चिन्यौ त ? म त नेता हूँ

Lok Mani Paudel

मैं हूँ किसान को नेता झूट को खेती गर्छु मँ
मैं हूँ व्यापार मा पक्का फूट को खेती गर्छु मँ
तीस हज्जार खाएर लाखौं खर्चन सक्छ को?
चिन्यौ त? म त नेता हूँ सिंगो नेपाल देश को

भ्रष्ट आचार सिक्दै थें रातो पास्पोर्ट बेचियो
सुविधा मा लिइ गाडी नाफा खाएर बेचियो
लोग्ने मान्छे हवस् किन्तु सुत्केरी बन्न सक्छ को?
चिन्यौ त? म त नेता हूँ तिम्रो नेपाल देश को

इतिहास पढेका छौ कतिऽ भूभाग बेचियो
नदीनाला पनिऽ बेच्यौं अस्मिता पनि बेचियो
आफ्नी आमा पनिऽ बेच्ने सामर्थ्य राख्न सक्छ को?
चिन्यौ त? म त नेता हूँ छाडा नेपाल देश को

हिंसा, हत्या र आतंक जरै देखि मँ भित्र छ
ठान्छू गुण्डा ठूला मान्छे मेरो दृष्टि विचित्र छ
लाश को काँध मा टेक्दै कुर्सी मा पुग्न सक्छ को?
चिन्यौ त? म त नेता हूँ जन्मेको बुद्ध देश को

दैवी आपद् विपद् पर्दा पनि हाँस्छु मनैमन
मिलाई खान्छु जे आयो सहयोग भनीकन
तेसैमा भोट का लागि चर्को भाषण गर्छ को?
चिन्यौ त? म त नेता हूँ दैवी नेपाल देश को

अरबौं औषधी किन्न खर्चन्छ देश ले ममा
सिटामोल नपाएर मर्छन् यी जनता यहाँ
रुघा को औषधि गर्न विदेश जान सक्छ को?
चिन्यौ त? म त नेता हूँ रोगी नेपाल देश को

भोट माग्ने कुरा पर्दा पाउ मा पनि पर्दछू
जिते पछि भने फेरि भेट्यो कि पर सर्दछू
मान्छे मारेर नेता को उपाधि जित्न सक्छ को?
चिन्यौ त? म त नेता हूँ सोझो नेपाल देशको

रचना हरु लेखिन्छन् मेरै गाली गलोज मा
पत्रिका हरु छापिन्छन् गाली वर्षाउँदै ममा
मैले जस्तै एति गाली खाएर हाँस्न सक्छ को?
चिन्यौ त? म त नेता हूँ उँचा नेपाल देश को

जे गर्छू जनता कै नै नाम पारेर गर्छु मँ
म हार्दा जनता हार्छ जित्दा जित्छ जनार्दन
बलात्कार पनिऽ उन्कै नाउँ मा गर्न सक्छ को?
चिन्यौ त? म त नेता हूँ यौटा नेपाल देश को

–लोक मणि पौडेल
नवलपरासी, २०७१–०३–२५

Write A Suggestion

%d bloggers like this: