Sunday, September 15, 2024
Google search engine
Homeअन्तर्राष्ट्रिय समाचारबेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको  स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो ।


केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार  निधन भएको डेल्ली मेलले जनाएको छ ।

महारानीको  निधन भएको दी ग्राडेनले पनि पुष्टि गरेको छ । ‘बकिङ्घम प्यालेसको विज्ञप्ति रानी एलिजाबेथ द्वितीयको बालमोरलमा निधन भएको छ र नयाँ राजा र रानी पत्नी साँझ बालमोरलमै रहनेछन् ।’ प्रकाशित समाचारमा भनिएको छ ।


महारानी सामान्यतया गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्परा अनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा रहेकी थिइन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् ।

प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूर्ण देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी थिइन्।  महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् ।

 

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments