अस्ट्रेलियामा होली फुड फेस्टिबल सम्पन्न

अस्ट्रेलियामा दोश्रो होली फुड फेस्टिबल मेला सम्पन्न भएको छ । कमेरो इभेन्टको आयोजनामा रकडायलमा फेस्टिबल भएको हो ।

फुड फेस्टिबलमा सहभागीहरुले रङसँग मात्रै खेलेनन्, कलाकारहरुको प्रस्तुतिबाट उत्तिकै मनोरञ्जन लिएका थिए ।  गायक निमा रुम्बा, किरण श्रेष्ठ, सविन कार्की, नेतेशजंग कँवरको गीतमा दर्शक झुमेका थिए ।

 

कमेरो ईभेन्टका सुरज सुवेदीले नेपालीहरुलाई मनोरञ्जनसँगै भेटघाटको वातावरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

फेस्टिबलमा नेपाली र विदेशी गरी झण्डै ७ हजार सहभागी भएको ओजोन एक्स्पिडिसनका सञ्चालक राम लोहनि ले  बताए ।

Write A Suggestion

%d bloggers like this: