भाषिक विमर्श ,अव्यय र अव्यय को वर्णविन्यास


Lok Mani Paudel

नेपाली कसरी शुद्ध लेख्ने भन्ने शृंखला मा अव्यय र अव्यय को वर्णविन्यास अत्यन्त महत्त्वपूर्ण र नजानी नहुने विषय हो ।

अव्यय का बारे मा धेरै लाई अलमल पर्ने गरेको छ । अलमल हुने दुइटा कुरा छन्– एक त अव्यय भनेका कस्ता शब्द हुन् र दोस्रो अव्यय को वर्णविन्यास कस्तो हुन्छ ? यहाँ हामीले इनै दुई विषय मा छोटो विमर्श गर्ने छौं ।

कुनै पनि पुरुष, लिंग, काल र वचन ले विकार उत्पन्न गर्न नसक्ने पद वा शब्द लाई अव्यय भनिन्छ । अव्यय भित्र क्रिया विशेषण, विभक्ति, निपात, संयोजक र विस्मयवाचक शब्दहरु पर्दछन् ।
जस्तो कि हिजो, भोलि, पर्सि, सुस्तरी, ढिलो, चाहिं, कि, नि, माथी आदि अव्यय हुन् । सामान्यतया वाक्य बनाउँदा इनीहरु मा “हरु” जोड्न मिल्दैन । तल केही उदाहरण बाट थप बुझ्ने प्रयास गरौं ।
राम सुस्तरी खान्छ । हामीहरु सुस्तरी बोल्थ्यौं । रीता सुस्तरी हिँड्ली ।
यी तीनै वटा वाक्य मा सुस्तरी को रुप परिवर्तन भएको छैन । तर
सीता राम्री छिन् । राम राम्रा छन् । म राम्रो छु । यहाँ पुरुष र लिंग अनुसार राम्रो को रुप मा परिवर्तन भएको देखियो । तेसैले राम्रो अव्यय होइन तर सुस्तरी अव्यय हो । राम्रो विशेषण हो । सुस्तरी क्रिया विशेषण ।
अब जाऊँ अव्यय को वर्णविन्यास तिर । अव्यय को वर्णविन्यास का कुरा मा हाम्रा नेपाली गुरुहरु अलमलिएका छन् । तेही अलमल उनीहरु को व्याकरण मा पनि देखिएको छ । भनेका छन्– सबै अव्ययहरु ह्रस्व हुन्छन् । तेसैले अगाडी, पछाडी, माथी आदि कतिपय दीर्घान्त अव्यय लाई पनि ह्रस्वान्त भनेका छन् । तर तेसो होइन । तर तेहींनेर उनीहरु झुक्किएका छन्- सुस्तरी, कसरी, बराबरी अादि लाई दीर्घ लेखेर ।

तेसैले विद्यार्थीहरु सोधिरहेछन्— सुस्तरी, कसरी, बराबरी, हुटहुटी अव्यय हुँदाहुँदै पनि किन दीर्घ भए ? किन भनी (दिनू), खाई (सकी), हिँडी (कन) आदि मा भनी, खाई, हिँडी अव्यय हुँदाहुँदै पनि दीर्घ भए ? कसरी कुनै अव्यय ह्रस्व र कुनै अव्यय दीर्घ भएका हुन् ? र, गुरुहरु लाई अपठेरो परिरहेको छ । विज्ञान सम्मत सूत्र को अभाव ले गर्दा ।

वास्तव मा अव्यय को हिज्जे लाई व्यवस्थित गर्ने सूत्र मैले एस्तो बनाएको छू— प्रत्यय जोडिएर बनेका अव्यय बाहेक सबै अव्यय ह्रस्वान्त हुन्छन् । एउटा ‘लाई’ मात्र अपवाद हो । यो सूत्र अनुसार प्रत्यय नजोडिएका स्वतन्त्र अव्ययहरु ह्रस्वान्त हुन्छन् र प्रत्यय जोडिएका व्युत्पन्न अव्ययहरु दीर्घान्त हुन्छन् भन्ने कुरा सहजै ज्ञात हुन्छ । एसले कुनै अपवाद नराखीकन अव्यय को हिज्जे व्यवस्थित गर्न सक्छ । हाम्रा नेपाली भाषा का हजारौं शिक्षकहरु ले निर्धक्क विद्यार्थी का प्रश्न को उत्तर दिन सक्छन् । यो सूत्र अनुसार अव्यय का दुई वर्ग हुन जान्छन्–
प्रत्यय नजोडिएका स्वतन्त्र अव्ययहरु– हिजो, अस्ति, पर्सि, भोलि, सरि, फेरि, अनि, निम्ति, लागि, तिर, देखि आदि ।
(एउटा (लाई) विभक्ति भने अपवाद बनेको पाएँ । तर त्यो पनि ‘लागि’ बाट खिइएर बनेको रूप भएकाले कतै शुद्ध हिज्जे चाहिं ‘लाइ’ त हैन भन्ने तिर सोच्नु पर्ने समेत देखेको छू ।)

र, प्रत्यय जोडिएका व्युत्पन्न अव्ययहरु– सुस्त+अरी=सुस्तरी, कसो+अरी=कसरी, माथ+ई=माथी, अगि+आडी=अगाडी, पछि+आडी=पछाडी, रात+ई=राती, बराबर+ई=बराबरी इत्यादि ।
एसबाट हामीले बुझ्यौं अगाडी, पछाडी, माथी (माथ तिर), जबरदस्ती, फटाफटी, सुस्तरी आदि अव्ययहरु कसरी दीर्घान्त भए ।


Write A Suggestion

%d bloggers like this: