सुपरस्टार क्रिस्टियानो रोनाल्डो बालोन डी ‘ओरको हकदार


टुरिन (एजेन्सी)– युभेन्ट्सका मिडफिल्डर ब्लाइस माटुइडीले सहकर्मी सुपरस्टार क्रिस्टियानो रोनाल्डो बालोन डी ओरको हकदार भएको बताएका छन् । पाँच पटक बालोन डी ओर जितिसकेका रोनाल्डोले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

रियलले लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । ३३ वर्षे रोनाल्डो यो सिजनको सुरुवातमा रियलबाट युभेन्ट्स पुगेका थिए । अहिले सहकर्मी मातुडीले रोनाल्डोले छैटौं पटक बालोन डी ओर जित्ने विश्वास गरेका छन् । ‘रोनाल्डो जितका हकदार हुन्,’ उनले भने, ‘उनी जहिले पनि जित्न चाहन्छन् र त्यसले उनलाई फरक पनि देखाउछ ।’

युभेन्ट्स पुगेयता सिरि ‘ए’ का १४ खेलमा १० गोल गरिसकेका रोनाल्डोले ५ गोलमा एसिस्ट गरेका छन् । रोनाल्डोको महत्वपूर्ण उपस्थितिमा युभेन्ट्सले सिरि ‘ए’ मा मजबुत सुरुवात गरेको छ । सिरिएमा ८ अंकको अंग्रतासहित शीर्ष स्थानमा रहेको युभेन्ट्स समूह चरणको अन्तिम खेल अघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको छ ।

यो सिजन च्याम्पियन्स लिगको समूह चरणमा भने युभेन्ट्स रोनाल्डोको पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । त्यसपछि भने टोलीले उच्च प्रदर्शन गर्दै आएको र टोली च्याम्पियन्स लिग जित्न आतुर रहेको माटुइडीले बताएका छन् ।

 


Write A Suggestion

%d bloggers like this: