काठमाडौं । मेटाले पैसा तिरेर फेसबुक र इन्स्टाग्राम चलाउने फिचर ल्याउने भएकाे छ । त्यसका लागि कम्पनीले एक छुट्टै समूह नै तयार पारेको छ ।
उक्त समूहले आफ्नाे प्लेटफर्ममा प्रयोगकर्ताले पैसा तिरेर प्रयोग गर्नसक्ने सेवा र फिचरको पहिचान तथा निर्माण गर्नेछ । पछिल्लो समय घट्दो आम्दानीलाई लिएर कम्पनीले यो कदम चालेको बताइएको छ ।मेटासँग फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता प्लेटफर्म छन्, जसका अर्बाैं प्रयोगकर्ता छन् । तर, पनि एप्पलको विज्ञापन ट्रयाकिङ र सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कम लगानी हुन थालेपछि मेटाले आम्दानी गुमाइरहेकाे छ ।
यस्तोमा कम्पनीले प्राप्ति राय चौधरीको नेतृत्वमा ‘मनिटाइज एक्सपिरियन्स’ नामक समूह खडा गरेको हो । यसअघि चौधरी मेटाको अनुसन्धान टिमको प्रमुख थिइन् ।चौधरीको नेतृत्वले कम्पनीलाई आम्दानीका नयाँ स्रोतहरु पहिल्याउ सहयाेग गर्ने बताइएकाे छ ।हुन त अझै पनि कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोत विज्ञापन नै हो । त्यो हुँदा विज्ञापन बढाउनु नै कम्पनीको सबैभन्दा ठूलो लक्ष्य हुने यसअघि कम्पनीको मनिटाइजेशन ओभर्सिज ग्रुगमा उपाध्यक्ष जोन हेगम्यानले बताएका थिए ।
तर, सँगै थप नयाँ आम्दानीको स्रोतको रुपमा नयाँ प्रडक्ट र फिचरमा काम गर्ने तयारी मेटाले गरेको हो ।हालसम्म कम्पनीले कस्तो फिचर र प्रडक्ट फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राममा थप हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । केही खबरअनुसार प्रयोगकर्ताले फेसबुक लगायतका प्लेटफर्ममा सशुल्क फिचर थप्ने तयारी गरिरहेकाे छ ।