एउटा नया बहस : राज्यराष्ट्रको


Dr.Govinda Upadhyaya

एउटा नया बहस : राज्यराष्ट्रको

पूर्व अख्तियार प्रमुख लोकमान सिंहले भष्टाचार विरुद्ध उठाएका कदमहरूको मूल्यांकन फरक-फरक तवरले गरिन्छ | उनी ठीक थिए कि बेठीक ? यो एउटा वहसको विषय होला तर राजनैतिक, नोकरशाह तथा अवैधमार्गबाट “सम्पत्ति आर्जन” गर्नेहरूको लागि लोकमानको गमनले सजिलो भएको छ |

त्यतिमात्र होइन, राजनैतिक तथा नोकरसाहीका माध्यमबाट शक्तिप्रयोग गरेर अख्तियार प्रमुख बन्ने हरेक व्यक्तिलाई “ठूला माछा”तिर नहेर्न सशक्त चेतावनी दिइयो |

राजनैतिक दलको कृपामा छ वर्षे “सानपूर्ण जागिर” पाउने कुनै पनि व्यक्तिले आफ्ना अन्नदाताहरूलाई आइन्दा नजर लाउने छैनन् | अव यो नजिर बस्यो र नजिर तोड्ने आस नगरे हुन्छ |

न्यायालयतिर पनि यस्तै भएको छ | श्रीमान् सुशिला कार्की एउटा पात्रमात्र हुन् | राजनैतिक दलको भागवण्डा र कृपाबाट श्रीमान् बन्ने व्यक्तिको हुति र आस्था दूबै सम्वन्धित माउँको हातमा हुन्छ |

कुनै ठूलामाछा विरुद्ध मुद्दा पर्दा साथ “सर्वदलीय संयन्त्रको साझा निर्णय” त्यहाँ पनि चल्ने छ | सर्वदलीय संयन्त्रका श्रीमान्हरूको सम्पूर्ण बुद्धिविवेक “जोगाउनेतिर” प्रयोग हुने छ | सर्वदलीय संयन्त्रका निर्णयहरूले यो प्रमाणित भैसकेको छ |

पुलिस-प्रसासन तथा अर्धन्यायिक संस्थाहरूको हविगत सबैलाई थाहा नै छ | यस विषयमा चर्चा गर्नुपर्दैन | नेपाली कानुन पहुच नभएकाहरूका लागि मात्र लाग्छ भन्ने कुरा लुकेको छैन |

माथिल्लो विचार कुनै संस्था वा व्यक्ति विरुद्ध पटक्कै होइनन् | एउटा प्रवृतिगत विषयका आधारमा गरिएको वास्तविक अनुमान हो | राजनैतिक नेतृत्व स्वच्छभए अन्य निकाय स्वच्छ नभई धेरै पाउदैनन् |

नेपाली समाजको विडम्वना नै भन्नुपर्छ – राजनैतिक नेतृत्व र संस्कारले आफु पटक्कै सुध्रन चाहन्न तर अरू सबै सुध्रुन् भन्ने आकाक्षा राक्छ | जरोमै धमिरा लाएपछि रुख हुर्कला र काठ बेचौला भनेर सोच्नु नै गलत हो |

के राजनैतिक नेतृत्वले आफुलाई सकारात्मकदिशातिर वदल्न तयार छन् त ? सम्भवत: अहिले सबैको उत्तर नकारात्मक हुने छ | राजनैतिक नेतृत्वका उत्तरहरू भ्रम तथा जालझेलले भरीभराउ आउनेछन् | उनीहरूसंग बलालिन नसकिने विषयका लागि हजारौं वहाना हुनेछन् तर वदलिनका लागि एउटा पनि कार्ययोजना छैनन् |

वस यहीं नेपाली जनताको दुर्भाग्यको जरो गाडिएको छ | नेपाली जनतासंग दूईबाट विकल्प छन् :(१) यथास्थितिवादी बनेर यिनै राजनैतिक दलको समर्थन गरिरहने र निन्दा पनि गर्ने (२) यी राजनैतिकदलहरूको परित्याग गरेर प्रतिमान परिवर्तनको बाटो अंगाल्ने |

नेपाली जनताको लागि अहिके दूबैबाटो सजिलो छैनन् | जनताको चाहना परिवर्तन छ तर राजनैतिकदलको कार्यकर्ताका रूपमा उनीहरू आफ्नो पहिचान सुरक्षा गर्न चाहन्छन् | अर्को शब्दमा, व्यक्तिगत स्वार्थका लागि राजनैतिक पुच्छर बन्न स्वीकार गर्छन् |

यसै राजनैतिक मंचमा एउटा अर्को उज्यालो तथा आसलाग्दो पक्ष पनि छ | यो पक्ष भनेको जनताहरू पूर्णपरिवर्तनका पक्षमा छन् | सर्वसाधारणमात्र होइन राजनैतिक दलका शिर्षनेताहरूसमेत यथास्थितिवादमा परिवर्तन चाहन्छन् |

महापण्डित चाणक्यले महापद्मको अत्याचारबाट आजित भएपछि “राजनैतिक तन्त्रको परिवर्तन नगरी तुप्पिको शिखा वन्धन गर्दिन” भनेर प्रतिज्ञा गरका थिए | नेपालको राजनैतिक आकाशमा पनि यस्तै समय उपस्थित भएको छ |

राजनीति नै न्याय, समानता तथा शान्तिको जरो हो | नेपालमा भने यो नराम्रोसंग थलिएको छ | जरोमा धमिरो लागेको छ | हाँगाहरू नराम्रोसंग मकिएका छन् | यहाँसम्म कि आयातित र कुहिएको राजनीतिको कारणले छिमेकी समेत आजित भैसकेका छन् |

एस्तो हुनुको मुख्यकारण नेपालका प्रचलित राजनैतिक चिन्तनहरू परदेशी हुनुनै हो | जर्मनको तत्कालीन परिवेशको विश्लेषण गरेर कार्लमार्क्सले १८७८ मा प्रतिपादित गरेको साम्यवाद होस् अथवा हब्सआदिले प्रतिपादन गरेको प्रजातन्त्र वा विपी कोइरालाआदिले भनेको समाजवाद नै किन नहोस्, नेपालीका आफ्ना राजनैतिक चिन्तन होइनन् |

कमसल वा असल जुनसुकै नियतले हाम्रा पूर्वजहरूले उपरोक्त राजनैतिक चिन्तनहरू संगाल्ने प्रयत्न गरे, अहिले आएर ती सबै असफल भए | २००७ साललाई राजनैतिक परिवर्तनको आरम्भ विन्दू मान्ने हो भने २०७३ सम्म आइपुग्दा आधारभूत परिवर्तनको अनुभूतिको गर्न सकेका छैनन् | जे-जस्ता विकासका क्रियाकलापहरू छन् ती सबै समय विशेषले धकेलेर आएका हुन् |

७० वर्षसम्मको लामो अवधिमा आधारभूत परिवर्तनको अनुभूति दिन नसक्ने राजनैतिक चिन्तनहरूलाई “परिवर्तनको संवाहक ठानेर बोक्नु नै गलत छ | ७० वर्षको इतिहासले यी राजनैतिक चिन्तनहरू फेल भएको प्रमाणित भएको छ |

जनताले चाहेको “परिवर्तन”का लागि हामीले आफ्नो कोर्स परिवर्तन गर्नुनै पर्छ | यो परिवर्तन परम्परागत राजनैतिक चिन्तनबाट असम्भव छ | एस्तो असम्भव सम्भावनामा फफलता खोज्नुको साटो बाटो नै परिवर्तन गर्नु बढी हितकर हुन्छ |

“राज्यराष्ट्”को अवधारणा नै परिवर्तनको बलियो बाटो हो | राज्यराष्ट्रले कसरी “परिवर्तन”को चाहना पूरा गर्छ र युगसुहाउँदो विकासको मार्गचित्र प्रस्तुत गर्छ भनेर बुझ्नका लागि डा. निर्मलमणि अधिकारी र डा. गोविन्द शरण उपाध्यायले लेखेको “राज्यराष्ट्र सिद्धान्त र अवधारणानामक पुस्तक खोजेर पढ्नुहोस् वा यसको विद्युतीय प्रति प्राप्त गर्नका लागि म्यासेज बक्समा आफ्नो सम्पूर्ण विवरण नाम, ठेगाना र सम्पर्क नम्वर दिनुहोस् |

सबैको जयहोस् |


Write A Suggestion

%d bloggers like this: