सन्यास भित्र प्रेम ? हजुरहरु पनि प्रेम गर्नु हुन्छ र?


निर्मल चैतन्य—–

सन्यास भित्र प्रेम ? हजुरहरु पनि प्रेम गर्नु हुन्छ र?संसार देखि अलग भएको मान्छे, हजुरहरु भित्र पनि प्रेम हुन्छ र?

अरे”! म कसरी भनु म भित्र पनि प्रेम छ भनेर, दया करुणा र ममताको झरना नै झंकृत हुन्छ भनेर,।

सुन”!म भित्र प्रेमको अंकुर अंकुरित त्यति खेर नै भई सकेको थियो,जतिखेर म आफ्नो आमाको गर्भमा भ्रूण बनि आएको थिएँ।।
मैले दया ,करुणा,ममता,र स्नेहका पाठहरु आमाको पेटमै हुदा सिक्न पाएं,जब म आमाको पेटमा हुर्की रहेको थिएँ,त्यतिखेर नै मेरी आमाले मलाई प्रेमको स्नेहको पहिलो पाठ सिकाउनु भएको हो,।
ममता भित्र कति शक्ति हुन्छ भन्ने पनि मैले गर्भमैं हूँदा अनुभव गरेको हूँ ,जब म अशक्त थिएँ,मेरो चारैतिर मासुको झिल्लीको पर्खाल थियो, म अचेत थिएँ ,भोक प्यास र बन्धनभित्र बाँधिएको थिएँ,त्यतिखेर मेरा सबै कार्य मेरी आमाले मातृवात्सल्यमय भावमा पूर्ण गर्नु हुन्थ्यो,।आफ्नो शारीरिक पीडालाई बिर्सेर मेरो सुरक्षाको लागि अहर्निश शास्वत रूपेण मेरो प्राण रक्षा गर्न तत्परता देखाउनु भयो मेरी आमाले,,।

मेरो सुख र शांतिको लागि भोजनको स्वाद त्याग गर्नु भयो, मेरो शरीरको सुरक्षाको लागि पाइला पाइला सावधान भएर हिड्नु भयो,पिरो तितो नूनीलो अमिलो सबै भोजनका परिकारको त्याग गर्नुभयो,,वास्तवमा आमाले मेरो रक्षाको लागि दिनको आराम र रातको निद्राको पनि त्याग गर्नु भयो ,,।।मैले त्यही गर्भमैं बुझे प्रेम त त्याग र समर्पणको सरोवर हो भनेर,, मैले म भित्र राखेको प्रेमको पहिलो गुरुनै मेरो आमा हुनुहुन्छ।

जब म ९ महीना पछि आफ्नो प्रेमिका मेरी वात्सल्यमयी प्रेमकी प्रतिमूर्ति आमालाई अतिशय कष्ट दिदै यो धर्तीमा पदार्पण गरें,
त्यतिखेर मेरी आमालाई मृत्युतुल्य कष्ट भयो ,मलाइ आफ्नो नजिक देखेर आफ्नो शारीरिक असहनीय पीड़ालाई बिर्सेर मलाइ वात्सल्य नगरीको सरोवरभित्र स्नान गराउन थाल्नु भयो,
म जन्मेको ४० दिनसम्म शारीरिक पीडाले ओछ्यान समाएकी मेरी आमाले मेरो स्याहार सुसारमा कुनै कमी हुन दिनु भएन,
म बोल्न नसकेको बेला मेरो हाउ भाउले भोक लागेको बेला स्नेही मनले भोजनरूपी स्तनपान गराउनु भयो,
एक्लो भएर जब म जोडले क्रंदन गर्थे सबकाम छोडेर आफ्नो न्यानो काखको स्पर्श दिनु भो,।।
जब म आमाको काखमा बसेर एउटा स्तनमा मुख र अर्को स्तनमा लातले हिर्काई रहेको हुन्थे त्यतिखेर पनि मेरो अनुहारमा आफ्ना कोमल हातहरुको प्रेमिल स्पर्शले प्रेमको सरिता प्रवाहित गर्नु हुन्थ्यो मेरी आमा,।परमात्माले लात खाएर भात दिने शक्ति सारा संसारमा केवल आमालाई दिनु भएको छ,, अब भन मलाइ प्रेमको यति ठुलो कक्षमा राखेकि आमाले मलाइ प्रेम नगरेस भन्नु भयो होला र,।।

मित्र! सुन!
जब देखि म भ्रूण भएर आमाको त्यो गर्भमा आएं ,मैले आमाबाट पाएको पहिलो शिक्षा नै प्रेम हो,। किनकी मैले
पल पल प्रेम पाएं,प्रेम संग खेलें, प्रेम संग प्रेम गरें,।।

6 बर्ष को हुदा मेरो प्रेमिकासंगको बिछोड़ गरायो समयले
मेरो प्रेमिका पहाडमा र म जंगल जंगल भैसी र भरिया संग,, त्यो बिछोडमा आमाको काख सम्झेर मेरा नेत्र विन्दुले सिन्धुको
रूप लिए,अविरल निस्केको बरसातमा मेरा ओछ्यानहरु ओभानो रहन सकेनन।।स्वप्नमा पनि म आफ्नो प्रेम मेरो भगवानलाई “आमाSSSS!! आमाSSSS!! भनेर पुकारी रहन्थें भन्छन मेरा शैशवकाल मित्रहरु।।

जब म अली ठुलो भएँ, चेतना र विवेक मेरा साथी भए, त्यतिखेर, म एउटा चेतना बुद्धि र विवेकले जीवन दर्शन बुझ्ने अभिमानी बन्न पुगेछु, गर्भ देखि चेतनशील हुन सम्म प्रेमले स्नेहिल भावले आमा सहित बाबा र अरु सहयोगी प्रेमीजनको सदासयतालाई तिलांजली दिन पुगेछु।।

आंधी तूफान,उकाली ओराली भित्र शैशव खोजेर पाइन्न सायद,
15 वर्षसम्म जसले प्रेम र वात्सल्य दियो,दया करुणा र ममता को पाठ सिकायो, उसैलाई मैले चेतना आये पछि आफ्नो विवेकले स्वार्थी जस्तै भई एक पलमै सधैको लागि त्याग गरेर जीवनबाट सन्यस्त भएँ,।

मित्र”! मलाइ पुर्ण सम्झना छ, मेरो जीवनको उद्भव नै प्रेमबाट भएको हो , म मनुष्य हुने ख़ुडकिलो पनि प्रेम नै हो, जीवनमा परमात्मा को स्वरूप कस्तो हुन्छ मलाइ थाहा छैन तर जब म यो धरामा पदार्पण गरें त्यो बेला मेरो आँखाले पहिलो दर्शन कसैलाई गरेका थिए त ती मेरी आमा मेरी प्रेमिका थिइन।।
प्रेम नै भक्ति हो भक्ति नै रस हो रस नै परमात्मा हो उपनिषद भन्दछन।।,”रसो वै स: अर्थात परमात्मा रस स्वरूप हुनुहुन्छ।।
मेरो पहिलो प्रेम गुरुलाई म यति भन्न चाहन्छु।।

त्यो तिम्रो स्वच्छ चित्रमा म देख्छु आत्मभावले।।
द्वार मिल्ने देवको त्यो प्रेमका प्रभावले।।
नजर भरी जहां कहीं छ भाव दिव्य निश्छल।।
छ भक्ति सत्य प्रेममा छू प्रेमी भक्त निर्मल।।

निर्मल चैतन्य निर्मल चैतन्य निर्मल चैतन्य

२०७४/५/१गते बिहीबार
साझ ६ बजे


Write A Suggestion

%d bloggers like this: