चित्लाङको नामकरण सम्बन्धमा ‘चित्लाङ अर्थात् सम्राट अशोकले छोरी चारुमती कानाममा चावहिलमा बौद्ध बिहार निर्माण गर्नुअघि चैत्य बनाएको जनश्रृति छ। काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ। जसअनुसार सबैभन्दा कम दूरी कलंकी हुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ। काठमाडौंबाट मातातीर्थ सःखेल हुँदै जाने हो भने करीब २७ किलोमिटरमा चित्लाङ पर्छ। दक्षिणकाली फर्पिङ कुलेखानीभएर जाँदा ५२ किलोमिटरको दूरीमाचित्लाङ पुगिन्छ।
अर्कोअझै थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ। काठमाडौंबाट नजिकै, फरक र सुन्दर जसको पनि मन खिच्न सक्ने एउटा टुक्रा हो, चित्लाङ। मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं. १० मा पर्ने ठाउँ हो चित्लाङ। विशेषगरी काठमाडौंमा धुलो बढी भएर होला खुल्ला र नीलो आकाशकमै देख्न पाइन्छ। चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ। तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन छ। त्यसपछि रातमा क्याम्प फायरको मज्जा। चित्लाङमा साँझ परेपछि जाडो हुने भएकाले क्याम्प फायरको मज्जा हुन्छ।
इन्द्रसरोवर ताल
चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर ताल र चन्द्रागिरिसम्म हाइकिङ गर्न सकिन्छ। विद्युतआपूर्ति गर्दै आएको इन्द्रसरोवर ताल नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय हो। यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ। जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित छ।
लेखानी अर्थात इन्द्र सरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ। मार्खु र कुलेखानी अन्तर्गतका गहिरो खोँचमा बाँधबाँधी नदी नालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय इन्द्रसरोवर आफैँमा एक नौलो नमूना हो। करीब ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मानव निर्मित ताल अवलोकन जो कोहि उत्साहित हुन्छन्। कुलेखानी वरिपरिका हरिया पाखा र डाँडाकाँडाका मनमोहक दृश्यले सबैलाई मोहित बनाउनेछ।
पर्यटनलई प्रर्बद्धन गर्दै आफ्नो कला संस्कृतिको जर्गेना गर्दै समग्र देशको विकास गर्ने लक्ष्य स्थानीय सरकारले समेत राखेको देखिन्छ। मकवानपुरको दक्षिणकाली मन्दिर, पाथिभारा माताको मन्दिर, त्रिखण्डी मन्दिर, वंशगोपाल मन्दिर, मनकामना मन्दिर आदि विशेष महत्व राख्ने र भक्तजनहरूको भीड लाग्ने धार्मिक पर्यटकीय स्थलअन्तर्गत पर्दछन्। आन्तरिकदेखि बाह्य पर्यटकहरुलाई आकर्षण गर्न ती केन्द्ररुरुको परिचय, मान्यता, महत्व, ऐतिहासिक विषयलाई सबैले मनन गर्नु पर्दछ।