हेटौँडालाई स्थायी राजधानी बनाउन माग

हेटाँैडा, २१ कात्तिक : उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटाँैडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ ।

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटाँैडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटाँैडालाई स्थायी राजधानी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले हेटाँैडा सबै दृष्टिकोणले स्थायी राजधानीका लागि उपयुक्त भएकाले सबैको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

प्राध्यापक रामविलाश यादवले हेटाँैडा प्रदेश नं ३ को नाका भएकाले प्रदेशको लागि उपयुक्त भएको धारणा राख्नुभयो । व्यवसायी रामप्रसाद घिमिरेले हेटाँैडा प्रदेशको राजधानी भएमा यस क्षेत्रको थप विकास हुने बताउनुभयो ।

क्रसर उद्योग सङ्कटमा

मकवानपुर जिल्लामा सञ्चालित क्रसर उद्योगहरू सङ्कटमा परेका छन् । प्रदेश र सङ्घीय सरकारले क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि त्यहाँ सञ्चालित उद्योगहरू बन्द भएका छन् । उद्योग बन्दको कारण ढुङ्गा, गिट्टी र बालुवाको कारोबारमा समस्या आएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले क्रसर उद्योग बन्दका कारणले विकास निर्माण, भवन, आवास, पुल, कल्भर्टलगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको जनाएका छ ।

जिल्ला समन्वय समितिले प्रदेश नं ३ सरकार र सम्बन्धित सङ्घीय सरकारलाई पत्राचार गरी क्रसर उद्योग सञ्चालन गर्न आग्रह गरेको छ । क्रसर उद्योगको कारणले वातावरणमा असर पुगेको, मानवबस्ती जोखिममा परेको र प्राकृतिक विपत्ति बढेकाले उद्योग बन्द गरिएको बताइएको छ ।

Write A Suggestion

%d bloggers like this: