगका वाचस्पतिहरू – नारद ढुंगाना


नारद ढुंगाना—-

कलीयुगका वाचस्पतिहरू ।
००००००००००००००००००००
फटाहा कुरा गरेर केटाकेटीमा बाउआमालाइ अल्मल्याउन सिपालु भएका
मानिस पछि गएर अनेकौं कुतर्क गरेर भगवानको अस्तित्वलाइ फितलो
बनाउन खोज्ने कलियुगका वाचस्पतिहरू आजभोली गल्लिगल्लीमा कुकर
भन्दा पनि सस्ता भएर भुकेदैछन । उनीहरू धर्मशास्त्रमा दिएको उदाहरण
स्वरूप कथाको टिप्पणि गरेर आफुलाइ ठूलै तर्कशास्त्री मान्छन । मैले यस्ता
वाचस्पतिहरू धेरै पाएं ।
भागवत पुराणका कथाहरूमा धेरै जसो कथाहरू आजको मानव जीवनमा
घट्न नसक्ने घटनाहरूको वर्णन छ । जस्तो मान्धाताको पिताबाट जन्म
हुनु । अगस्त्य ऋषिले युगौंसम्म जलसमाधिमा तपस्या गर्नु । अगस्त्यले
इन्द्रको अनुरोधमा अञ्जुलीमा उठाएर सातै समुन्द्र पिउनु । सौभरी ऋषिले
यमुनाभित्र बसेर तपस्या गर्नु । मान्धाताका पचास पुत्रीसित एकै पटक
विवाह गर्नु । भगवान श्रीकृष्णले गोवर्धन पर्वत हातमा लिनु । बलरामले
हलोले तानेर हस्तिनापुर आजको दिल्लिलाइ कोल्टे पार्नु आदि उदाहरण
हरूको विषयमा नास्तिक भावले पूर्ण भएर विपरित टिप्पणी गर्छन ।
वैदिक मान्यताले देख्ने हरेक जीवमा आत्मभाव यदि न देख्ने हो भने
मान्छे के हो त ? क] नाम हो ? रूप हो थर हो ? शरीर हो ? पद हो ?
वास्तवमा के हो त ? जब भगवानपनि भगवान होइन भन्छन भने उ के हो ?
कि,,,,,,,ड,,,,,,,,ड,,,,,,,,,,ड,,,,,,,,ड,,,,,,,,ड,,,,,,,,,ड,,,,,,,,,,,,,ड ।
जे अर्थ लाउनु पर्छ लगाउनुहोस ।


Write A Suggestion

%d bloggers like this: