भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने तयारी : प्रधानमन्त्री ओली

  • 22
    Shares

काठमाडौँ, २३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।” 

समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पु¥याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।” 

आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधा जति भ्रष्टाचार रोकिएला नेपालमा ? सुन्दा अप्रिय लागे पनि कि भ्रष्टाचार गर्दै नगरौँ, कि गर्ने भए साँचो कुरा गरौँ ।” 


  • 22
    Shares

Write A Suggestion

%d bloggers like this: