अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता


काठमाडौँ, ९ कात्तिक :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको एक दिने भ्रमण सम्पन्न गरी आज राति स्वदेश फर्कनुभएको छ ।

इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन भारतको नयाँदिल्ली आजै प्रस्थान गर्नुभएका अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

उहाँले नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुभएको नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुग्नुभएको थियो ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ ।


Write A Suggestion

%d bloggers like this: