प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न


काठमाडौँ, २४ असोज (रासस) ः प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज गोरखा जिल्लास्थित श्री रणसिंह दल गण र धादिङस्थित श्री नं ६ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले उक्त बाहिनी र गणको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिनु भएको थियो ।

उहाँ आजै काठमाडौँ फिर्ता हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


Write A Suggestion

%d bloggers like this: