काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदाे साता इन्टरनेटमा आधारित सिमकार्ड (ई-सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ ।
हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई-सिम ल्याउन लागेकाे हो ।
त्यसका लागि आवश्यक सम्पूर्ण परीक्षण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
‘हामीले ई-सिमका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गरिसकेका छौं,’ टेलिकम स्राेतले भन्यो, ‘टेलिकम बोर्डलाई ई-सिमको बिक्री वितरणबारे जानकारी गराउनुपर्ने हुँदा त्यसैको पर्खाइमा अड्किएको हो । यो साताभित्र बोर्डलाई जानकारी गराउने र अर्काे सातादेखि सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ ।’