नेपाली सेनाकै ब्यारेकभित्र एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् ।


सिद्धिबक्स गणका सैनिक बसन्त लोहारले प्युठ पदमा कार्यरत गणेश विष्टको हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। आज विहान ५ बजेतिर सुतिरहेका विष्टमाथि लोहारले सात राउण्ड गोली हानेको उनले बताए।

आफैँले बोकेको एम सिक्टीन हतियारबाट विष्टलाई गोली हान्दा सबै गोली छातीमा लागेको छ।

गोलि हानेको ठाउ फेवाताल किनारको रत्न मन्दिर(तत्कालीन राजदरबार) हो। अहिले उक्त दरबार नेपाल ट्रस्टको स्वामित्वमा छ । यसको सुरक्षा नेपाली सेनाको पोखरा फूलबारीस्थित सिद्धबक्स गणले गर्दै आएको छ ।


Write A Suggestion

%d bloggers like this: