Sunday, September 15, 2024
Google search engine
Homeअन्यसामसङको ए २३ फाइभजी स्मार्टफोन बजारमा

सामसङको ए २३ फाइभजी स्मार्टफोन बजारमा

काठमाडौं । सामसङले सामान्यतया मिड रेन्ज र सो भन्दा माथिको महँगा फोनमा ५,००० एमएएचको क्षमताको ब्याट्री उपलब्ध गराउने गर्छ । तर यो पटक भने सामसङले मिडरेन्ज भन्दा सस्तो स्मार्टफोनमा पनि कम्पनीले ५,००० एमएएचको ब्याट्री उपलब्ध गराएको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको ग्यालेक्सी ए२३ फाइभजीमा ५,००० एमएचको ब्याट्री उपलब्ध छ । २९९ डलर मूल्य रेन्जको मोबाइलमा कम्पनीले बिरलै ५,००० एमएएचको ब्याट्री उपलब्ध गराउने गर्छ ।

यसैले पनि ग्यालेक्सी ए२३ ले राम्रो बजार पाउने अनुमान गरिएको छ । ब्याट्री क्षमताबाहेक यस स्मार्टफोनमा अन्य थुप्रै फिचरहरू पनि उपलब्ध छन् ।

फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.६ इन्चको डिस्प्ले छ भने यसमा क्वालकमको स्न्यापड्रागन ६९५ प्रोसेसर उपलब्ध छ । ६४ जीबीको इन्टरनल स्टोरेज सहित यसमा १ टीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिनेछ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा पनि दिइएको छ । कम्पनीले यो फोनलाई फाइभजी सपोर्ट गर्ने सबैभन्दा सस्तो फोनको रुपमा दाबी गरेको छ ।

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments